Main Menu

Tuesday, September 15th, 2015

 

काठमाडौं बनाउन मधेसको योगदान छ – प्रचण्ड

भदौ २९, काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आइतवार संविधानसभाको बैठकलाई सम्वोधन गर्दै मधेसमा भइरहेको आन्दोलनमा कतैकतै काठमाडौंबाट छुट्टिनेआवाज सुनिएको सन्दर्भ झिकी त्यस्तो चाहना मधेसीलाई नै घाटा हुने बताए । उनले काठमाडौंको निर्माणको लागि मधेसको धेरै खुन पसिना बगेको स्मरण गराउँदै मधेसले काठमाडौंमा आफ्नो हिस्सा माग गर्ने आन्दोलनको एजेन्डा हुनुपर्ने बताए । अध्यक्ष प्रचण्डको उक्त सम्वोधन आलोचनात्मक र सर्वाङ्गिन रहेको भनी वौद्धिकहरुबीच चर्चाको विषय बनेको छ । सो सम्वोधनलाई संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिन्छ ।  हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्ततापूरा पढ्नुहोस्


वाम पार्टी सिरिजाको अग्नी परीक्षा

ग्रीसमा पुनः मध्यावधि निर्वाचन

भदौ २९, काठमाडौं । गत जनवरीको निर्वाचनबाट सत्तामा आएको वामपन्थी पार्टी सिरिजाको सरकारले राजीनामा दिएपछि ग्रीसमा पुनः मध्यावधि चुनाव आगामी असोज ३ गते हुँदैछ । सिरिजाका नेता प्रधानमन्त्री अलेक्सिस सिप्रासले गत भदौ ३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । धरासायी हुँदै गरेको ग्रीक अर्थतन्त्रलाई जोगाउन आवश्यक आर्थिक सहायता प्राप्त गर्नका लागि उनले युरोपेली युनियनका सर्तहरु मानेपछि उनको पार्टी फुट्न पुग्यो । हाल ग्रीसमा स्वतन्त्र राजनीतिज्ञ भास्सिलिकि थानोउको चुनावी सरकार छ । पच्चीसजना सांसद लिएर पूर्व ऊर्जामन्त्री पानाजियोटिस लाफाजानिसले पार्टी फुटाएपछि संसदमा सिरिजा पार्टीको सांसद सङ्ख्या १ सय २३ मा सीमित हुन पुगेको छ । ३ सय सदस्यको ग्रीक संसदमापूरा पढ्नुहोस्


पत्रपत्रिका

नयाँ संविधान असोज ३ मा

२९ भदौ,  काठमाडौं । देशले ३ असोजमा नयाँ संविधान पाउने भएको छ । २००७ सालमा उठेको संविधानसभाबाट संविधान निर्माण गर्ने चाहना ६५ वर्षपछि पूरा हुन लागेको समाचार आजको नयाँ पत्रिकाले छापेको छ । सभामुख सुवास नेम्वाङले भदौ मसान्तभित्रै संविधानसभाले काम सके पनि विशेष औपचारिक समारोहको तयारी गर्नुपर्ने भएकाले ३ असोजका लागि संविधान जारी गर्ने मिति तय भएको जानकारी दिए । संविधान विधेयकका संशोधन प्रस्ताव र धाराहरू पारित गर्नेदेखि सभामुखले प्रमाणित गर्नेसम्मका काम भदौ मसान्तभित्रै सकिनेछन् । ‘असोज ३ गते संविधानसभाको अन्तिम बैठक बसी सोही औपचारिक बैठकलाई विशेष औपचारिक समारोह बनाएर राष्ट्रपतिबाट संविधान जारी हुन्छ,’ सभामुख नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘यसपूरा पढ्नुहोस्


युरोपेली जनताको प्रशंसनीय मानवतावाद प्रदर्शन

शरणार्थीहरूको पक्षमा युरोपभरि प्रदर्शन

भदौ २९, काठमाडौं । युरोपका विभिन्न सहरहरूमा शरणार्थीहरूका पक्षमा जन प्रदर्शन भएका छन् । अधिकांश युरोपेली मुलुकले शरणार्थी रोक्न भन्दै सीमामा सुरक्षा फौज तैनाथ गरिरहेका बेलामा बेलायत, अस्ट्रिया, फ्रान्स, स्पेन, स्वीडेन, डेनमार्क, नेरल्यान्ड र पोर्चुगलमा दशौँ हजारले प्रदर्शन गरेका हुन् । शुक्रबार र शनिबार मात्रै अस्ट्रेलियामा हजारौँको संख्यामा प्रदर्शन भएको अनलाइन समाचार संस्थाहरूले जनाएका छन् । समाचार तथा विश्लेषणको अनलाइन पोर्टल डब्लुएसडब्लुएसका अनुसार लण्डन सहरमा मात्रै एक लाखभन्दा बढी जनता शरणार्थीका पक्षमा सडकमा आएका थिए । त्यस्तै प्रदर्शन ब्रिस्टोल, न्युक्यास्टल, मेनचेस्टर, ब्राइटन, बेल्फास्ट, एडिनवर्ग, ग्लास्गो र कार्डिफ सहरमा पनि भएको थियो । डेनमार्कको राजधानी कोपनहेगनमा तीस हजार जनताले मार्चपास गरेकापूरा पढ्नुहोस्