Main Menu

Saturday, March 17th, 2018

 

वैज्ञानिक हकिङले ‘म नास्तिक नै हुँ, ईश्वर छैनन्’ भन्न थाल्नुभयो – प्रा. डा. खनाल [अन्तर्वार्ता]

(पाँच दशकभन्दा पनि बढी समयसम्म चरम शारीरिक अशक्ततालाई झेल्दै ब्रम्हाण्डको भविष्यबारे अनुसन्धान गर्दै गरेका वैज्ञानिक विलियम स्टेफन हकिङको भर्खरै गत मार्च १४ मा निधन भएको सन्दर्भलाई लिई नेपालका विख्यात भौतिकशास्त्री प्रोफेसर डा. उदयराज खनालसँग मूल्याङ्कन अनलाइनले लिएको अन्तर्वार्ताको सार संक्षेप यहाँ प्रस्तुत गरिन्छ ।-सम्पादक) प्रश्न – गत मार्च १४ मा विलियम स्टेफन हकिङको निधन भयो । तपाईं नेपालको एक अत्यन्तै सम्मानित भौतिकशास्त्रीको रुपमा रहनुभएको छ । तपाईंले भौतिकशास्त्रमा ठूलो योगदान पनि गर्नुभएको छ । र, अल्बर्ट आइन्स्टाइन र हकिङले जुन क्षेत्रमा काम गर्नुभयो, त्यस क्षेत्रमा तपाईंले अहिले पनि अनुसन्धान जारी राख्नुभएको छ । यस सन्दर्भमा अहिले वैज्ञानिक हकिङको निधनलाई तपाईंपूरा पढ्नुहोस्


प्रदूषणमुक्त बन्दै ऐतिहासिक नगरी कीर्तिपुर

चैत्र ३, काठमाडौँ काठमाडौँ उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुर क्षेत्रबाट आज करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । काठमाडौँको दक्षिण क्षेत्रमा पर्ने यस नगरमा रहेका ऐतिहासिक महत्वका क्षेत्र, सम्पदास्थल, नदी तथा कुवालगायत विभिन्न स्थानमा अहिलेसम्म जम्मा भएका कुहिने/नकुहिने फोहर सफाइ गरिएको हो । प्रत्येक राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका कीर्तिपुरवासी आज सामाजिक कार्यमा व्यस्त देखिन्थे । नगर क्षेत्रलाई फोहर तथा प्रदूषण मुक्त बनाउन करिब २ हजार व्यक्तिले सामूहिकरुपमा प्रण गरेका छन् । कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय लोकतान्त्रिक चोक, बाघभैरव, विष्णुदेवी, देवढोकालगायतका १९ स्थानमा विभाजित भई नगरभित्रका फोहर व्यवस्थापनमा सक्रिय भएका थिए । नगर सफाइ अभियानको नेतृत्वपूरा पढ्नुहोस्


चीनको राष्ट्रपतिमा सि जिनपिङ सर्वसम्मत निर्वाचित

चैत्र ३, बेइजिङ चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरी निर्वाचित भएका छन् । चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । ६४ वर्षीय सि केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका छन् । सिले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो ।  गत अक्टोबरमा उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए । सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमापूरा पढ्नुहोस्


नाम्लो [कविता]

सरिता तिवारी मैले उसलाई बोकेँ  कि उसले बोकेको हो मेरो वजनको आयतन ? उसैको भरले जानेँ यस पृथ्वीमा उभिन उसैको सहाराले सिकेँ  दुश्मनको सरापजस्ता सदाबहार वनमारा र टाप्रेघारी फाँड्दै हिँड्न उसैको प्रेरणाले उत्साहित भएर कुच गरेँ  व्रम्हाण्ड नाघ्ने जिन्दगीको युटोपियाई लङ् मार्चमा मेरो प्यारो चिज ओ नाम्लो ! तैँले नै हो मलाई कीराको जुनीबाट मान्छेमा कायाकल्प गरेको तैँले नै हो रित्ता हात लिएर जन्मनेको त झन् हत्केलैमा संसार फुल्छ भनी काँध थप्थपाएको ! हाइफाइहरूको टेबलमा बसेर हल्लाएको छु केही पल्ट शीर कुलीनहरूको माझमा उभिएर गरेको छु केही पल्ट स्वांग र मिलाएको छु बोलीमा बोली भलै नगरेको हुँ,सत्यमाथी घात तर एलिटपूरा पढ्नुहोस्