Main Menu

पर्सा निकुञ्जका जनावर असुरक्षित

कात्तिक २१, वीरगञ्ज

animal-unsafe-parsa-NPजैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेका लोपोन्मुख जनावर असुरक्षित रहेका छन् ।

हिँड्न सुरक्षित तथा छुट्टै बाटो नभएकाले आवतजावत गर्ने क्रममा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ । निकुञ्जभित्र हुने काठ चोरी निकासी, उद्योगबाट निष्कने धुँवाले जनावरलाई असर पारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

अघिल्लो वर्ष सवारीसाधनको ठक्करबाट निकुञ्जभित्र रहेका ११ जनावर मरेका थिए । “जनावर संरक्षण गर्न निकुञ्जमाथि ठूलो चुनौती थपिएको छ,” उनले भने । जनावर हिँड्ने सुरक्षित बाटोको अभावमा यस्ता घटनामा वृद्धि हुँदै गएको आचार्य बताउछन् ।

६ सय २७.३९ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जको पूर्वमा धार्मिक रंतपुरी जंगल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजोन र दक्षिणमा निर्मलवस्ती र सुर्वणपुर रहेको छ । पर्यटकीय दृष्टीकोणले अति महत्वपूर्ण रहेको सो निकुञ्जमा बाघ, हात्ती, गैँडा, चौँरीगाई, मृगलगायत जनावर रहेका छन् । यहाँ वार्षिक २ हजारभन्दा बढी बाह्य पर्यटक आउने गरेका छन् ।

निकुञ्जभित्र रहेको धार्मिक आस्थाको प्रतीक हलखोरीया दह, कामिनीदह, मायादेवी मन्दिर, कुलेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्नसके यसले आन्तरिक तथा बाह्य पर्यटनमा थप टेवा पुग्ने देखिन्छ । सुख्खा ठाउँ भएकाले निकुञ्जमा आगलागी, जनावरका लागि पानीको समस्या, काठ तस्करी नियन्त्रणको समस्या, वन्यजन्तु र मानवबीचको द्वन्द्व, हात्तीले मानवीय क्षति पुर्याउने, बाघ चितुवाले छेउछाउको बस्तीमा गएर चौपाया मार्ने, ढुंगा, गिट्टी, बालुवा, चोरी निकासीजस्ता चुनौती निकुञ्जमाथि थपिँदै गएको छ ।

अवैध चोरी शिकारी रोक्न निकुञ्जभित्र सिसिटिभी क्यामरा जडान गरिए पनि चोरी निकासी रोकिएको छैन । पथलैया–अमलेखगञ्जसम्म निकुञ्जको बीचमा ९ किलोमिटर कालोपत्र सडक रहेको छ । सो सडक भएर सवारीसाधन आवतजावत गर्ने र त्यही सडक भएर निकुञ्जका जनावर ओहरदोहर गर्ने हुँदा जनावरको सुरक्षामा जटिल समस्या देखिएको निकुञ्जले जनाएको छ ।

(Visited 178 times, 1 visits today)

टिप्पणी

comments