Main Menu

Friday, September 25th, 2015

 

सात सय तीर्थयात्रीको ज्यान गयो साउदीमा

मक्का भागदौडमा चार नेपालीको मृत्यु

असोज ८, काठमाडौं । साउदी अरबको मक्का सहरमा भएको भागदौडमा चार जना नेपालीको पनि मृत्यु भएको समाचार छ । हजारौँको संख्यामा मुस्लिम तीर्थयात्रीहरु भेला भएको मेलामा भागदौड मच्चिँदा ७ सय १७ जनाको ज्यान गइसकेको छ भने हजारौँ सयौँ घाइते भएका छन् । साउदी अरबका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले मिडियालाई जानकारी गराए अनुसार चार जना नेपालीको मृत्यु भएको छ । भागदौड घटनामा परेर ज्यान जाने नेपाली मृतकहरुमा पर्साका जाकिर हुसेन, बाराका इजहर मियाँ र सुलेमा नियाँको सनाखत भएको बताइएको छ । तीनै जनाको भागदौडमा परेर मृत्यु भएको हो । अर्का एकजना नेपालीको पनि मक्कामै मृत्यु भएको छ । सुनसरी घर भएकापूरा पढ्नुहोस्


पृथ्वीको केन्द्रमा सोचिएभन्दा बढी अक्सिजन

भूगर्भविद् वैज्ञानिकहरुले पृथ्वीको केन्द्रीय भाग, जसलाई अङ्ग्रेजीमा कोर भनिन्छ, त्यसमा यसअघिसम्म विश्वास गरिएको भन्दा बढी मात्रामा अक्सिजन तत्व सम्मिलित रहेको पत्ता लगाएका छन् । उनीहरुले यो कुरो भूगर्भीय पदार्थको अध्ययन, अनुसन्धान र परीक्षण गरी प्राप्त भूभौतिकी एवं भूरासायनिक हस्ताक्षरहरुको एकसाथ विश्लेषण गरी बताएका हुन् । पृथ्वीको सतहभित्रको चट्टानको आकार–प्रकार, रङ्ग, कडापन आदि कुरा भूभौतिकी अन्तर्गत पर्दछन् भने भूरसायनमा तिनीहरु के-के तत्व तथा यौगिकहरु मिली बनेका छन् भन्ने कुरा आउँदछ । अनुसन्धानमा संलग्न अमेरिकी भूगर्भीय अध्ययन प्रयोगशाला ‘लरेन्स लिभरमोर’ का भूगर्भविद् रिक रिएर्सन र उनका अन्तर्राष्ट्रिय सहपाठीहरुले संयुक्त रुपमा घोषणा गरेका छन् कि यो अनुसन्धानले पृथ्वी उत्पत्तिबारे थप अन्तरदृष्टि उपलब्ध गराउनेछपूरा पढ्नुहोस्


पत्रपत्रिका

सिमानामा भारतीय अवरोध जारी

असोज ८, काठमाडौँ । भारतीय राजदूत रणजीत रे दिल्लीबाट नेपाल फर्किएर प्रधानमन्त्री सुशील कोइराला तथा एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष नरम रुपमा प्रस्तुत भएपछि भारत–नेपाल सम्बन्धमा पुनः सामान्यीकरण हुने अपेक्षा गरिएको थियो । तर अपेक्षा गरिएकोभन्दा विपरित हिजो बिहीवारसम्म पनि सीमा नाकाहरुमा भारतीय अवरोध जारी रहेको खबर आजको नयाँपत्रिका  दैनिकले छापेको छ । यसैबीच नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारी र प्रहरीबीच बिहीबार वीरगन्ज–रक्सौल नाकामा झडप भएको खबर छ । बिहान १० बजेबाट नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउन गएका प्रहरी र प्रदर्शनकारीबीच दिउँसो दुई बजेपछि झडप भएको हो । नेपाल–भारत सीमाको मितेरी पुलमा धर्नामा बसेका प्रदर्शनकारीले मुख्य सडकमापूरा पढ्नुहोस्