Main Menu

Wednesday, March 15th, 2017

 

विद्युतभार कटौतीबाट देश अँध्यारोबाट उज्यालो युगतर्फ-प्रम प्रचण्ड

चैत्र २, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतभार कटौती अन्त्य हुनु भनेको देशलाई अँध्यारो युगबाट उज्यालो युगमा लैजानु भएको बताएका छन् । आज नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा भेट गर्दै प्रधानमन्त्री दाहालले विद्युतभार कटौतीको अन्त्यले सम्पूर्ण विकास प्रक्रियालाई नयाँ गति दिँदै नयाँ सभ्यताको सुरुवात भएको बताएका छन् । उनले भने, “सरकारले धेरै काम गर्न बाँकी नै छ । सरकारको सङ्कल्प भनेको देशलाई अँध्यारोमा राखेर देशलाई पछौटे राखिराख्न हुन्न भनेर विद्युत्भार कटौतीको अन्त्य गरिएको हो ।” विदेशबाट आयातीत औषधिको बिक्री वितरण गर्ने प्रबन्धकका समस्याबारे छलफल गरी सम्बोधन गरिने पनि प्रधानमन्त्री दाहालले बताए । नेपाल औषधिगत बिक्री प्रबन्धकपूरा पढ्नुहोस्


गौतमको अत्यधिक रक्तस्रावपछि निधन भएको रिपोर्ट

चैत २, भीमदत्तनगर । पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्टले देखाएको राससले जनाएको छ । कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उहाँको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताए । “शरीरमा भेटिएको गोली शव परीक्षणका क्रममा झिकेर प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ”, प्रहरीनायब महानिरीक्षक देउजाले भन्नुभयो–“विधिविज्ञान प्रयोगशालाबाट गोली कुन हतियारकोपूरा पढ्नुहोस्


सीमाङ्कन विवाद आयोगमार्फत समाधान गर्ने प्रस्ताव

चैत्र २,  काठमाडौँ । सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आज सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाङ्कन संशोधनको विषयलाई आयोगमार्फत हल गर्ने प्रस्ताव अघि सारेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा रहेको नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई तत्काल पारित गर्ने र सीमाङ्कन सम्बन्धी तथा संविधानका अन्य केही धारालाई निर्वाचनपछि संशोधन गर्ने गरी सहमतिको प्रस्ताव राखेको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । “हामीले मोर्चाको बैठक बसेर निर्णय लिने जवाफ दियाँै, मोर्चाको बैठक आजै बसेर त्यसबारेमा ठोस निर्णयपूरा पढ्नुहोस्


नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

चैत्र २, भक्तपुर । देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म वद्यालय तह कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देशभरबाट २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी कुल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार ९पूरा पढ्नुहोस्


मोर्चाको गठबन्धनद्वारा समर्थन फिर्ता लिएको घोषणा

local-elections-morcha

चैत्र २, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन् । वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उनले दिए । साथै उनले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गरे । उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिए । सो बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे । सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकाललेपूरा पढ्नुहोस्


मधेसी मोर्चाले सरकारलाई दिइरहेको समर्थन फिर्ता

सरकारलाई पुन: समर्थन गर्ने मोर्चाको संकेत

चैत्र २,  काठमाडौँ । मधेसी मोर्चाले सरकारलाई  दिइरहेको समर्थन आज फिर्ता लिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गरे । उनले मोर्चाको निर्णयबारे सभामुखलाई औपचारिक जानकारी  दिने बताएका छन् । तर, आजै सरकार र मोर्चाबीच सिंहदरबारमा भएको बैठकपछि मोर्चाका नेताहरुले दिएका अभिब्यक्तिले उनीहरु पुन: समर्थन उपलब्ध गराउने मनस्थितिमा रहेको बुझिन्छ । यसअघि आजको संसद बैठकलाई सम्वोधन गर्दै सांसद रायले वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी गराएका थिए । साथै उनले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गरेपूरा पढ्नुहोस्


लघुवित्त अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्ने

चैत्र २, काठमाडौँ । ग्रामीण अर्थतन्त्रलाई व्यावसायिकरण गर्दै विद्यमान गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लघुवित्त क्षेत्रलाई अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्नेमा जोड दिइएको छ । लघुवित्त संस्थाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनका वक्ताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने र वित्तीय साक्षरता पुर्याउनुपर्नेमा जोड दिँदै लघुवित्त क्षेत्रले मूल्यमान्यतालाई भूल्न नहुने विचार व्यक्त गरेका हुन् । सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण अर्थतन्त्रलाई सबलीकरण गर्ने र जनतामा वित्तीय चेतना विस्तार गर्न लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । समाजवादी अर्थतन्त्र निर्माणमा लघुवित्तको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले आफ्ना मूल्यमान्यतालाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा योगदान पुर्याउनपूरा पढ्नुहोस्


सीमाङ्कन विवाद आयोगमार्फत समाधान गर्ने सरकारको मोर्चालाई प्रस्ताव

चैत्र २, काठमाडौँ । सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आज सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाङ्कन संशोधनको विषयलाई आयोगमार्फत हल गर्ने प्रस्ताव अघि सारेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा रहेको नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई तत्काल पारित गर्ने र सीमाङ्कन सम्बन्धी तथा संविधानका अन्य केही धारालाई निर्वाचनपछि संशोधन गर्ने गरी सहमतिको प्रस्ताव राखेको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । “हामीले मोर्चाको बैठक बसेर निर्णय लिने जवाफ दियौँ । मोर्चाको बैठक आजै बसेर त्यसबारेमा ठोस निर्णयपूरा पढ्नुहोस्


सार्वजनिक शिक्षामा स्थानीय तहले लगानी बढाउनु पर्ने

चैत्र २, काठमाडौँ । सार्वजनिक शिक्षा सुदृढीकरणका लागि देशभित्रबाटै स्थानीय स्रोत जुटाई बढाउनुपर्ने निष्कर्षसहित नागरिक शिक्षा सम्मेलन सम्पन्न भएको छ । सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउन शिक्षामा कार्यरत विभिन्न संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा भएको सम्मेलन उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले संविधानतः शिक्षा मौलिक अधिकार भएपनि बजेट अभावका कारण सो हकको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । शिक्षाका लागि अधिकारका रुपमा स्थापित गर्न नयाँ ढङ्गले नक्साङ्कन र योजना तर्जुमा गर्नुपर्ने बताउँदै उनले शिक्षामा लगानी बढाउन अर्थ मन्त्रालय उदार नभएकाको टिप्पणी गरे । शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षामा पर्याप्त बजेट नहुँदा र शिक्षकहरुमा उत्तरदायित्व कम हुँदा गुणस्तर खस्किएको बताएपूरा पढ्नुहोस्


राज्यमन्त्री खड्काद्वारा मेलम्चीको प्रगतिबारे रातारात अनुगमन

चैत्र २, काठमाडौँ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गरेका छन् । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा निस्केका हुन् । राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिएका थिए । कान्तिपथको कालोपत्र गर्ने जिम्मा रमन कन्टक्सननलाई दिइएको छ भने पानीपोखरीको पाइप बिच्छ्याउने काम आयोजना आफैँले गरिरहेको छ । मेलम्चीले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकाको धुलोको मात्रा अत्याधिक बढेको भन्दै उनले चाँडो कालोपत्र गर्न निर्देशन दिएपूरा पढ्नुहोस्