Main Menu

Friday, March 9th, 2018

 

चौध महिला कलाकारले कला प्रदर्शन गरी दिवस मनाए

फागुन २५, ललितपुर ललितपुर क्वबहास्थित ‘नेवाः छेँ’ आर्ट ग्यालरीमा १४ युवा महिला कलाकारहरुले एक साथ कला प्रदर्शन गरी १ सय ८ आठौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । उक्त कला प्रदर्शनीलाई आज एक समारोहबीच ‘क्लासिक डाइमन्ड ज्वेलर्स’ की कार्यकारी निर्देशक श्रीमती लुडिविना एलएम महर्जनले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रीमती लुडिविनाले आफू फिलिपिनी भए पनि नेपालमा २१ वर्ष समय बिताइसकेकोले नेपाली संस्कृतिमा भिजिसकेको अनुभूति व्यक्त गरिन् । उनले नेपालमा छोरा नभएकोमा दुःखी हुनेहरु अझै भेटिने गरेको कुरा सुनाइन् । नेपालीसँग विबाह गरी बसेकी उनले आफूहरुको दुईटा छोरी मात्र भएको र त्यसैमा खुसी भएको बताइन् ।पूरा पढ्नुहोस्


पाइपबाट पेट्रोल ल्याउनको लागि काम शुरु

फागुन २५, वीरगञ्ज नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका छन् । १५ महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमीनमुनि पुर्ने काम गर्नेछन् । त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले बताए । सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ । भारत सरकारको इण्डियन आयल कर्पाेरेशन (आइओसी)को करिब ३५० करोडको लागतमा निर्माण भइरहेको सो पाइपलाइनकापूरा पढ्नुहोस्


गणित शिक्षकदेखि सभामुखसम्म महरा

फागुन २५, काठमाडौँ चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ । शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा सुमधुर सम्बन्ध राख्न सफल महरालाई राष्ट्रिय संकटमा गाँठो फुकाउन पर्दा धेरैले सम्झने गरेका छन् । उनको व्यक्तित्व एवं कूटनीतिक क्षमता पार्टीभित्रको आन्तरिक तथा मुलुकले झेल्दै आएको द्वन्द्व समाधानमा महत्वपूर्ण योगदान पुगेको धैरेको विश्वासपूरा पढ्नुहोस्


राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले शपथ ग्रहण

२५ फागुन, काठमाडौँ  राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौड्याललाई शपथ गराएका हुन् । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ । यसअघि सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उपस्थित हुन पाएका थिएनन् । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले फागुन २३ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश जारी गरेपछि शपथ लिन बाटो खुलेकोपूरा पढ्नुहोस्


विश्व कीर्तिमान कायम गराउन १ हजार ५०० पिन्ट रगत संकलन

hospital-organizes-blood-donation

२५ फागुन, काठमाडौँ लायन्स क्लब अफ काठमाडौँ लगायतका संस्थाले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले १ हजार ५०० पिन्ट रगत संकलन गरेका छन् । एकै दिनमा एकै ठाउँमा ८ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका हुन् । बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले जानकारी दिएका छन् । लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताए । यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलनपूरा पढ्नुहोस्


विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

२५ फागुन, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको छ बुँदे निर्देशन कार्यान्वयन गर्न मातहतका निकायमा पत्राचार भएको छ । एक महिनाभित्र हरेक प्रदेशमा प्रविधियुक्त नाका तोक्न पनि नेपाल सरकारले निर्देशन गरेको छ । तरकारी र खाद्य पदार्थमा विषादीको प्रयोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा पूर्व सचेतनाका लागि सरकारले यो नयाँ पहल गरेको हो । नयाँ निर्णयको कार्यान्वयन गर्नपूरा पढ्नुहोस्


सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

congress-meeting-flood

फागुन २५, काठमाडौँ नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे । केही बेरअघि नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङको समर्थन गरेका थिए । उम्मेदवारी दर्ताका लागिपूरा पढ्नुहोस्


‘नेवाः जः’ मासिकको प्रकाशन शुरु

फागुन २५, काठमाडौँ नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले ‘नेवाः जः’ मासिक पत्रिकाको प्रकाशन शुरु गरेको छ । उक्त पत्रिकाको पहिलो अंक आज यहाँ सार्वजनिक गरियो । दिवंगत सञ्चारकर्मी सानुकाजी महर्जनको वार्षिक पुण्यतिथिको अवसर पारेर शाखाले पहिलो अंक प्रकाशनमा ल्याएको हो । शाखाका कोषाध्यक्ष रहेका महर्जनको वि.सं. २०७३ फागुन ८ गते बिहान ४० वर्षको उमेरमा निधन भएको थियो । पत्रिकाको सम्पादक विराजकाजी राजोपाध्याय छन् । पत्रिकाको आज यहाँ विमोचन गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले परिवर्तित सन्दर्भमा सम्पन्न मुलुकको सम्पन्न नागरिक बन्ने अभियानलाई सार्थक बनाउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैसँग आग्रह गरे । उनले दिवंगत सञ्चारकर्मी महर्जनप्रति श्रद्धान्जलि अर्पण गर्दै शाखालेपूरा पढ्नुहोस्


मकवानपुर र गोरखामा सालकको सर्वेक्षण सुरु

फागुन २५, रत्ननगर, चितवन राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ । मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए । यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिए । गोरखामा भने मिरकोट सामुदायिक वनमा सर्वेक्षण थालिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले हरियो वन कार्यक्रमको सहयोगमा सालक सर्वेक्षण शुरु गरेको हो । प्रदेश नं ३ का वन सचिव तथा क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले सालक पाइने प्वालमा क्यामेरा जडान गरी सो रानीवन सामुदायिकपूरा पढ्नुहोस्


सभामुखका लागि मनोनयन दर्ता हुँदै, वाम गठबन्धनका तर्फबाट महरा उम्मेदवार

फागुन २५, काठमाडौँ प्रतिनिधिसभाको सभामुख पदका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा अहिले मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता गर्ने कार्यसूची तयार गरेको थियो । सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ । यही फागुन २२ गते बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेकोपूरा पढ्नुहोस्