Main Menu

Thursday, March 29th, 2018

 

भेनेजुएलाको कारागारमा झडप र आगलागीमा ६८ जनाको मृत्यु

१५ चैत, काराकस भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ । उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ । केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परी कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । भेनेजुएलाका एकजना प्रमुख सरकारी वकिल तारेक साबले यस अकस्मातको दुर्घटनाको छानबिनका लागि समिति बनाइएको बताएका छन् । खचाखच बन्दीहरु राखिएको सो बन्दीगृहभित्र अकस्मात दंगा फैलिन पुगेको रपूरा पढ्नुहोस्


श्रम दिन मनाउन बुलबुले सरसफाइ

१५ चैत, सुर्खेत  हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको छ । मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर श्रम दिन मनाएको छ । सरसफाइमा बुलबुले ताल तथा उद्यान क्षेत्रमा भएको मानव निर्मित फोहरको व्यवस्थापन गरिएको छ । सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, “समाजमा भएको फोहरसँगै हाम्रो दिमागी फोहर पनि हटाउन आवश्यक छ र बसेर खानेलाई घृणाका पात्र बनाउनु पर्छ ।” विदेशी नभई अब स्वदेशको श्रममा रमाउन सिक्नुपर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए । उनले बुलबुलेलाई स्वर्गपूरा पढ्नुहोस्


बेनी–जोमसोम सडक स्तरोन्नतिमा तीव्रता, शुक्रबारदेखि आठघण्टा बन्द

१५ चैत, बेनी, म्याग्दी स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा ६ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि भोलि शुक्रबारदेखि आठ घण्टा सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको कालीगण्डकी करिडोर सडक आयोजना मुस्ताङ प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यातायात व्यवसायी, जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले बिहान ७ः३०पूरा पढ्नुहोस्


संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन आज

१५ चैत, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन गर्दै छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो । नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्षपूरा पढ्नुहोस्


यो क्रान्तिमाथि प्रतिक्रान्ति हावी भइरहेको समय हो- शशीप्रकाश

१५ चैत, काठमाडौँ अग्लो कद, सेतै फुलेका दाह्री र जुँगा, सत्तरी कटेको शरीर तर पनि युवा जोशमै बोलिरहेका थिए, शशिप्रकाश । सोमबार ‘घनश्याम ढकाल स्मृति प्रतिष्ठान’ले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा समकालीन विश्व राजनीति र कम्युनिस्ट आन्दोलनबारे विचार राख्न आएका यी भारतीय कम्युनिस्ट नेताको धाराप्रवाह प्रवचनले सबैको ध्यान तानिरह्यो । चारु मजुमदारसँगै नक्सलबादी आन्दोलनमा लागेका उनी उक्त आन्दोलनबाट अलग्गिने पहिलो चरणका नेतामध्ये एक हुन् र उक्त आन्दोलनका कमजोरीको पहिलो आलोचक पनि । ‘कोयेकाफ पर संगीत साधना’ र ‘पतझढका स्थापत्य’ जस्ता कविता संग्रहमार्फत प्रगतिवादी कविको सूचीमा आफ्नो नाम दर्ता गराएका शशिप्रकाश मूलतः राजनीतिक चिन्तक हुन् । राजनीतिक अर्थशास्त्रमा विशेष दक्खल राख्ने उनलेपूरा पढ्नुहोस्


होर्डिङबोर्ड नहटाए कामपाले कारबाही गर्ने

house-map-signature-online

१५ चैत, काठमाडौं  काठमाडौँ महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ । एक वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य शुरु गरेको कामपाले जनाएको छ । यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनीरुपमा नै कारबाही गरिने पनि कामपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे । कामपाका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानले भने नियमसंगत राखिएका बाहेक सबै विज्ञापन हटाउने र राख्ने व्यक्ति वा संस्थालाई कारबाही गरिन्छ कुनै पनि बहानामा छुट पाउने अवस्था छैन । स्वीकृति दिएभन्दा बढीले विज्ञापन र बोर्ड बढेकाले महानगरलेपूरा पढ्नुहोस्


सार्वजनिक बिदा कटौती, अब ८९ दिन मात्र बिदा

चैत्र १५, काठमाडौँ सरकारले वि.सं. २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदापूरा पढ्नुहोस्


गैरकानूनी सडक विस्तारविरुद्ध उपत्यकावासीको प्रदर्शन, कयौँ घाइते

चैत्र १५, काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उपत्यकाका विभिन्न भागबाट जम्मा भएका सडक विस्तार पीडितले धर्ना शुरु गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको थियो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदा बस्तीको पहिचानलाई मेटाउन सडक विस्तार भएको पीडितको आरोप छ । धर्नाकारीलाई प्रहरीले गिरफ्तार गरेपछि पीडितले नयाँबानेश्वरसम्मा नाराबाजीसहित प्रदर्शन गरे । पीडितले ‘जग्गा प्राप्ति ऐन लागू गर’, ‘आवासको अधिकार सुरक्षित गर’, ‘गैरन्यायिक सडक विस्तार बन्द गर’, ‘प्रहरी दमन बन्द गर’ जस्ता नारा लगाएका थिए । संविधानको धारा २५ र ३७, आइएलओ महासन्धिपूरा पढ्नुहोस्