Main Menu

Thursday, September 17th, 2015

 

राजा त्रिभुवनले भनेको तर कहिल्यै नदिएको संविधानसभा

संविधानसभाबाट नयाँ संविधान ! उल्लास र समर्थन अनि उदासिनता, विरोध र शोकको क्षण

  काठमाडौं, भाद्र ३१ । २००७ सालमा प्रजातन्त्र स्थापनाको सार्वजनिक संवोधनका क्रममा तात्कालीन राजा त्रिभुवनले संविधानसभा स्थापना गरी संविधान निर्माण गर्ने वचन दिएका थिए । उनले त्यस क्रममा गणतन्त्रको कुरा पनि गरेका थिए । गणतन्त्र त राजाहरुले किन दिन्थे र ? संविधानसभाको निर्वाचनको मागसमेत कहिल्यै पूरा गरेनन् । २०१४ सालसम्मको संघर्षलाई राजा महेन्द्रले जालपूर्वक २०१५ मा संसदीय चुनावमा बदले र २ वर्षपछि निर्वाचित प्रधानमन्त्री विपि कोइरालालाई र सवै लोकतन्त्रवादीहरुलाई थुने । पंचायती निरंकुशतन्त्र, त्यसपछिको अस्थिरतायुक्त संसदीय प्रजातन्त्र लगायतका सीमाहरुलाई चिर्दै जनयुद्ध र जनआन्दोलन-२ को बलमा स्थापित संविधानसभाले पहिलो कार्यकालको असफलतापछि दोस्रो कार्यकालमा भाद्र ३० गते नेपालको इतिहासमा पहिलोपटक नयाँ संविधानपूरा पढ्नुहोस्


मधेसी मोर्चाले वार्ताको ढोका खुलै राख्ने

local-elections-morcha

भदौ ३१, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ताको ढोका खुलै राखेर आन्दोलनलाई पनि निरन्तरता दिने भएको छ । मोर्चाले नयाँ संविधान जारी हुने दिनलाई ‘कालो दिन’का रुपमा मौन जुलुस प्रदर्शन गरी विरोध जनाउने निर्णय गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी मोर्चाले नयाँ संविधानप्रति असहमत र संविधान निर्माणको प्रक्रियाबाट बाहिर रहेका परिवर्तनकारी शीक्तसँग सहकार्य गर्ने निर्णय भएको सार्वजनिक गरेको हो । मोर्चाले मधेसका विभिन्न ठाउँमा भएका आन्दोलनमा मारिने व्यक्तिहरुप्रति श्रद्धान्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ । असोज ४ गते जिल्ला सदरमुकामहरुमा संविधान जलाउने पनि मोर्चाले कार्यक्रम राखेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकार वार्ताद्वारा समस्यापूरा पढ्नुहोस्


युरोपेली मुलुकहरूद्वारा सीमा क्षेत्रमा अवरोध

हंगेरीमा शरणार्थीमाथि प्रहरी दमन

भदौ ३१, काठमाडौं । युरोप प्रवेश गर्न खोजिरहेका सयौँ शरणार्थीहरूमाथि हंगेरियाली प्रहरीले निर्मम दमन गरेको छ । हंगेरीको सीमानामा पुगेका शरणार्थीहरूलाई प्रहरीले बुधबार अश्रुग्याँस र पानीको कडा फोहरा हानेको समाचारहरूमा जनाइएको छ । शरणार्थीहरूको भिडबाट पानीको बोतल प्रहार भएपछि प्रहरीले दमन गरेको बताइएको छ । अश्रुग्याँस र पानीको फोहराबाट चुटिएपछि शरणार्थीहरूले प्रहरीमाथि ढुंगा प्रहार गर्दा २० जना प्रहरी अधिकारी घाइते भएका छन् । शरणार्थीहरूले काँडे तारद्वारा घेरिएको हंगेरीको सीमा पार गर्न लाग्दा उक्त झडप भएको हो । उक्त सीमानामा चार मिटर अग्लो काँडेतार लगाइएको थियो । हंगेरीले शरणार्थीलाई रोक्न सोमबारदेखि नै सीमा क्षेत्र पूर्ण रुपमा बन्द गरेको थियो । बिबिसीकापूरा पढ्नुहोस्


पत्रपत्रिका

मधेस आन्दोलन : विराटनगरमा वृहद् प्रदर्शन

भदाै ३१, काठमाडाैं । मधेसी दलका तीन मोर्चाले बुधबार विराटनगरमा छुट्टाछुट्टै प्रदर्शन गरेकाे समाचार अाजको नयाँ पत्रिका  दैनिकले छापेको  छ । संघीय फोरम, सद्भावना, तमलोपा र मधेस समाजवादी दलको संयुक्त मधेसी मोर्चाले लाठी जुलुस प्रदर्शन गरेको छ । फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको संयुक्त समावेशी मोर्चाले पनि छुट्टै प्रदर्शन गरेको छ । दुवै मोर्चाले झापा, मोरङ र सुनसरीलाई मधेसबाट अलग गराउन नपाउने माग गरेका छन् । तर, विराट क्षेत्रीय राजवंशी उत्थान समितिले भने फरक मागसहित प्रदर्शन गरेको छ । उसले झापा, मोरङ र सुनसरीलाई विराट क्षेत्रीय राजवंशी राज्य बनाइनुपर्ने माग गरेको छ । सो प्रदेशको राजधानी विराटनगर बनाउन पनि उसले मागपूरा पढ्नुहोस्


पोष्टबहादुर बोगटी स्मृति सभा

क. वोगटी बैचारिक रुपमा निष्ठावान नेता थिए – प्रचण्ड

भदौ ३१, काठमाडौ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमाओवादी नेता बितेका पोष्ट बहादुर वोगटी बैचारिक रुपमा निष्ठावान, क्षमतावान र पारदर्शी नेता रहेको बताएका छन् । गत २०७१ भदौ ३० मा बितेका नेता वोगटीको प्रथम वार्षिक स्मृतिलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । बुधवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न उक्त स्मृति सभामा प्रचण्डले पार्टीको पहलमा ‘पोष्ट बादुर वोगटी स्मृति प्रतिष्ठान’ दर्ता गर्ने पनि जानकारी दिए । स्मृति सभालाई सम्वोधन गर्ने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुन लागेको र यसले माओवादीको मिसन (ध्येय) पूरा गर्ने बताए । उनले अरुका लागिपूरा पढ्नुहोस्


सुनामी आउने चेतावनी

चिलीमा ८.३ म्याग्नीच्युडको महाभूकम्प

भदौ ३१, काठमाडौं । दक्षिण अमेरिकी देश चिलीमा आज विहीवार बिहान ४.३० बजे (स्थानीय समय अनुसार बुधवार साँझ ७.४५ बजे) ८.३ म्याग्निच्युडको महाभूकम्प गएको खबर theguardian.com ले जनाएको छ । महाभूकम्पले राजधानी शहर सान्टियागोका भवनहरुलाई पूरै घुमाएको छ र हजारौं शहरवासीहरु घरबाट बाहिर निस्की सडकमा आश्रय लिन आएका छन् । सुरुमा अमेरिकी भूगर्भ बिभागले सो भूकम्प ७.९ म्याग्निच्युडको रहेको बताए पनि त्यसलाई तुरुन्तै सच्च्याएर ८.३ म्याग्निच्युडको महाभूकम्प भएको जनाएको हो । सो बिभागका अनुसार भूकम्पको केन्द्र बिन्दु राजधानी सान्टियागोको २२८ किलोमिटर टाढा उत्तर–उत्तरपश्चिममा प्रशान्त महासागरको अपतटवर्तीमा पर्दछ । अमेरिकी भूगर्भविद्हरुले भूकम्पको उद्गम बिन्दु जमिनबाट केवल ५ किलोमिटर तल रहेको छ ।पूरा पढ्नुहोस्