Main Menu

सार्वजनिक बिदा कटौती, अब ८९ दिन मात्र बिदा

चैत्र १५, काठमाडौँ

cabinet-cut-public-holiday

सरकारले वि.सं. २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो ।

सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । वि.सं. २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।

(Visited 91 times, 1 visits today)

टिप्पणी

comments