Main Menu

March, 2017

 

पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट

चैत्र १८,  चितवन । उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ । नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा एसिसहितका पाँचवटा र एसिरहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको नवनिर्वाचित कार्यसमिति र पार्षदका लागि आज आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा सङ्घका अध्यक्ष राजन गौतमले सो घोषणा गरेका हुन् । सो अवसरमा उनले समाचार सङ्कलन गर्न देशका जुन कुनै कुनाबाट चितवन आउने पत्रकारलाई सो सुविधा प्रदान गरिने बताए । पार्किङसहितको सो गेष्ट हाउसमा रहेका एसि कोठालाईपूरा पढ्नुहोस्


भ्रष्टाचार पुष्टिपछि कोरियाली पूर्वराष्ट्रपति पार्क पक्राउ

चैत्र १८, सोल । दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हेलाई शुक्रबार बिहानै प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लागेकी पार्कलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरेको हो । सोल केन्द्रीय जिल्ला अदालतका एक जना न्यायाधीशले भने, “उनलाई लगाइएको महाअभियोग पुष्टि भएको छ । उनलाई अब क्षमा दिन सक्ने अवस्था रहेन ।” अपदस्त राष्ट्रपति पार्कको विरुद्धमा लगाइएको मुद्दामा बिहीबार सुनुवाइ भएको थियो । उनको मुद्दाका विषयमा नौ घन्टासम्म भएको सुनुवाइ दक्षिण कोरियाको न्यायिक क्षेत्रमा अहिलेसम्मकै लामो सुनुवाइ भएको बताइएको छ । पार्क राति अबेरसम्म न्यायाधीवक्ताको कार्यालयमा अदालतको फैसलाको प्रतिक्षामा थिइन् । सुनुवाइपछिपूरा पढ्नुहोस्


किन गरिन्छ राजनीतिमा महिलाको चरित्र हत्या ?

मधु अधिकारी नेपालको राजनीतिमा महिलाहरुको उपस्थिति नगन्य छ । अझ वर्तमान नयाँ पुस्तामा पुरुष यूवा जमातकै आकर्षण कमी हुँदै गएको देखिन्छ । यस्तो अवस्थामा महिलाहरुको नयाँ पिँढी झनै कमी हुनु अनौठोको विषय होइन । अहिलेको ‘प्लस टु जेनेरेसन’ त यतिसम्म बेखबर छ कि उनीहरु बरु अमेरिका, अस्ट्रेलियाको पोलिटिक्स सम्बन्धमा केही जान्ने रहरको कारणले गर्दा अध्ययन तथा खोज गर्न चाहन्छन् । तर नेपालको बारेमा उनीहरु प्रधानमन्त्री, मन्त्री कुन पार्टीका हुन् भन्ने समेत बुझ्न जरुरी ठान्दैनन् । नेपालको राजनीतिमा महिलाको सक्रिय सहभागिता न त हिजो थियो, न वर्तमान वा भविष्यमा त्यस प्रकारको सकारात्मक संकेत नै छ । यस्तो अवस्थामा भाषणमा जो जतिपूरा पढ्नुहोस्


नयाँ धरहरा निर्माणका लागि अध्ययन पूरा

चैत्र १८, काठमाडौँ । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु. २ अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो । अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा २ सय ४५ फिट अग्लो हुनेछ । घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिने भएको छ । विभागले अब बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको थियो । गत वर्ष २०७२ बैशाखकोपूरा पढ्नुहोस्


नेपाली भूभागमा तारबार लगाउँदा एसएसबीको अवरोध

चैत्र १८, गुलरिया (बर्दिया) । राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले अवरोधको प्रयास गरेका छन् । स्थानीयवासीको प्रतिवादपछि एसएसबीको अवरोध तोड्दै नेपाली भूभागमा तारबार लगाउने काम भइरहेको छ । जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय जङ्गलबाट आउने हात्तीलगायत जङगली जनावर रोक्न विद्युतीय तारबार लगाउने क्रममा एसएसबी नेपालभित्र छिरेर रोक्ने प्रयास गरेको हो । सीमा स्तम्भ नम्बर ८६ र ८७ बीच नेपाल भूमिमा विद्युतीय तारबार लगाउने क्रममा एसएसबीले स्थानीयवासीलाई धम्काउँदै रोक्ने प्रयास गरेका थिए । तारबार रोक्न एसएसबी हतियारसहित नेपाली भूमि प्रवेश गरेको स्थानीयवासीको भनाइ छ । एसएसबीलेपूरा पढ्नुहोस्


खेल विश्वविद्यालय आवश्यक – उषाकिरण

killing-vehicle-back-law

चैत्र १८, नवलपरासी । मदन भण्डारी स्र्पोटस एकेडेमीका केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीले नेपालमा खेल क्षेत्रको विकास गर्नका लागि खेल विश्वविद्यालय आवश्यक रहेको बताएकी छन् । खेलप्रति आस्था राख्नेका लागि तथा खेलमार्फत आफ्नो पहिचान गराउन खोज्नेका लागि सहजीकरण गरी समाज रुपान्तरण गर्नु नै आजको आवश्यकता रहेको उनले जिकिर गरिन् । बिहीबार नवलपरासीको बर्दघाटको चिसापानीमा मदन भण्डारी स्पोर्टस् एकेडेमी लुम्बिनी अञ्चल कमिटीद्वारा आयोजित परासी क्षेत्र कमिटीको प्रथम भेलाको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री उषाकिरणले सो कुरा बताएकी हुन् । देशमा सङ्घीयता लागू भइसकेको अवस्थामा नवलपरासी जिल्ला २ प्रदेशमा बाँडिएको हुँदा परासी क्षेत्रमा एकेडेमीले छुट्टै कमिटी गठन गरेको बताउँदै उनले मदन भण्डारी स्पोर्टस् एकेडेमीलेपूरा पढ्नुहोस्


संविधान संशोधनबिना निर्वाचन हुनेमा आशङ्का

killing-vehicle-back-law

चैत्र १८, जनकपुरधाम । महिला नेत्रीहरूले संविधान संशोधनबिना तराई–मधेसमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब जनकपुरधामद्वारा हिजो यहाँ आयोजित ‘सडकमा बहस’ कार्यक्रममा उनीहरूले संविधान संशोधनबिना निर्वाचन गरिए द्वन्द्व उत्पन्न हुने आशङ्का गरे । उनीहरुले मधेसी समुदाय निर्वाचन विरोधी नभएर आफ्नो माग सम्बोधनको आशामा बसेको छ भने । नेपाल महिला सङ्घका केन्द्रीय सदस्य नीलम कर्णले मधेसको अवस्था र आवश्यकतालाई ध्यान नदिएमा निर्वाचन हुन सक्ने आधार नभएको बताइन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य फूलकुमारी महतोले आफ्नो पार्टी मधेसको समस्या समाधानका लागि क्रियाशील रहेको बताइन् । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य चमेलीदेवी दासले सीमाङ्कन र संशोधनका अतिरिक्त मधेसमा अन्यपूरा पढ्नुहोस्


वैशाख ३१ का लागि ढुक्क हुनुस् – प्रधानमन्त्री

चैत्र १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे हिजो निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । बालुवाटारस्थित आफ्नै निवासमा उनले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गरेका हुन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिए । “आयोगको यो नियमित भेटघाट हो, निर्वाचन सम्बन्धी अयोगले अहिलेसम्म गरेको तयारीबारे छलफल भयो,” उनले भने– “निर्धारित मितिमै निर्वाचन गराउन आयोग प्रतिबद्ध छ, आयोगको कामप्रति प्रधानमन्त्रीले धन्यवाद पनि दिनुभयो ।” राजनीतिक वातावरण बनाईदिन आयोगले गरेको आग्रहमा प्रधानमन्त्रीलेपूरा पढ्नुहोस्


‘निर्वाचनमा नआए प्राप्त उपलब्धि गुम्ने खतरा’

चैत्र १८, महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग नलिए प्राप्त उपलब्धि पनि गुम्ने खतरा बढेर जाने बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले स्थानीय तहको निर्वाचन सबै दल र जनताका लागि आवश्यक रहेकाले यसमा सहभागी हुन मधेसकेन्द्रित दललाई आग्रह गरे । उनले सरकारले निर्वाचनका लागि सबै व्यवस्था मिलाइसकिएको र देशमा आन्दोलनरत तथा असन्तुष्ट पक्ष मधेसी, थारु, आदिवासी जनजातिलगायतसँग सकारात्मक वार्ता अगाडि बढिसकेकाले निर्वाचन समयमै हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे । त्यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिनपूरा पढ्नुहोस्


रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढे

चैत्र १८, तिलोत्तमा (रुपन्देही) । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगका बिरामी यहाँ गत वर्षभन्दा बढेका छन् । गत आव २०७२/७३ मा ७ जना डेङ्गु रोगका बिरामी रहेकामा यो आवमा जिल्लामा १ सय ६१ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए । सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ९० जना विरामी रहेका छन् । देश तथा विदेशमा महामारीका रुपमा छिमेकी जिल्ला तथा भारतमा पनि यस रोगको महामारी भएका कारणले पनि यो रोगका बिरामी यो वर्ष बढेको अुनमान जिल्ला जनस्वास्थ्य कार्यालयको रहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्येको मलेरिया रोगका बिरामी भने गत आवको तुलनामा कम रहेका छन्पूरा पढ्नुहोस्