Main Menu

Sunday, September 13th, 2015

 

‘नयाँ संविधानले अधिकार दिन्छ, दायित्व लिन्न’

सुरसाझैँ आउँदैछ शिक्षामा निजीकरण : डा. कोइराला

अहिले नयाँ संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगिरहेको नेताहरुले बताइरहेका छन् । आफ्नो विषय क्षेत्रका हिसाबले मैले शिक्षा क्षेत्रमा संविधानले उल्लेख्य र नयाँ व्यवस्था केही गरेको देख्दिनँ । सबैलाई शिक्षाको अधिकार छ भनेर मौलिक हकमा लेखिएको छ । लेख्नु सामन्यतः प्रगतिशील विचार हो, तर अधिकार लेखिदिएर मात्रै हुँदैन । त्यसको दायित्व वहन कसले गर्ने र कसरी गर्ने भन्ने पनि लेखिनुपथ्र्यो । सबै उमेर समूहलाई  हो या स्कुल जाने उमेर समूहलाई मात्रै अनिवार्य शिक्षा हो भन्ने कतै उल्लेख छैन । यसको ग्यारेन्टी कसले गर्ने भन्ने पनि लेखिएको छैन । जनतालाई शिक्षा पाउने अधिकार हुन्छ भनेर मात्रै हुँदैन । शिक्षा दिने दायित्वपूरा पढ्नुहोस्


एमाओवादी सभासदसँग झर्किए गृहमन्त्री

भदौ २७, काठमाडौं । मधेसमा भइरहेको दमन रोक्न आग्रह गर्न गएका एकीकृत माओवादीका सभासदहरुलाई गृहमन्त्री वामदेव गौतमले नकारात्मक जवाफ दिएका छन् । उनले मधेसमा परिचालन गरिएको सुरक्षाकर्मीलाई पछि हटाउन नसकिने बताएको एमाओवादी सभासद निशा साहले मूल्याङ्कन अनलाइनलाई बताइन् । आइतबार बिहान एमाओवादीका मधेसी र थारु सभासदहरुले मधेसमा भइरहेको आन्दोलनमाथि सरकारी दमन रोक्न आग्रह गरेका थिए । ‘हामीले मधेसमा भइरहेको प्रशासनिक दमन रोक्न गृहमन्त्रीलाई अनुरोध गरेका थियौँ,’ सभासद साहले भनिन्, ‘तर, उहाँ उल्टै हामीसँग रिसाउनुभयो । केहीबेर भनाभनजस्तो पनि भयो ।’ एकीकृत माओवादीका सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलको नेतृत्वमा सभासदहरुको टोली गृहमन्त्रीलाई भेट्न गएको थियो । शनिबार बिहानै एमाओवादी सभासदहरुकोपूरा पढ्नुहोस्


पनेटालाई युएस ओपनको उपाधिः सन्यासको घोषणा

भदौ २७, काठमाडौँ । आफ्नै देश इटालीकी रोबर्टा भिन्सीलाई आइतबार बिहान भएको फाइनलमा पराजित गरी फ्लाभिया पनेटाले यस वर्षको युएस ओपनको उपाधि जितेकी छिन् । त्यसलगत्तै कोर्टमै उनले व्यावसायिक टेनिसबाट सन्यास लिएको घोषणा पनि गरिन् । २६ वरियताप्राप्त पनेटाले भिन्सीलाई ७–६(७–४) ६–२ को सोझो सेटमा पराजित गरी कुनै पनि ग्रान्ड स्लामको उपाधि जित्ने दोस्रो इटालियन महिला खेलाडी बनेकी छिन् । खेलपछिको समारोहमा पनेटाले आफ्नो सन्यास घोषणा गर्दै भनिन्, ‘मेरो जीवनको एक ठूलो निर्णय लिँदैछु म । यही तरिकाले म टेनिसबाट विदा हुन चाहन्छु ।’ सन्यासको घोषणा गरे पनि यो सिजनमा बाँकी रहेका प्रतियोगिताहरु भने खेल्ने पनेटाले बताइन् । ‘एक महिनाअगाडिपूरा पढ्नुहोस्


अनौपचारिका वार्तामै दुई दिन बित्यो

संविधानसभाको प्रक्रिया अझै लम्बिने संकेत

भदौ २७, काठमाडौं । सरकार र आन्दोलनरत पक्षबीच औपचारिक वार्ता सुरु हुन नसके पनि विभिन्न नेताहरु वार्ताका लागि सक्रिय देखिएका छन् । शुक्रबार प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले सहमतिका लागि भन्दै दुई दिन संविधानसभाको प्रक्रिया रोक्ने निर्णय गरेपछि वार्ताको वातावरण बनेको थियो । शनिबार बिहान एमाओवादी नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असन्तुष्ट नेताहरुसँग छुट्टाछुट्टै कुराकानी गरेका छन् । डा. भट्टराईले आफ्नो फेसबुक र ट्वीटर पेजमार्फत् वार्ताका लागि २÷४ दिन ढिलोछिटोले कुनै आकाश नखस्ने भन्दै संवादबाटै समाधान खोज्न आग्रह गरेका छन् । शुक्रबार साँझदेखि नै पार्टीहरुबीच अनौपचारिक संवाद सुरु भएको तर सकारात्मक निष्कर्षमा पुग्नपूरा पढ्नुहोस्