Main Menu

Saturday, March 25th, 2017

 

स्थानीय तहको निर्वाचन देशैभर भएरै छाड्ने : लीलामणी पोख्रेल

चैत्र १२,  प्यूठान । नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोख्रेलले स्थानीय तहको निर्वाचन देशैभर भएरै छाड्ने दावी गरेका छन् । उक्त कुरा उनले प्रेस सेन्टर नेपाल प्यूठानको आयोजनामा स्थानीय नयाँबजार जुम्रीमा आज आयोजित पत्रकार भेटघाटमा बताएका हुन् । सोही कार्यक्रममा तराइको विषयलाई लिएर सोधिएको एक प्रश्नमा नेता पोख्रेलले भने–‘तराईमा पनि निर्वाचन हुन्छ, मेधशकेन्द्रित दलहरु अहिले सकारात्मक धारणामा आइपुगेको छन् र भित्रभित्रै चुनावी माहोल बनाउदै उनीहरु निर्वाचनको तयारीमा लागेका छन् ।’ उनले कुनै पनि हालतमा अगिंकृत नागरिकलाई नेपालको संविधानको अंग मान्न नसकिने पनि बताए । माओवादी नेता पोख्रेलले मधेशी, दलित र महिलाका समान अधिकारजस्ता कुरा गर्ने हैसियत माओवादी आन्दोलनले नै बनाइदिएको बताउँदैपूरा पढ्नुहोस्


काठमाडौँ ट्रिएनाले सुरू : दुई दर्जन देशका कलाकार सहभागी

चैत्र १२, काठमाडौँ । काठमाडौँ ट्रिएनाले हिजोदेखि राजधानीमा सुरु भएको छ । सिद्धार्थ आर्ट फाउन्डेसन नेपाल र स्माक (समकालीन कला सङ्ग्रहालय गेन्ट) बेल्जियमको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । ‘द सिटी’ नाम दिइएको ट्रिनालेको वरिष्ठ कलाकार उत्तम नेपाली र नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्जे टिरिन्कले संयुक्त रुपमा उद्घाटन गरे । काठमाडौँ उपत्यका कला र संस्कृतिमा निकै धनी रहेको बताउँदै राजदूत टिरिन्कले भने, “नेपालमा भएको यो ट्रिएनालेले विश्वका कलाकारलाई एकै ठाउँमा ल्याउन सकेको छ ।” ट्रिएनालेका संयोजक तथा फाउन्डेसनका संस्थापक सङ्गीता थापाले नेपालमा बृहत्स्तरमा कला प्रदर्शनी गर्नु चुनौतीपूर्ण रहेको बताइन् । प्रदर्शनीले नेपालमा विश्वका प्रसिद्ध कलाकारलाई जमघट गराएको रपूरा पढ्नुहोस्


आइन्स्टाइनसम्बन्धी १० रोचक तथ्यहरु

आकाश महर्जन विश्व विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो जीवनमा कहिल्यै कपाल कोरेनन् भन्ने मिथ्या त हामी सबैले सुन्दै आइरहेका छौँ । यो मिथ्या मात्र थियो कि तथ्य नै थियो, यो त आइन्स्टाइनका नजिकका मित्र अथवा आफन्तहरुलाई थाहा होलान् । तर के तपाईंलाई आइन्स्टाइनका बारेमा यी १० तथ्यहरुका बारेमा थाहा थियो ? १. आइन्स्टाइन जलयात्रा गर्न मन पराउँथे ज्युरिख, स्विजरल्याण्डको पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना भइसकेपछि आइन्स्टाइनलाई जलयात्राले मोहनी लगायो । उनी एउटा डुङ्गा लिएर एउटा तलाउमा जान्थे, एउटा नोटबुक निकाल्थे, आराम लिन्थे र भौतिकशास्त्रका विभिन्न जटिल विषयहरुका बारेमा गहन विचार गर्थे । आइन्स्टाइनले जिन्दगीमा कहिल्यै पनि पौडिन नसिकेपनि उनको जलयात्राको यो सौखपूरा पढ्नुहोस्


नवलपरासीमा तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

local-election-first-woman-head

चैत्र १२, नवलपरासी । आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । जिल्लामा ७ नगरपालिका र ८ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा १ सय ६६ वडा छन् । हरेक वडाबाट १ वडाध्यक्ष र ४ सदस्य निर्वाचित हुनेछन् । त्यसमा २ महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने २ महिलामा एक दलित समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्ने छ । सोअनुसार निर्वाचनबाट ८ सय ९७ जनाको प्रतिनिधित्व रहने निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले जानकारी दिए । हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनुपर्ने कानुनी व्यवस्था छ । सोअनुसारपूरा पढ्नुहोस्


उपेन्द्र, सिके लाल, अभिषेक प्रताप र गणेश मण्डल सहभागी

भारतमा नेपालसम्बन्धमा वृहद् सम्मेलन

चैत्र १२, बनारस (भारत) । हिजो चैत्र ११ गते भारतको बनारसस्थित बनारस हिन्दू विश्वविद्यालयमा सम्पन्न ४ दिने नेपालसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट मधेसी नेताहरु उपेन्द्र यादव, अभिषेक प्रताप साह र गणेश मण्डल एक साथ सहभागी भए भने उनीहरुको साथमा मधेसी मूलका वौद्धिक सिके लालको पनि सहभागिता रह्यो । ‘लोकतन्त्रको विकासका लागि शिक्षा, नेपालको संविधान र त्यसले जन्माएको द्वन्द्व : दक्षिण एसियाको सन्दर्भ’ विषयक गत चैत्र ८ गतेबाट सुरु भएको उक्त सम्मेलन ‘नेपाल र हिमाली क्षेत्र अध्ययन केन्द्र’ ले आयोजना गरेको हो । नेपाल सम्बन्धमा भारतका विद्वानहरुले फरकफरक विरोधासपूर्ण धारणा राखेको उक्त सम्मेलनमा अतिथिको आसनबाट बोल्दै संघीय समाजवादी फोरम नेपालका नेतापूरा पढ्नुहोस्