Main Menu

भारत हुँदै तेस्रो मुलुक लगिँदै गरेका २४ युवतीको उद्धार

 

24-girls-rescuedसाउन १०, गुलरिया (बर्दिया) । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ ।

वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो ।

“बर्दियाका ४ वटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ,” बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भने, “भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । सुरक्षाकर्मी राखिएका मार्गहरु दलालले प्रयोग गर्दैनन् ।”

विगत ६ महिनाको अवधिमा बर्दियाका ती संवेदनशील नाकाबाट २४ जना युवतीको उद्धार गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

“चेलीबेटी भारत पुर्याउन दलालले बर्दियाकै मानिस प्रयोग गर्ने गरेका छन्,” उनले भने, “विश्वासै गर्न नसक्ने मानिसले औषधि उपचार, किनमेललगायत विभिन्न बहानामा चेलीबेटी भारत पुर्याउने गरेको देखिएको छ ।”

मानव ओसारपसार तथा चेलीबेटी बेचबिखन विरुद्ध जिल्लामा काम गर्दै आएका सानाहातहरु नामक संस्थाका अनुसार बर्दियाका जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्रको रुपमा रहेका छन् ।

(Visited 155 times, 1 visits today)

टिप्पणी

comments