Main Menu

Thursday, March 16th, 2017

 

लेखक कलाकारहरुको चैत्र तीन

– हरिगोविन्द लुइँटेल २०४६ सालको जनआन्दोलन फागुन ७ गतेबाट घोषित रुपमा शुरु भैसकेको थियो । निरंकुश राजतन्त्रका विरुद्ध वापन्थीहरुसंग मिलेर आन्दोलन गर्न नदिने नेपाली कांग्रेसभित्रको लबीलाई गणेशमानसिंहले परास्त गरेका थिए भने कांग्रेससंग मिलेर आन्दोलन गर्नुपर्छ भनी स्व. पुष्पलालले राख्दैआएको प्रस्तावलाई अस्वीकार गर्दै आएको वामआन्दोलनलाई मनमोहन अधिकारी, निर्मल लामा र पछि आएर मदन भण्डारीहरुले स्वीकारतहमा ल्याएर सात वामहरुको ‘संयुक्त वाममोर्चा’ बनाएका थिए । मोहनविक्रम सिंहको मसाल, शेरसिंह–किरणको तत्कालीन मशाल पार्टी लगायतका चार वामहरुको मोर्चा ‘संयुक्त राष्ट्रिय जनआन्दोन’ तयार भएको थियो । कांग्रेस तथा संयुक्त वाममोर्चा एकसाथ रहेर र संयुक्त राष्ट्रिय जनआन्दोन अलि बाहिर बस्ने तर समन्वयमा रहेर आन्दोलन गर्ने खाका बनेकोलेपूरा पढ्नुहोस्


पाद किन गन्हाउँछ ?

सार्वजनिक ठाउँमा पाद आउँदा सबैलाई औधि अप्ठेरो हुन्छ । हामी सबैले स्विकार्नैपर्छ, हामी सबैले कम्तीमा एकचोटि अरुलाई गन्हाउने गरी सार्वजनिक ठाउँमा पादेका छौँ । कहिले आवाज आउँछ, कहिले फुस्स । फुस्स आएको बेला आफू चुप बस्यो भने कसले पादेको हो थाहा पाउन गाह्रो हुन्छ, तर आवाज आउँदा सबैले थाहा पाउँछन् । यस्तो अप्ठेरोमा अवस्थामा हामी सबै कम्तीमा एकपटक त परेकै छौँ । तर, प्रश्न यो छ कि पाद गन्हाउँछ किन ? के हुन्छ पादमा कि त्यो यति धेरै गन्हाउँछ ? र कहिलेकाहीँ पाद नगन्हाउने पनि हुन्छ । किन त ? पाद्दा निस्कने ग्याँस दुईवटा स्रोतहरूबाट आउँछ । १. एक, तपाईंलेपूरा पढ्नुहोस्


मोर्चाले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो

के मधेसमा पुनः आन्दोलन चर्किन्छ ?

चैत्र ३, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन आज विधिवत फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र आज बुझाउँदै समर्थन फिर्ता लिएका हुन् । मधेसी मोर्चाले दुई दिनअघि नै सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने घोषणा गरिसकेको थियो । तर, हिजो मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा संयुक्त रुपमा भेट गरेपछि सरकारप्रति सकारात्मक भएको अभिब्यक्ति दिँदै समर्थनलाई पुनः स्थापित गर्ने संकेत दिएका थिए । उनीहरुले प्रधानमन्त्रीसँगको भेटघाटपूरा पढ्नुहोस्


लैङ्गिक असमानता अन्त्य गर्ने नेपालको प्रतिबद्धता

चैत्र ३, काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले लैङ्गिक असमानता, गरिबी, बेरोजगारी, भेदभाव अन्त्य तथा महिलाहरुलाई सुरक्षित कार्यस्थल सुनिश्चित गर्न नेपाल सरकारले सकारात्मक एवम् समावेशी नीति अवलम्बन गरेको बताएका छन् । विश्वका महिलाहरुको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६१औँ बैठकलाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै उनले महिला सशक्तीकरण र लैङ्गिक असमानताको अन्त्यका निम्ति सरकारले कानुनी एवम् संस्थागत संयन्त्र खडा गरी तिनलाई कार्यान्वयन गरेको बताए । ‘विश्वमा बदलिँदो कार्यप्रकृति र महिलाको आर्थिक सशक्तीकरण’ विषयक छलफलमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्काले महिलाहरुको आर्थिक सशक्तीकरणका लागि बेइजिङ घोषणापत्रको पूर्ण कार्यान्वयन, दिगो आर्थिक विकासका लक्ष्य, नं ५ र ८ को प्रभावकारी कार्यान्वयनमापूरा पढ्नुहोस्


प्रधानमन्त्री दाहालद्वारा व्यापार मेलाको उद्घाटन

चैत्र ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए । नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उनले आग्रह गरे । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी चैत ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री दाहालले लगानी गर्न उचित वातावरण तयार पार्ने बताए । काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको मेला-महोत्सव आयोजनाका लागि एक अत्याधुनिक भवन निर्माण गर्न आज बस्ने मन्त्रीपूरा पढ्नुहोस्


निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

local-elections-ballot-paper-voter-list

चैत्र ३, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा पुनः अनुरोध गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ गत फागुन १८ गतेदेखि लागू भएको स्मरण गराउँदै सम्बद्ध सबैमा तिनको पालन गर्न आग्रह गरेको छ । साथै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने गराउन नेपाल सरकारका मन्त्रालय, निकाय, राजनीतिक दल एवम् सङ्घ संस्थालाई गम्भीर हुन पनि अनुरोध गरेको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमापूरा पढ्नुहोस्


सोह्रबर्षपछि चिकित्सक आउँदा बाजागाजासहित स्वागत

killing-vehicle-back-law

चैत्र ३, बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् । विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताए । आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरु धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाट बताउँछन् । मेलौलीमा चिकित्सकपूरा पढ्नुहोस्


यथास्थितिमा निर्वाचनमा जान सकिँदैन : नेता महतो

election-wont-obstruct-1st-stage-mahato

चैत्र ३, चितवन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए । आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए । सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताए । नेता महतोले जनताको बीचमा रहेर आन्दोलनलाई अघि बढाउने बताए । नेकपा (एमाले)कोपूरा पढ्नुहोस्


टीकापुरमा मेची–महाकाली अभियान

चैत्र ३, धनगढी । नेकपा (एमाले) को मेची–महाकाली अभियान कैलालीको टीकापुर आइपुगेको छ । टीकापुर पुगेपछि हिजो आयोजित सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भाला डण्डा छोडेर शान्तिपूर्ण प्रतिष्पर्धामा आउन मधेसी मोर्चालाई आग्रह गरे । एमाले देशमा तीनै तहको निर्वाचन गराउने माहोल बनाउने अभियानमा लागेको दाबी गर्दै नेता खनालले सभा गर्न पाउने संवैधानिक हक खोस्नमा मोर्चाका नेता लागेको आरोप लगाए । निर्वाचनमार्फत देशलाई समृद्धितिर लैजानुपर्नेमा जोड दिँदै खनालले भने, “टीकापुर घटनाको न्यायिक जाँच गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।” नेता खनालले स्थानीय तहको चुनाव गराउन सरकारले खुट्टा कमाइरहेको आरोप पनि लगाए । एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावललेपूरा पढ्नुहोस्


साउदीको जेलमा यातना भोग्दै इलामे युवा

इलाम, ३ चैत । यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिए । कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ उद्धृत गर्दै चक्रबहादुरले बताए । सन् २०१२ मा साउदी गएका राई सन् २०१६ जनवरीमा दोस्रो पटक सोही कम्पनीमा गई गाडी चलाउन थालेका थिए । अल सहलावी कम्पनीमा काम गर्दै आएका राईले लहरी (गाडी)मा केवल तारपूरा पढ्नुहोस्