Main Menu

धनगढी प्रिमियर लिग क्रिकेट माघमा

 

असोज २२, काठमाडौँ

dpl-starts-maghधनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष सुवासबहादुर शाहीले जानकारी दिए ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजन विजय डिस्टिलरीको रुस्लानले गरेको छ । एक वर्षका लागि करिब रु. ७० लाख बराबरको प्रायोजन गर्ने सम्झौतापत्रमा अध्यक्ष शाही र जाउलाखेल ग्रुप इन्डस्ट्रीजका निर्देशक श्रीहरशम्शेर जंगबहादुर राणाले हस्ताक्षर गरे । मुख्य प्रायोजनबापत रुस्लानले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई रु. ३५ लाख नगद प्रदान गरेको छ भने रु. ३५ लाख बराबरको विभिन्न सहयोग गर्ने कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्सलगायत आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले रु. २५ लाख र उपविजेताले रु. १० लाखका साथै ट्रफी प्राप्त गर्नेछन् । तेस्रो हुनेले रु. ३ लाख र चौथोले रु. २ लाख पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले टीभीएस अपाची १८० सीसीको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलका म्यान अफ द म्याचले रु. १० हजार तथा उत्कृष्ट ब्याटस्म्यान र बलरलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको खेल धनगढीस्थित अञ्चल प्रहरी मैदानमा सञ्चालन हुनेछ । वैकल्पिक रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने आयोजक संस्थाले जनाएको छ ।

(Visited 206 times, 1 visits today)

टिप्पणी

comments