Main Menu

Monday, March 13th, 2017

 

संविधान संशोधनका बारेमा सहमतिमा आउन सरकारको एमालेसँग आग्रह

फागुन ३०, काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लाई संविधान संशोधनका बारेमा सहमतिमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा एमालेका अध्यक्ष केपी शर्मासँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था भएका कारण सहमतिका लागि अनुरोध गरे । अध्यक्ष ओलीले भने निर्वाचनमा केन्द्रित हुन सरकार र प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई अनुरोध गरे । प्रधानमन्त्रीको आग्रह सकारात्मक भए पनि संविधान संशोधन प्रस्तावमा सहमति जनाउन एमालेले नसक्ने धारणा ओलीले राखेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निरन्तर अगाडिपूरा पढ्नुहोस्


निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको हो : डा यादव

फागुन ३०, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उनले राजनीतिक सहमतिमा निर्वाचनको वातावरण बनाउने जिम्मा दलको रहेको बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको वातावरण बने तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै “तोकिएकै मितिमा स्थानीय तहको निर्वाचनका लागि चाहिने सबै ऐन कानुन आयोगलाई प्राप्त भएकाले आयोगले तीव्र गतिमा काम गरिरहेको छ ।” भने । उनले भने, “मतदाता नामावली सङ्कलन अन्तिम चरण पुगेको छ, अब मतदाता केन्द्र कति ठाउँमा राख्ने, कुन जिल्लामा कति दल छन्, त्यो आधारमा मतपत्र छाप्ने र कर्मचारी व्यवस्थापनकोपूरा पढ्नुहोस्


प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

local-election-environment-promising-pm

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दैछन् । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उनी त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ । प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीकै हैसियतमा उनको यो पहिलो चीन भ्रमण हुनेछ । प्रधानमन्त्री दाहालले गत वर्ष असोजमा ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा चिनियाँ राष्ट्रपति सिपूरा पढ्नुहोस्


कुखुरा पहिला आयो कि अण्डा ?

कुखुरा पहिला आयो कि अण्डा ? यो प्रश्नले प्राचीन ग्रीक दार्शनिकहरु देखि आधुनिक संसारका हामी सबैलाई व्याकुल बनाउँदै आएको छ । अण्डा पार्नको लागि कुखुरा चाहिन्छ र कुखुरा बन्नको लागि चल्ला अण्डाबाट बाहिर निस्कनुपर्यो । त्यसो भए कुन पहिले आयो त ? अण्डा कि कुखुरा ? चाल्र्स डार्विनको विकासवादी सिद्धान्तका अनुसार जीवहरूको उद्विकास तिनीहरूको डिएनएमा आउने परिवर्तनका कारण हुन्छ । अभिभावकबाट सन्तानमा जीनको स्थानान्तरण हुँदा जीनमा केही मात्रामा परिवर्तन आउँछ जसलाई वैज्ञानिक भाषामा म्युटेसन भनिन्छ । भालेको शुक्रकीट र पोथीको डिम्बबीच मिलन भएपछि जाइगोट निर्माण हुन्छ । जाइगोट भनेको कुनै पनि प्राणीको पहिलो कोष हो । यही जाइगोट विभाजित हुँदैपूरा पढ्नुहोस्


‘स्थानीय तहको संरचना गलत एवम् अव्यावहारिक’

फागुन ३०, राजविराज (सप्तरी) । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोरी ठानेर प्रहरी दमन गरेमा त्यसको जवाफ जनताले दिने बताएका छन् । सङ्घीय प्रेस फोरम सप्तरीले हिजो राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सप्तरी घटना राज्यको नश्लवादी चिन्तनको उपज भएको आरोप पनि लगाए । स्थानीय तहको संरचना गलत एवम् अव्यावहारिक भएको तथा मधेस, पहाड र हिमालमा बस्ने जनतामा विभेद भएको बताउँदै संविधानमा देखिएको त्रुटिपूर्ण एवम् कमजोरी पक्ष अविलम्ब संशोधन गर्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए । सङ्घीय प्रणालीमा देश गइसकेको अवस्थामा चुनावको कुनै औचित्य नरहेको बताउँदै उनले जबर्जस्ती चुनाव गराउन खोजिए सङ्घीय गठबन्धन र मधेसी मोर्चाले त्यसकोपूरा पढ्नुहोस्


राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि

फागुन ३०, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ हिजो अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उनका ७२ वर्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनिपूरा पढ्नुहोस्


होलीमा उच्छृङ्खल कार्य गर्ने पक्राउ

फागुन ३०, काठमाडौँ ।  महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २ सय १३ जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले हिजो उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल बन्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । उनले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताए । त्यस्तै, चितवनमा पनि होलीमा उच्छृङ्खल गतिविधि गर्दै हिँडेका ६० जना पक्राउमा परेका छन् । आइतबार चितवनका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरी अवाञ्छित गतिविधि गर्ने, सवारी नियम उल्लङ्घन गर्ने, नशालु पदार्थ खाने र मापसे गरेर सवारी चलाउने गरी ६० जनालाई कारबाही गरिएको चितवन प्रहरीले जनाएकोपूरा पढ्नुहोस्


बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि,५१ जना तेस्स्रो लिङ्गी

local-elections-ballot-paper-voter-list

फागुन ३०, कलैया । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता सङ्ख्यामा ४० हजार ५ सय ११ मतदाता वृद्धि हुनुका साथै ५१ जना तेस्स्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराबाट थाहा भएको छ । बारा जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमा दुई वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुरुष १ लाख ८६ हजार १ सय ४६ जना, महिला १ लाख ५० हजार ८ सय ४२ जना र तेस्स्रो लिङ्गी ५१ जना समेत गरी कुल ३ लाख ३६ हजार ३९ जना मतदाता रहेको सो कार्यालयका प्रमुख नरेश सफाफबाट थाहा भएको छ ।पूरा पढ्नुहोस्


नेपाली युवाको हत्याको विषयमा भारतले माफी माग्नुपर्छ – अध्यक्ष वैद्य

killing-vehicle-back-law

फागुन ३०, काठमाडौँ । नेकपा(क्रान्तिकारी माओवादी)ले नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेको जनाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि हिजो जारी गरिएको विज्ञप्तिमा भारतीय पक्षको ज्यादतिविरुद्ध आगामी चैत ५ गते देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ । अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् । बैठकले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतिको भारत सरकारले माफी माग्नुपर्ने उल्लेख गरेको छपूरा पढ्नुहोस्


संविधान संशोधन गरी चुनावमा जाऔँः नेता महतो

election-wont-obstruct-1st-stage-mahato

फागुन ३०, कञ्चनपुर (सप्तरी) । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न नेकपा (एमाले)लाई आग्रह गरेका छन् । प्रेस मञ्च सप्तरीले हिजो राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मधेस विरोधी रवैया छाड्नुस्, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनोस् ।” मधेसको समस्या समाधानका लागि तीन ठूला दलले पहल गर्नुपर्ने उनको भनाइ थियो । मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी गर्दै उनले भने, “१८ वर्ष चुनाव नहुँदा के फरक पर्यो? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ ।” मृतकका परिवारलाई आर्थिक सहयोग यसैबीच, अध्यक्ष महतोले सोमबार भएकोपूरा पढ्नुहोस्