Main Menu

सात सय तीर्थयात्रीको ज्यान गयो साउदीमा

मक्का भागदौडमा चार नेपालीको मृत्यु

भागदाैडमा मारिएकाहरु

भागदाैडमा मारिएकाहरु

असोज ८, काठमाडौं । साउदी अरबको मक्का सहरमा भएको भागदौडमा चार जना नेपालीको पनि मृत्यु भएको समाचार छ । हजारौँको संख्यामा मुस्लिम तीर्थयात्रीहरु भेला भएको मेलामा भागदौड मच्चिँदा ७ सय १७ जनाको ज्यान गइसकेको छ भने हजारौँ सयौँ घाइते भएका छन् ।

साउदी अरबका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले मिडियालाई जानकारी गराए अनुसार चार जना नेपालीको मृत्यु भएको छ । भागदौड घटनामा परेर ज्यान जाने नेपाली मृतकहरुमा पर्साका जाकिर हुसेन, बाराका इजहर मियाँ र सुलेमा नियाँको सनाखत भएको बताइएको छ । तीनै जनाको भागदौडमा परेर मृत्यु भएको हो ।

अर्का एकजना नेपालीको पनि मक्कामै मृत्यु भएको छ । सुनसरी घर भएका उनको नाम नखुलेको जनाइन्छ । हरेक वर्ष मक्कामा नेपाली मुस्लिम समुदाय पनि हजका लागि मक्का जाने गर्छन् ।

भागदाैडमा किचिएर मारिएकाहरु

भागदाैडमा किचिएर मारिएकाहरु

प्रधानमन्त्री सुशील कोइरालाले मक्कामा भएको भागदौडका कारण उत्पन्न जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकमा श्रद्धाञ्जली प्रकट गरेका छन् । समस्त इस्लाम धर्मावलम्बीहरुमा पर्न गएको शोकमा प्रधानमन्त्री कोइरालाले आफू पनि मर्माहत भएको बताएका छन् । साउदी अरबस्थिति नेपाली दूतावासले र नेपालको परराष्ट्र मन्त्रालयले घटनामा अरु नेपाली पनि घाइते वा मृतकमा परे/नपरेको बारे खोजी भइरहेको जानकारी गराएको छ । साउदी अरबमा नेपालीहरु कामको सिलसिलामा पनि हजारौँको संख्यामा पुगेका छन् ।

(Visited 243 times, 1 visits today)

टिप्पणी

comments