Main Menu

Sunday, September 27th, 2015

 

पत्रपत्रिका

भारतद्वारा नाकाबन्दी जारीः आन्दोलनकारीबाट सीमानामा निरन्तर अवरोध

असोज १०, काठमाडौँ । विभिन्न बहाना बनाउँदै अघोषित नाकाबन्दी गरिरहेको भारतले शनिबार जोगबनी नाकाबाट आफ्ना करिब एक सय खाली ट्रक–कन्टेनर लगे पनि जोगबनीमा रोकेर राखेका मालबाहक ट्रक–कन्टेनर र ट्यांकर नेपाल प्रवेशमा रोक लगाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । शनिबार नेपालतर्फ विराटनगर भन्सार कर्मचारी र एजेन्ट अनि भारततर्फ जोगबनी भन्सारका कर्मचारी र एजेन्टहरूको बिहान भएको बैठकमा खाली ट्रक–कन्टेनर पठाएमा जाँचपास भएर पनि रोकिएका ट्रक–कन्टेनर नेपाल पठाउने मौखिक सहमति भएको थियो । सहमतिअनुसार विराटनगर भन्सार यार्डमा जाम भएर बसेका करिब एक सय खाली ट्रक कन्टेनर नेपालबाट जोगबनी पठाइएको थियो । तर, खाली ट्रक–कन्टेनर भारत पुगे पनि जोगबनी भन्सारले जाँचपासपूरा पढ्नुहोस्


वान की मुनको पछिल्लो वक्तव्य जारी

नयाँ संविधानप्रति राष्ट्र संघ सकारात्मक

असोज १०, काठमाडौं । नेपालमा जारी नयाँ संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै भारतले अघोषित नाकाबन्दी गरिरहेको अवस्थामा संयुक्त राष्ट्र संघले भने जारी संविधान शान्ति प्रक्रियाको कोसेढुङ्गा भएको प्रतिक्रिया गरेको छ । शनिवार संयुक्त राष्ट्र संघका महासचिव वान की मुनद्वारा जारी वक्तव्यमा नेपाली जनताको आफ्नो निर्णयको रुपमा नयाँ संविधान आएको भनी त्यसलाई प्रशंसा गरिएको छ । महासचिव वान की मुनका प्रवक्ताद्वारा जारी पे्रस नोटमा नेपालको संविधान र शान्ति प्रक्रियाप्रति उनी सदैव प्रतिवद्ध रहेको उल्लेख गरिएको छ । उक्त प्रेस नोटमा नेपालको शान्ति प्रक्रियाको लामो संक्रमण काललाई अन्त्य गरी नयाँ संविधान जारी भएको जनाइएको छ । साथै वक्तव्यमा महासचिव मुनले लोकतान्त्रिक, शान्तिपूर्ण रपूरा पढ्नुहोस्