Main Menu

विश्व शारीरिक सुगठनमा महर्जन दोश्रो

 

असोज २२, काठमाडौँ

nanita-secures-second-world-bodybuildingमंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छन् ।

ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिए । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण तथा इटालीले कांस्य पदक जित्यो ।

ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौँ संस्करणमा ननिताले काँस्य पदक जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो । आठौँ विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै ननिताको खेलमा ‘डेब्यू’ गरेकी थिइन् ।

ननिताले २०७३ सालमा काठमाडौँमा भएको प्रथम मिस्टर काठमाडौँ तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर शुरु गरेकी हुन् भने सो प्रतियोगितामा उनले स्वर्ण पदक जितेकी थिइन् ।

(Visited 530 times, 1 visits today)

टिप्पणी

comments