Main Menu

‘नेवाः जः’ मासिकको प्रकाशन शुरु

फागुन २५, काठमाडौँ

newa-ja-publication-starts

नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले ‘नेवाः जः’ मासिक पत्रिकाको प्रकाशन शुरु गरेको छ ।

उक्त पत्रिकाको पहिलो अंक आज यहाँ सार्वजनिक गरियो ।

दिवंगत सञ्चारकर्मी सानुकाजी महर्जनको वार्षिक पुण्यतिथिको अवसर पारेर शाखाले पहिलो अंक प्रकाशनमा ल्याएको हो । शाखाका कोषाध्यक्ष रहेका महर्जनको वि.सं. २०७३ फागुन ८ गते बिहान ४० वर्षको उमेरमा निधन भएको थियो ।

पत्रिकाको सम्पादक विराजकाजी राजोपाध्याय छन् ।

पत्रिकाको आज यहाँ विमोचन गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले परिवर्तित सन्दर्भमा सम्पन्न मुलुकको सम्पन्न नागरिक बन्ने अभियानलाई सार्थक बनाउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैसँग आग्रह गरे । उनले दिवंगत सञ्चारकर्मी महर्जनप्रति श्रद्धान्जलि अर्पण गर्दै शाखाले गर्न खोजेको प्रयासमा सक्दो सहयोग गर्ने वचनबद्धता प्रकट गरे ।

शाखाका अध्यक्ष नातिकाजी महर्जनले पत्रिका प्रकाशनमा सबैको सहयोग अपेक्षित रहेको बताए ।

(Visited 235 times, 1 visits today)

टिप्पणी

comments