Main Menu

Friday, March 24th, 2017

 

क्षयरोगको अन्त्य नियमित औषधि सेवन र सचेतना नै

चैत्र ११, बुटवल । गुल्मी जिल्ला भार्सेकी झनीमायाँ दर्लामीले लुम्बिनी अञ्चल अस्पतालको डट्स क्लिनिकमा आवासीय रुपमै उपचार गर्न थालेको करिब दुई महिना भयो । उनले बुटवलका विभिन्न ठाउँमा उपचार गराए । तर उनको रोग निको हुनुभन्दा झनै बल्झियो । जिल्लाकै सदरमुकाम तम्घासमा पुगेरसमेत उपचार गराउँदा निदान हुनुको सट्टा यो रोगले झनै गलाउँदै लग्यो । अन्त्यमा बुटवलको अञ्चल अस्पतालमा रहेको क्षयरोग क्लिनिकमा पुगेर जाँच गराउँदा उनलाई जटिलखालको एमडिआर क्षयरोग देखापर्यो । रोग पत्ता लागेपछि उनलाई चिकित्सकले २४ महिना क्षयरोग (टिबी)को उपचार गर्नुपर्ने सल्लाह दिए । त्यसपछि उनी बुटवल डट्स आवासगृहमा चिकित्सकको निगरानीमा बसेर नियमित औषधि सेवन गर्दै आएकी छन् । जिल्ला जनस्वस्थ्य कार्यालयलेपूरा पढ्नुहोस्


मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन : डा कोइराला

चैत्र ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना गरेको सम्मान वितरण समारोहमा डा. कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए । डा. कोइरालाले काँग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताए । उनले भने, “काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो ।” नेपाल ट्रेड युनियनका नेता एवम् सांसद पुष्कर आचार्यले मजदुर आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएकाले तिनका समस्यालाई राज्यले बेवास्ता गर्न नहुने बताए । नेपाल ट्रेडपूरा पढ्नुहोस्


प्यूठान जिप दुर्घटनाको थप रिपोर्ट

एकै परिवारका ४ सहित ७ को मृत्यु २ घाइते

चैत्र ११,  प्यूठान ।  प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ४ को रुमाले भन्ने ठाउँमा शुक्रबार (अाज) विहान बा ८ च १५६१ नम्वरकाे जीप दुर्घट्ना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा ललितपुर १४ तिखेदेवल घर भएका एकै परिवारका दिनेश ध्वज बस्नेत, उनकी श्रीमती पद्मा बस्नेत, छाेरीहरू दिया बस्नेत, दीक्षा बस्नेत रहेका छन् भने साेही ठाउँकी श्रृष्टी जि सी र अम्मीका गजुरेलकाे घटना स्थलमै मृत्युु भएकाे हाे भने सुनिता श्रेष्ठकाे उपचारकाे लागि बुटवल लैजाँदै गर्दा मृत्युु भएकाे प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले जानकारी दिएका छन् । घाइते भएका चालक सराेज घले रपूरा पढ्नुहोस्


प्रधानमन्त्रीको चीन भ्रमण अपडेट

केरुङदेखि काठमाडौँ तथा पोखरासम्म रेल्वे निर्माण गर्ने बारे छलफल

चैत्र ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका अवसरमा द्विपक्षीय एवम् क्षेत्रीय विकासलाई ध्यान दिएर चीनले अगाडि बढाउँदै आएको ‘एक क्षेत्र एक मार्ग’(ओबिओआर)का विषयमा नेपालले सहमति जनाउने र त्यस विषयमा चाँडै सम्झौता गरिने वचन दिएको भ्रमणमा सहभागी उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहालले राखेको उक्त विषयमा सहमति जनाउँदैपूरा पढ्नुहोस्


दुग्ध किसानद्वारा ११ बुँदे मागपत्र सार्वजनिक

चैत्र ११,  रत्ननगर (चितवन) । दुग्ध उत्पादक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष हुँदा समेत दूधको मूल्य वृद्धि हुन नसकेको भन्दै उनीहरुले किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउन माग गरेका हुन् । अहिलेको अवस्थामा प्रतिलिटर रु १५ रुपैयाँ मूल्य वृद्धिको माग गरिएको राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले जानकारी दिए । चितवनको भरतपुरमा भएको केन्द्रीय समितिको विशेष बैठकले मूल्य वृद्धिको निर्णय गरेको र मागको विषयमा सुनुवाइ नभए कडा आन्दोलन गर्ने न्यूरेले बताए । यही चैत १० र ११ गते भरतपुरमा भएको विशेष भेलापछि आज पत्रकार सम्मेलन गर्दै कृषकपूरा पढ्नुहोस्


प्रम प्रचण्डसँग चिनियाँ उपप्रधानमन्त्री झाङ गोलीको शिष्टाचार भेट

चैत्र ११,  काठमाडौँ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले आज शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएकोे उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उक्त सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आजै बोआओ पुगेका  हुन् ।


गाउँपालिका सञ्चालनमा आएपछि स्थानीयवासी खुसी

चैत्र ११, सोलुखुम्बु । विश्वमै परिचित सगरमाथा क्षेत्रमा पर्ने खुम्बुपासाङल्हामु गाउँपालिकाको कार्यसञ्चालन सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । कार्यकारी अधिकृत चन्द्रबहादुर कार्कीको नेतृत्वमा पुगेको कर्मचारी टोलीले बिहीबारबाट सो गाउँपालिकाको काम सुरु गरेपछि स्थानीयवासी खुसी भएका हुन् । साविकको नाम्चे, खुम्जुङ र चौँरीखर्क गाविसका साथै जुभिङको वडा नं १, ५, ७ र ९ नं वडा समेटिएको सो गाउँपालिकाको चौँरीखर्कस्थित कार्यालय उद्घाटन गर्दै कार्यकारी अधिकृत कार्कीले गाउँपालिका र वडापालिकालाई प्रदत्त कार्यक्षेत्रअनुसारका काम सुरु भएको बताए । यसअघि सार्वजनिक सेवासुविधा लिनका लागि सदरमुकाम पुग्न एकतर्फी तीन-चारदिन हिँडेर विकट भौगोलिक अवस्था छिचोल्नु वा हेलिकप्टर वा जहाजको महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेकामा अबपूरा पढ्नुहोस्


प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

चैत्र ११, काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा आज भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । सो अवसरमा क्षत्री र चाङ्बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेका थिए । उनले सो अवसरमा सम्मान गारतको निरीक्षणसमेत गरे । यसअघि जनरल चाङले सैनिक मञ्च टुँडिखेलपूरा पढ्नुहोस्


बृहस्पति यति विशाल छ कि, यसले सूर्यको ठ्याक्कै परिक्रमै गर्दैन !!

सूर्यबाट पाँचौँ ग्रह बृहस्पति ग्रह निकै विशाल छ । यसको पिण्ड सौर्य मण्डलका अरु सबै ग्रहहरुको संयुक्त पिण्डभन्दा पनि २.५ गुना ठूलो छ । आकारकै कुरा गर्ने हो भने पनि यसको व्यास पृथ्वीको व्यासभन्दा ११.२ गुना बढी छ । र, आयतनको कुरा गर्ने हो भने बृहस्पतिमा १ हजार ३ सय २१ वटा पृथ्वीहरु अटाउँछ । तर, बृहस्पति विशाल छ भन्ने कुरा आज हामी यसको आयतन र आकारबाट नभई यसले सूर्यलाई परिक्रमा गर्ने तरिकाको आधारमा खोतल्ने प्रयास गर्नेछौँ । सौर्य मण्डलको सबैभन्दा विशाल ग्रह बृहस्पति यति विशाल कि, वास्तविक रुपमा भन्नुपर्दा यसले सूर्यको परिक्रमा नै गर्दैन, कम्तीमा हामीले सोचेजस्तो ‘ठ्याक्कै’ परिक्रमापूरा पढ्नुहोस्


निर्वाचन तयारीका लागि नेता, कार्यकर्ता गाउँ पसे

चैत्र ११, रामपुर (पाल्पा) । स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्तासम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले, नेकपा (माओवादी)का नेतादेखि कार्यकर्तासम्मका व्यक्ति आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्दै गाउँ पसेका छन् । “लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो । मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो । त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको छ,” नेकपा (एमाले)का जिल्ला सदस्य कमल पौडेलले बताए । “संविधान कार्यान्वयन भनेको निर्वाचन हो, त्यसैलेपूरा पढ्नुहोस्