Main Menu

Wednesday, September 23rd, 2015

 

असोज १० गते केन्द्रीय समिति बैठक

एमाओवादीले वार्ताको पहल गर्ने

असोज ६, काठमाडौं । प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले वर्तमान राजनीतिक संकटको निकासका लागि पहल गर्ने निर्णय गरेको छ । बुधबार बसेको पदाधिकारीको बैठकले संविधानमा भिन्नमत राखिएका विषयमा संघर्षरत रहने निर्णय समेत गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मूल्याङ्कन अनलाइनलाई बताए । ‘संविधान घोषणा हुनु नेपालको राजनीतिमा ऐतिहासिक उपलब्धि भएको हुँदा त्यसको स्वागत र समर्थन गर्ने तर यसले सबै उत्पीडित समुदायका मागलाई सम्बोधन गर्न सकेको छैन,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘संविधानसभाभित्रैका शक्तिलाई पनि समेट्न नसक्नु यसको गम्भीर कमजोरी हो भन्ने स्वीकार्दै हाम्रो पार्टी संघर्षरत रहने कुरा आजको बैठकले आत्मसात् गरेको छ ।’ अहिले देखिएको राजनीतिक संकटको निकासका लागि एमाओवादीले प्रयास गर्ने रपूरा पढ्नुहोस्


देशको विशिष्ट राजनीतिका कारण

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

असोज ६, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने कार्यक्रम रद्द भएको छ । देशको विशिष्ट राजनीतिक परिस्थितिका कारण स्वदेशमै बस्नुपर्ने भएपछि प्रधानमन्त्रीले आफ्नो भ्रमण रद्द गरेका हुन् । प्रधानमन्त्रीको सट्टा अब जेनेभामा हुने महासभामा भाग लिन उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह अमेरिका जाने भएका छन् । यसअघि प्रधानमन्त्री कोइरालाले नै महासभामा भाग लिने गरी कार्यक्रम तय भएको थियो । असोज तीन गते नयाँ संविधान जारी भएपछि देशमा देखिएको आन्तरिक तथा भूराजनीतिक समस्याका कारण प्रधानमन्त्री कोइराला सभामा जाने कार्यक्रम रद्द गरेको बताइएको छ । संविधान जारी हुनुपूर्व नै थारु, मधेसी लगायतका समुदायले आन्दोलन गरिरहेका थिएपूरा पढ्नुहोस्


सामाजिक सञ्जालको शक्ति

भारतीय ‘हस्तक्षेप’विरुद्ध युवाहरु सडकमा

असोज ६, काठमाडौं । नेपालको संविधान निर्माणको प्रक्रियामा असन्तुष्ट देखिएको भारतको गतिविधिको नेपालभित्र चर्को विरोध भइरहेको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा स्वतःस्फूर्त युवाहरुले भारतविरोधी प्रदर्शन गरे । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सूचना प्रवाह गरेर युवाहरु प्रदर्शनमा निस्केका थिए । बुधबार बिहान भृकुटीमण्डपमा भएको प्रदर्शन कुनै खास संगठन र दलको आव्हानमा भएको थिएन । भारतले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको भन्दै पछिल्ला केही दिनमा फेसबुक र ट्वीटरमा भारतविरोधी ह्यासट्याग भाइरल भएको थियो । बुधबारको प्रदर्शनमा पनि युवाहरुले ‘ब्याक अफ इन्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा लिएर नाराबाजी गरेका थिए । प्रदर्शनमा नेकपा एमाले, एकीकृत माओवादी, नेकपा–माओवादी सम्बद्ध युवा तथापूरा पढ्नुहोस्


पत्रपत्रिका

राजविराजमा मधेसी नेताहरूको बैठक

असोज ६, काठमाडौँ । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक मंगलबार अबेर साँझदेखि राजविराजमा सुरु भएको खबर आजको नयाँपत्रिकाले छापेको छ । मंगलबार दिउँसो नै मोर्चाको बैठक बस्ने जनाइए पनि बन्दका कारण नेताहरू आउन ढिलाइ भएकाले बैठक साँझबाट मात्रै बसेको हो । बैठकमा सहभागी हुन वीरगन्जबाट भारतीय बाटो प्रयोग गरी साँझ राजविराज आइपुगेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सञ्चारकर्मीसित कुराकानी गर्दै राजविराज बैठकको दुईवटा मुख्य एजेन्डा रहेको जानकारी दिए । ‘आन्दोलनलाई निर्णायक बनाउन थप सशक्त कार्यक्रम ल्याउने एउटा एजेन्डा हो,’ अध्यक्ष महतोले भने, ‘अर्को मुख्य एजेन्डा भनेको मधेस आन्दोलनमा सहभागी भएका सबै मधेसवादी दलहरू जो मधेसी–थरुहटको अधिकारका निम्तिपूरा पढ्नुहोस्


पत्रपत्रिका

भारतसँग दिल्लीमा बैठक

असोज ६, काठमाडौँ । दिल्लीमा नेपाली दूतावसका अधिकारी र भारतीय विदेश मन्त्रालयका अधिकारीबीच वार्ता भएको खबर आजको नयाँपत्रिकाले छापेको छ । भारतीय अधिकारीले तराई–मधेसको अशान्तिभन्दा पनि सहमतिमा संविधान निर्माण गर्ने वचन शीर्ष नेताले कार्यान्वयन नगरेकोमा असन्तोष पोखेका छन् । मंगलबार दिउँसो भारतीय विदेश मन्त्रालय (साउथब्लक)मा नेपाली दूतावासका अधिकारीसँगको औपचारिक बैठकमा उनीहरूले तराईको अशान्ति सम्बोधन हुनासाथ नयाँ संविधानमा समर्थन गर्ने जिकिर गरेका छन् । नयाँ संविधान जारी भएपछि दुईपटक विज्ञप्ति निकालेर असन्तोष व्यक्त गरेको भारतको विदेश मन्त्रालयले मंगलबार नेपाली राजदूत दीपकुमार उपाध्यायसहितका अधिकारीसँग विस्तृत छलफल गरेको छ । संविधान जारीपछि नेपाल र भारतबीच औपचारिक तहमा भएको यो पहिलो छलफल हो ।पूरा पढ्नुहोस्


लेखकहरुले वर्तमान लेखनबारे छलफल गरे

प्रगतिशील लेखक संघको विचार गोष्ठी

असोज ६, काठमाडौं । प्रगतिशील लेखक संघको ६३ औँ स्थापना दिवसका अवसरमा उक्त संघले हिजो “प्रगतिशील साहित्य लेखनका चुनौती“ विषयमा एक विचार गोष्ठीको आयोजना गर्यो । कार्यपत्र पेश गर्दै डा. रामप्रसाद ज्ञवालीले आजको प्रगतिशील लेखनको क्षेत्रमा कतिपय स्थानमा देखिने कमजोर अध्ययन प्रवृत्ति, लक्षित जनतासंग लेखकको दूरी, लेखकहरुमा ज्ञानान्तरणको अभाव, अपूर्णता, नकारात्मकता तथा समूहगत संकीर्णता आदि कमजोरीहरु हटाउनु पर्ने र आत्मसमीक्षामा जोड दिनुपर्ने कुरा व्यक्त गर्नु भयो । समालोचक हेमनाथ पौड्याल र डा. जगदीशचन्द्र भन्डारीले उहाँको कार्य पत्रमाथि टप्पणी गर्नु भएको थियो । अर्का टिप्पणीकार साहित्यकार आहुतिले अव प्रगतिशील क्षेत्रले इतिहासमा सामाजिक राजनीतिक विकासको क्रममा वाहुन वा कुनै एक जातिले गरेकापूरा पढ्नुहोस्