Main Menu

Tuesday, September 1st, 2015

 

वीरगञ्जमा फेरि एक आन्दोलनकारीको हत्या

मधेस आन्दोलन नरोकिने छाँट, सरकार अझै उदासीन

भदौ १५, काठमाडौं । मधेसका विभिन्न जिल्लामा भइरहेको प्रदर्शन रोकिने कुनै संकेत देखिएको छैन । मंगलबार वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीको गोलीबाट एकजना आन्दोलनकारीको ज्यान गएको छ । वीरगञ्जको राधेमाइ चोकमा प्रहरीले गोली चलाउँदा स्थानीय धर्मराज सिंहको ज्यान गएको बताइएको छ । सिंहको टाउकोमा गोली लागेको थियो । अर्का एकजना आन्दोलनकारी पनि गोली लागेर घाइते भएका छन् । वीरगञ्जमै सोमबार पनि पर्सा मनियारीका दिलिप चौरसियाको मृत्यु भएको थियो । गोली लागेर घाइते भएका देवराज सिंहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । देवराजको घाँटीमा गोली लागेको छ । पूर्वदेखि पश्चिम मधेससम्म संविधान निर्माण र संघीय प्रदेश विभाजनको विषयमा विरोध जनाउँदै केहीपूरा पढ्नुहोस्


पूर्वी नेपाल १७ दिनदेखि दोहोरो आन्दोलनमा

भदौ १५, काठमाडौं । पूर्वी नेपालको पहाड र तराई दुवैतिर दुई साताभन्दा बढी समयदेखि आन्दोलन चलिरहेको छ । पहाडी क्षेत्रमा लिम्बुवान लगायतका संगठन र तराईमा मधेसकेन्द्री दलहरूको आयोजनामा १७ दिनदेखि बन्द/हड्ताल भइरहेको हो । संविधान निर्माण र प्रस्तावित संघीय प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै उत्पीडित समुदाय र दलहरूले आन्दोलन गर्दै आएका हुन् । पहाडी जिल्लासहित झापा, मोरङ र सुनसरीमा लिम्बुवानले बन्द आयोजना गरेको हो भने तराई क्षेत्रमा संयुक्त मधेसी मोर्चाले समेत बन्द गर्दै आएको छ । बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको बताइएको छ । नयाँ संविधानको खाका आएपछि त्यसमा असन्तुष्टि जनाउँदै लिम्बुवान परिषद्ले साउन २२ देखि नै बन्द/हड्ताल सुरु गरेकोपूरा पढ्नुहोस्


तराई–मधेशको आन्दोलनलाई बदनाम गर्न खोजिँदैछ

राजनाथ र ‘इन्डिया टुडे’ को भनाइ तराई–मधेशविरोधी

भदौ १५, काठमाडौं । भारतका संघीय गृहमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीका नेता राजनाथ सिंहले नेपालमा रहेका ‘भारतीय’हरुको भारतले संरक्षण गर्नुपर्ने विवास्पद बिचार दिई तराई–मधेशको आन्दोलनलाई बदनाम गर्न खोजेका छन् । आइतवार भारतीय सीमा सशस्त्र बलको टुकडीको निरीक्षण तथा प्रस्तावित नयाँ भवनको शिलान्यासका लागि सीमा शहर महाराजगञ्जमा आएका उनले मधेशी समस्या नेपालको आन्तरिक मामिला भए पनि नेपालमा बसेका एक करोड भारतीयहरुको स्वार्थको रक्षा भारतीय सरकारले गर्ने विवादास्पद अभिव्यक्ति दिएको कुरा ‘इन्डिया टुडे’ अंग्रेजी पत्रिकाले समाचारमा छापेको छ । यसै क्रममा ‘इन्डिया टुडे’ अंग्रेजी पत्रिकाले मधेशीहरु भारतीय भएको र वर्षौं पहिले नेपालमा बसाईं सरेको जनाएको छ । र, उसले धेरै मधेशीहरुलेपूरा पढ्नुहोस्