Main Menu

प्रत्यक्ष प्रसारणमा आफ्नी पत्नी र गर्लफ्रेन्ड दुबैलाई धन्यवाद दिएपछि …

घानाका एक फुटबल खेलाडीले प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन अन्तरवार्तामा आफ्ना पत्नी तथा गर्लफ्रेण्डलाई धन्यवाद दिँदा आइतबार इन्टरनेटमा तहल्का मच्चिएको छ ।

 

दक्षिण अफ्रिकाको फ्रि स्टेट स्टार क्लबका लागि व्यावसायिक फुटबल खेल्ने घानाका मोहम्मद अनसलाई खेलमा म्यान अफ द म्याच घोषणा गरिएसँगै लिइएको अन्तरवार्तामा यस्तो ‘अकल्पनीय गल्ती’ हुन पुगेको हो ।

‘सर्वप्रथम त म आफ्ना समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु,’ अन्तरवार्ताका क्रममा अनसले भने, ‘र मेरी पत्नी र मेरी गर्लफ्रेण्डलाई पनि धन्यवाद दिन चाहन्छु ।’

क्षणभरमै आफ्नो गल्ती महसुस गरेर अनसले गल्ती सुधार्ने व्यर्थ प्रयासमा लागे । अत्यन्तै अत्तालिएको स्वरमा गल्ती छोप्ने प्रयासमा अनसले भने, ‘मेरो मतलब, मेरी पत्नी । माफी चाहन्छु । मलाई माफ गरिदेऊ । म तिमीलाई धेरै माया गर्छु । म तिमीलाई हृदयदेखि नै धेरै माया गर्छु ।’

२२ वर्षीय अनसले दक्षिण अफ्रिकी प्रिमियर डिभिजनमा भएको खेलमा २ गोल गरेका थिए । तर इन्टरनेट प्रयोगकर्ताहरु भने अनसको गोलमा भन्दा अन्तरवार्तापछि अनसलाई उनकी पत्नीले के गरिन् भन्नेतर्फ बढी आकर्षित देखिन्थे ।

 

 

 

 

 

(Visited 252 times, 1 visits today)

टिप्पणी

comments