Main Menu

Tuesday, March 21st, 2017

 

नारायणगढ–मुग्लिन सडक ६ घन्टा रोकिने

narayangarh-muglin-recloses

चैत्र ८, चितवन । वर्षातको समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन ६ घन्टा रोकिने भएको छ । हाल बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ. शिव खनालका अनुसार सडक आवागमन ६ घन्टा रोकेर काम थालेपछि ४ घन्टा काम गर्न पाइने छ । स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षातअगाडि नै भित्तो काट्नेलगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न लागिएको खनालले बताए । सोपूरा पढ्नुहोस्


बेलायतले ईयूबाट बहिर्गमन प्रक्रिया औपचारिक रुपमा मार्च २९ मा शुरु हुने

चैत्र ८, लन्डन । बेलायत सरकारले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुने प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ गते सुरु गर्ने जनाएको छ । बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुङ्ग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको भेटमा सोमबार बताए । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले लिसबन सम्झौताको धारा नं. ५० लाई कार्यान्वयनका लागि लैजान एक पत्रमार्फत् जानकारी गराउनु हुने राजदूत ब्यारोले बताए । यद्यपि पत्र परम्परागत चिठ्ठीका रुपमा आउने छ वा विद्युतीय सन्देशका रुपमा पठाइने छ भन्नेबारे भने प्रष्ट गरिएकोपूरा पढ्नुहोस्


प्रत्यक्ष प्रसारणमा आफ्नी पत्नी र गर्लफ्रेन्ड दुबैलाई धन्यवाद दिएपछि …

घानाका एक फुटबल खेलाडीले प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन अन्तरवार्तामा आफ्ना पत्नी तथा गर्लफ्रेण्डलाई धन्यवाद दिँदा आइतबार इन्टरनेटमा तहल्का मच्चिएको छ ।   VIDEO: Mohammed Anas just gave the greatest MoTM speech of all time, thanking both wife and girlfriend. (Via @clydegoal) pic.twitter.com/gXJ4ZwOtdg — Gary Al-Smith (@garyalsmith) March 17, 2017 दक्षिण अफ्रिकाको फ्रि स्टेट स्टार क्लबका लागि व्यावसायिक फुटबल खेल्ने घानाका मोहम्मद अनसलाई खेलमा म्यान अफ द म्याच घोषणा गरिएसँगै लिइएको अन्तरवार्तामा यस्तो ‘अकल्पनीय गल्ती’ हुन पुगेको हो । ‘सर्वप्रथम त म आफ्ना समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु,’ अन्तरवार्ताका क्रममा अनसले भने, ‘र मेरी पत्नी र मेरी गर्लफ्रेण्डलाई पनि धन्यवाद दिन चाहन्छुपूरा पढ्नुहोस्


गाविस समाहित गरिएकोमा नगरवासी असन्तुष्ट, प्रमलाई ज्ञापनपत्र

चैत्र ८, कञ्चनपुर (सप्तरी) । स्थानीय तह पुनःसंरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढङ्गले गाविस समाहित गरिएको भन्दै यहाँ तीव्र असन्तुष्टि देखिएको छ । यसै क्रममा सोमबार स्थानीयले त्रुटिपूर्ण पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगरपालिमामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै सङ्कटमा पर्ने ठहर गर्दै नगरवासीको बृहत् भेलाले पूर्व मेयर सैलेश चौधरीको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘राजविराज नगर सीमाङ्कन सुधार सङ्घर्ष समिति’ गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएकोपूरा पढ्नुहोस्