Main Menu

‘डा. भट्टराईलाई जिताउन लागिपरेका छौँ भन्ने समाचार गलत हो’ – उपप्राध्यापक खनाल [अन्तर्वार्ता]

dr-bhattarai-support-news-fake-khanal(नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लोकतान्त्रिक गठबन्धनमा सहभागी भएर गोरखा क्षेत्र नंं. २ बाट माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका विरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका भए पनि माओवादी केन्द्र निकट केही प्राध्यापक तथा बुद्धिजीवीहरु चुनावमा डा. भट्टराईलाई विजय गराउन सक्रिय भएको केही मिडियाहरुले प्रचार गरेका थिए । यसबारेमा सत्यता के हो भन्ने जानकारी प्राप्त गर्न ईमूल्याङ्कनका कमल गिरीले ताहाचल क्याम्पसका उपप्राध्यापक बैकुण्ठ खनाललाई लिएको फोन अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरेका छौँ । – सम्पादक)

प्रश्न – तपाईंलगायत विश्वविद्यालयका प्राध्यापकहरुले खासगरी आफ्नो पेशागत संगठन र आफ्नो पेशागत मातृ पार्टीविरुद्धमा बाबुराम भट्टराईलाई समर्थन गर्ने र त्यो ढंगले भित्रभित्र रोल खेल्ने भइराखेको छ भनेर मिडियामा आयो नि, यो बारेमा के भन्नुहुन्छ ?

उत्तर – हैन यो सरासर गलत, भ्रामक र सुनियोजित छ । हाम्रो व्यवसायिक सफलताबाट आत्तिएकाहरु विचलित भएर गरेको हो यो । र, त्यसमा कुनै पनि शंका, आशंका, सत्यता छैन ।

प्रश्न – त्यसो भए तपाईंहरुको भूमिका अहिले के भइराखेको छ ?

उत्तर – हाम्रो भूमिका जे थियो र जे भइराखेको छ, प्रष्ट रुपमा बाहिर खुला नै छ । कोहीकोहीबाट दायाँबायाँ गर्दै डुङ्गामा प्वाल पार्ने प्रयत्न भइरहेको छ । यो डुङ्गा बिगार्ने, डुङ्गा डुबाउनेहरुको नियत हो ।

प्रश्न – ‘जे थियो, जे भइराखेको छ’ भन्ने कुरोलाई अलि प्रष्ट पारिदिनुस् न ।

उत्तर – हामी जहाँ जस्तो अवस्थामा छौँ, त्यही अवस्था हाम्रो हो । यो बाहिर प्रचारित समाचारमा कुनै सत्यता छैन । यो डुङ्गा डुबाउने षड्यन्त्र मात्र हो ।

प्रश्न – वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठकै पक्षमा तपाईंहरु लागिराख्नुभएको छ ?

उत्तर – त्यसमा हाम्रो भौतिक समर्थन मात्र छ ।

प्रश्न – अरु गलत कुरा हो ?

उत्तर – अरु सबै कुरा गलत हो ।

प्रश्न – अहिले तपाईंहरुले नारायणकाजीलाई समर्थन गरिराख्नुभएको छ ? उहाँकै प्रचारप्रसारमा उहाँलाई मद्दत हुने कामहरु गरिराख्नुभएको छ ?

उत्तर – हामीले आफ्नो व्यवसायिक धर्म जुन हो, त्यसका साथसाथै हामीले गर्न मिल्नेजति सबै गरिराखेका छौँ ।

प्रश्न – अरु केही छ ?

उत्तर – अत्तालिएको मानसिकता, भ्रम छर्न खोजको अवस्था, हामीहरुमाथि जुन आरोप लगाइएको छ, त्यो मिथ्या र झुटो आरोप हो । यसबिरुद्ध प्रत्यक्ष रुपमा हामी प्रतिकार गर्न तयार छौँ ।

(Visited 200 times, 1 visits today)

टिप्पणी

comments