Main Menu

चीनको राष्ट्रपतिमा सि जिनपिङ सर्वसम्मत निर्वाचित

चैत्र ३, बेइजिङ

xi-jinping-reelected-chinese-president

चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरी निर्वाचित भएका छन् ।

चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

६४ वर्षीय सि केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका छन् ।

सिले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो । 

गत अक्टोबरमा उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए । सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल भएका छन् ।

गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेबाट उनी अब अनिश्चितकालिन राष्ट्रपति बन्ने निश्चित छ ।

राष्ट्रपति सिले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडेका थिए । त्यसपछि नै उनको कार्यकाल लम्विने स्पष्ट भएको थियो ।

उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए ।

संसद्ले सिका निकट मानिने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । राष्ट्रिय जनकंग्रेसको १३औँ बैठकको पहिलो चरणमा सहभागी झण्डै ३ हजार सांसदहरुले उनलाई निर्वाचित गरेका हुन् ।

उनी निर्वाचित भएको घोषणा भएलगत्तै उनीसँग नवनिर्वाचित राष्ट्रपति सि चिनफिङले हात मिलाएर बधाई दिएका थिए । उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरिसकेका छन् ।

सन् १९४८ मा जन्मिएका वाङ विगत केही वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय तहमा रहेका छन् ।

सिन्ह्वा

(Visited 197 times, 1 visits today)

टिप्पणी

comments