Main Menu

Thursday, September 10th, 2015

 

जनपक्षीय ब्राजिली रंगकर्मीसँगको अन्तर्वार्ता

‘जताबाट हेर्नुस्– अमेरिका उस्तै देखिन्छ !’

अगस्टो बोआल ब्राजिलका प्रसिद्ध नाटककार तथा निर्देशक हुन् । उनलाई अनौपचारिक पद्धतिबाट शैक्षिक चेतना विस्तार गर्ने अभियन्ता मानिन्छ । १६ मार्च १९३१ मा जन्मिएका उनी सन् ६० को दशकदेखि मजदुर आन्दोलनमा लागे । र, रंगमञ्चलाई राजनीतिक आन्दोलनमा प्रयोग गरे । सन् १९७१ मा नाटक गर्दागर्दै सैनिकहरुद्धारा उनी गिरफ्तार भए । बन्दीगृहमा उनलाई ४ महिना यातना दिइयो । त्यसपछि उनी १५ वर्षका लागि पुर्नवास हुन बाध्य भए । मजदुर आन्दोलनबाटै उनी सन् १९९४ मा रियो दि जेनेरियोको नगर परिषद् सदस्यमा चुनिए । र, रंगमञ्चमार्फत स्थानीय कानुनमा परिवर्तन ल्याए । उनलाई प्रसिद्ध शिक्षाविद् पाउलो फ्रेरेको अनौपचारिक शिक्षा पद्धतिबाट प्रभावित मानिन्छ । पाउलोपूरा पढ्नुहोस्


७५ बुँदेले विचलन सच्याउन सकेन : एमाओवादी सचेतक

भदौ २४, काठमाडौं । प्रमुख प्रतिपक्ष एकीकृत माओवादीका सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलले तीन दलले गरेको ७५ बुँदे संशोधन प्रस्तावले पनि उत्पीडितका मुद्दा सम्बोधन गर्न नसकेको बताएका छन् । बिहीबार संविधानसभामा बोल्दै पोखरेलले संशोधनले दलित, नागरिकता र सीमांकनको विचलन सच्याउन नसकेको स्वीकार गरेका हुन् । ‘७५ बुँदे संशोधनले थारु, मुस्लिम, मधेसी र आदिवासी जनजातिका संवैधानिक आयोग बनाउनेजस्ता महत्वपूर्ण सहमति गरेर सकारात्मक सन्देश प्रवाह गरे पनि’, पोखरेलले भने, ‘दलितका प्रतिनिधित्वको सुनिश्चितताको माग, नागरिकतामा रहेका विभेद र सिमाङ्कनका बिचलनलाई सच्याउन सकेको छैन ।’ उनले संविधान निर्माण होस् भन्ने एक सूत्रीय मिसनमा एमाओवादी हदैसम्म लचिलो भएको र धर्मनिरपेक्षताको अपव्याख्यालाई पनि संशोधनमा स्वीकारेर आएकोपूरा पढ्नुहोस्


बलात्कार गर्ने साउदी दूतावासका कर्मचारी

दिल्लीमा दुई नेपाली महिलामाथि बलात्कार

भदौ २४, काठमाडौं । भारतको राजधानी दिल्लीमा दुई जना नेपाली महिलामाथि साउदी राजदूतावासका एक कर्मचारीले बलात्कार गरेको उजुरी परेको छ । दिल्ली गुँडगाव प्रहरीले उक्त घटनाको छानबिन भइरहेको बताएको छ । पीडित नेपाली महिलाहरूले दूतावासको कर्मचारीबाट आफूहरू पटकपटक बलात्कृत भएको बताएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा गुडगाँव प्रहरी आयुक्त नवदीप सिंहले बलात्कारको आरोप लागेको व्यक्तिलाई पहिचान गरिसकेको बताएका थिए । दूतावासमा विशेष सुरक्षा व्यवस्था हुने भएकाले आरोपीलाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ । माइती नेपालले समाचारमाध्यमहरूलाई बताएअनुसार बलात्कृत हुने नेपाली महिलामा एकजना मोरङ र अर्को बागलुङकी हुन् । उनीहरूमध्ये एकजना ५० वर्षकी र अर्की ३० वर्षकी भएको बताइएको छपूरा पढ्नुहोस्


युएस ओपन सेमिफाइनलको समीकरण पूरा

भदौ २४, काठमाडौँ । बुधबार राति र बिहीबार बिहान भएका खेलहरुमा पुरुषतर्फ रोजर फेडरर र स्टानिस्लास वावरिङ्का तथा महिलातर्फ सिमोना हालेप र फ्लाभिया पनेटाले आ–आफ्नो खेल जित्दा यस वर्षको युएस ओपनको सेमिफाइनलको समीकरण पूरा भएको छ । सोमबार र मंगलबार भएका खेलहरुबाट पुरुषतर्फ सर्बियाली विश्व नं. १ नोभाक जोकोभिच र गत वर्षका विजेता क्रोयसियाका मारिन सिलिच तथा महिलातर्फ विश्व नं. १ सेरेना विलियम्स र इटालीका रोबर्टा भिन्सी सेमिफाइनल प्रवेश गरिसकेका थिए । आज विहीवार बिहान भएको खेलमा ३४ वर्षीय रोजर फेडररले आफ्नो खेल जीवनकै राम्रो फर्ममा रहेका फ्रान्सेली रिचर्ड ग्यास्गेलाई ६–३ ६–३ ६–१ को सोझो सेटमा पराजित गरे । खेलमापूरा पढ्नुहोस्


नेपाली साहित्यका विविध प्रवृत्ति र मोडहरुबारे छलफल

चीनमा नेपाली साहित्यबारे प्रवचन

भदौ २४, बेइजिंग । बुधवार चीनको राजधानी बेइजिङ्को बौद्धिक क्षेत्रमा नेपाली साहित्यका बारेमा वृहत् परिचर्चा संपन्न भयो । यहाँस्थित रेन्मिन विश्वविद्यालयको सभाकक्षमा आयोजित एक समारोहमा चिनियाँ विद्यार्थी र प्राध्यापकहरुमाझ नेपालका समालोचक निनु चापागाइँ र साहित्यकार तथा प्राध्यापक महेश पौड्यालले प्रवचन दिनुभई नेपाली साहित्यको हालसम्मको विहंगम चित्र प्रस्तुत गर्नुभयो । समालोचक निनु चापागाइँले नेपाली साहित्यमा चिनियाँ साहित्यको प्रभाव र मुख्यतः लुसुनको प्रभावका बारेमा बोल्नुभएको थियो भने महेश पौड्यालले नेपाली साहित्यको विगतदेखि बर्तमानसम्मको चित्र उतार्नुभएको थियो । कार्यक्रममा नेपाली साहित्यका विविध प्रवृत्ति र मोडहरुबारे प्रश्नोत्तरको माध्यमबाट पनि छलफल गरिएको थियो । चीनमा नेपाली साहित्यका बारेमा नयाँ पुस्तामा चासो रहेता पनि सामग्री रपूरा पढ्नुहोस्