Main Menu

October, 2015

 

नक्कली हावा – मातृका पोखरेलको कविता

नक्कली हावाले किन पठाइरहेको छ आँधी आउने हल्ला र बगाइरहेको छ तातो हावा। कस्तै गर्मीमा पनि छालाले स्पर्श गर्दैन चिसो बतासको स्वाद नाकका पोराहरूमा कुनै सुगन्ध आउदैन माटोको यो तातो हावामा मच्छरहरू हराउन जरुरी थिएन  हराएन पनि,  बच्चाहरुको शरिरमा घमौरा  हराउन जरुरी थिएन  हराएन पनि, खेतबारीमा काम गरिरहेका मानिसहरुको  पसिना ओवाउन जरुरी थिएन  ओवाएन पनि,  कसले कहाँबाट र किन पठाइरहेछ  यो नक्कली तातो हावा  हिजो आज सबै चौतारोहरुमा  चिया पसलहरुमा  निधार खुम्च्याएर   यही कुरा सोचिरहेका छन् मानिसहरू ।  हावा त आखिर सल्लाघारी छिचोलेरै आएको थियो ठुलठुला अक्करहरु नाघेरै आएको थियो हिमालका चिसा भन्ज्यांगहरु छिचोलेरै आएको थियो उ आउने सूचना ठुलै हल्लापूरा पढ्नुहोस्


इन्धन अभाव विस्तारै कम हुने संकेत

भारतबाट बढी तेल भित्रिन थाल्यो

  कार्तिक १४, काठमाडौं । चीनबाट अनुदानमा तेल आउने प्रक्रिया सुरु भए सँगसँगै भारतले तेल बोकेका ट्यांकरहरु यसअघिभन्दा बढी सङ्ख्यामा पठाउन थालेको छ । शुक्रवार रक्सौलबाहेकका बिभिन्न नाकाहरु भई भारतबाट २ सय ३७ वटा पेट्रोलियम पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिए । त्यसरी नेपाल भित्रिनेमा पेट्रोलियम ट्यांकर तथा ग्याँस बुलेट दुबै परेका छन् । नेपाल भित्रिने पेट्रोल ट्यांकरहरु २ सयभन्दा बढी सङ्ख्यामा रहेको बताइन्छ । स्मरणीय के छ भने शुक्रवार नै नेपाल आयल निगमले चीनले अनुदानमा प्रदान गर्ने पेट्रोल लिनका लािग १२ वटा ट्यांकरहरु केरुङ पठाएको थियो । विराटनगरको रानी भन्सार कार्यालयले जानकारी गराए अनुसार शुक्रवार जोगवनी नाकाबाट ९३ वटा डिजेल,पूरा पढ्नुहोस्


रोमानियामा ठूलो विस्फोटन

छब्बीस मरे, कैयौं घाइते

कार्तिक १४, काठमाडौं । पूर्वी युरोपेली देश रोमानियाको राजधानी बुखारेस्टको एक नाइट क्लबमा गए राती अवेर विस्फोटन हुँदा २६ जनाले ज्यान गुमाएको रेयुटर्स अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । सो एजेन्सीले सरकारी अधिकारीहरुको हवाला दिँदै भनेको छ विस्फोटनपछि भागदौड मच्चिँदा अन्य दर्जनौं मानिसहरु घाइते हुन पुगेका छन् । शुक्रवार राती अवेर विस्फोटन हुँदा नाइट क्लवभित्र झण्डै ४ सयजना मानिसहरुको सहभागितामा एउटा साँगितिक कार्यक्रम हुँदै थियो । अचानक भवनको एक खम्वामा आगो लागी विस्फोटन भयो र त्यो आगो छतसम्म फैलिएर पूरै भवनमा दन्दनी आगो सल्किएको कुरा बुखारेस्ट प्रहरीले जनाएको छ । दशकौंपछि भएको डरलाग्दो विस्फोटनको रुपमा लिइएको सो विस्फोटनमा परी मर्नेहरुकोपूरा पढ्नुहोस्


युवाको जनसंख्या बढाउने नीति

चीनले हटाउने भो- एक दम्पत्ति एक सन्तति

कात्तिक १३, काठमाडौं । संसारको सबैभन्दा बढी जनसंख्या भएको देश चीनले अब एक सन्तानको नीति अन्त्य गर्ने भएको छ । यसअघि चीनमा ‘एक दम्पत्ति, एक सन्तति’ नीति लागू गरिएको थियो । माओ त्से तुङपछिका नेता देङ स्याओ पिङले चीनमा जनसंख्या व्यवस्थित गर्न एक सन्ततिको नीति व्यवहारमा ल्याएका थिए । चिनियाँ अभिभावकहरूले कानुनअनुसार एउटा बच्चा मात्रै जन्माउन पाउँथे । दोस्रो बच्चा जन्माउनेले सरकारलाई सजाय र जरिवाना गरिन्थ्यो । चीनमा बूढाबूढीको संख्या अत्यधिक हुँदै गएपछि सरकारले पुरानो नीतिमा फेरबदल गर्न लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीलाई उधृत गर्दै चाइना डेलीले बिहीबार लेखेको छ, ‘तीन दशक पुरानो नीतिबाट अब चीन अघि बढ्दैछ ।’पूरा पढ्नुहोस्


प्रधानमन्त्रीद्वारा निवर्तमान राष्ट्रपतिलाई बुद्धमूर्ति उपहार

प्रथम राष्ट्रपतिको औपचारिक बिदाइ

कात्तिक १३, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई बिहीबार औपचारिक बिदाइ गरिएको छ । सरकारको आयोजनामा प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरुद्वारा उपहार प्रदान गरी बिदाइ गरिएको थियो । राष्ट्रपति भवन शितल निवासमा भएको विशेष समारोहमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको मूर्ति उपहार दिएर डा. यादवलाई बिदाइ गरेका थिए । समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पनि डा. यादवलाई फूलको गुच्छा दिएर बिदा गरेकी थिइन् । उपराष्ट्रपति परमानन्द झा, प्रधानन्याधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, प्रधान सेनापति राजेन्द्रकुमार क्षेत्री, राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले पनि निवर्तमान राष्ट्रपतिलाई उपहार प्रदान गरी बिदा गरेका थिए । डा. यादवलाई बिदा गर्नपूरा पढ्नुहोस्


असहिष्णु नीतिविरुद्ध साहित्यकार, कलाकार र वैज्ञानिक

भारतमा सरकारी सम्मान फिर्ता गर्ने लहर

कात्तिक १२, काठमाडौं । भारतमा सरकारको दमनकारी नीतिविरुद्ध बौद्धिक जगत आन्दोलित भएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले हिन्दू अतिवादी बाटो लिएको र वैचारिक असहिष्णुता देखाएको भन्दै झण्डै ४ सय कलाकारहरूले संयुक्त वक्तव्य जारी गर्दै विरोध जनाएका हुन् । विरोध गर्नेहरूमा ख्यातीप्राप्त चित्रकार, क्युरेटर, ग्यालरी सञ्चालक छन् । पद्म भुषण पदक विजेता केजी सुब्रमन्यम, लण्डन बस्ने अनिष कपुर, समकालीन कलाकार सुबोध गुप्ता लगायतले विरोध जनाएका हुन् । उनीहरूले ‘बढ्दो असहष्णिुता’प्रति असहमति जनाएका छन् । यसैबीच ख्यातीप्राप्त वैज्ञानिक पिएम भार्गवले सरकारद्वारा दिइएको पद्म भुषण सम्मान फिर्ता गरेका छन् । वैज्ञानिक भार्गवले सम्मान फिर्ता गरेको घोषणा गर्दै सञ्चारमाध्यमहरूलाई भनेका छन्, ‘अहिलेकै जस्तोपूरा पढ्नुहोस्


शनिबारसम्म तेल भित्र्याउने तयारी

नेपाल–चीन तेल आयात समझदारी

कात्तिक १२, काठमाडौं । नेपाल र चीनबीच पेट्रोलियम पदार्थ आयात गर्ने व्यवसायिक समझदारीमा बुधबार हस्ताक्षर भएपछि उत्तरी छिमेकी मुलुकबाट इन्धन आउने पक्का भएको छ । बेइजिङमा चीन र नेपालका अधिकारीहरुबीच दुई पक्षीय समझदारीपत्र अर्थात् एमओयुमा हस्ताक्षर भएको थियो । एक महिनादेखि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धनको गम्भीर संकट उत्पन्न भएपछि नेपालले उत्तरी छिमेकीसँग व्यवसायिक समझदारीका लागि प्रयास थालेको थियो । नयाँ सरकार गठन भएलगत्तै आपूर्ति मन्त्री गणेशमान पुन, चीनका लागि नेपाली राजदूत डा. महेश मास्के लगायतको टिमले चीनसँग समझदारी गर्न गृहकार्य गरेको थियो । ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्यालले सञ्चारमाध्यमहरुलाई जनाएअनुसार शनिबारसम्म चीनले पेट्रोलियम पदार्थ पठाउने तयारीपूरा पढ्नुहोस्


नयाँ सरकारलाई झलक सुवेदीका सुझाव

सरकारलाई नमागेको सल्लाह

सरकारको नेतृत्व एमालेको हातमा गएको छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनी संसदीय दलको नेता रहेको एमालेका मन्त्रीहरू यसअघिको सरकारमा पनि प्रभावकारी मन्त्रालयको नेतृत्व गर्दै सामेल थिए । त्यसैले सरकार पूरै फेरिएको नभई नेतृत्व मात्र फेरिएको हो भन्दा फरक पर्दैन । अहिलेसम्म पनि सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक नगरेकाले यसले के–कस्ता नीति लिएको छ भनेर समीक्षा गर्न पाइएको छैन । तर, देश जुन रफ्तारमा संकटमा फस्दै र दुई ठूला छिमेकीको चेपुवामा पर्दै गएको छ, त्यसलाई हेर्दा यो सरकारलाई बिस्तारै लेथ्रो पाइला चाल्ने अवसर छैन । अहिलेको सरकारले तत्काल परिणाममुखी ढंगले कामहरू गरेन र साधारण मानिसको जीवनमापूरा पढ्नुहोस्


राष्ट्रपति निर्वाचन सम्पन्न

विद्या बनिन् पहिलो महिला राष्ट्रपति

कार्तिक ११, काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी सफल भएकी छन् । बुधवार संसदमा राष्ट्रपतिका लागि भएको मतदानमा उनले कुल खसेको ५४९ मतमध्ये ३२७ मत प्राप्त गरी बिजयी हासिल गरेकी हुन् । राष्ट्रपतिका लागि चुनावी मैदानमा उम्मेदवारको रुपमा दुईजना मात्र खडा थिए, जसमा सत्ता गठबन्धनको तर्फबाट एमाले नेतृ विद्यादेवी भण्डारी थिइन् भने विपक्षीको तर्फबाट नेपाली कांग्रेसका पूर्वमहासचिव कुलबहादुर गुरुङ । मत परिणाममा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले २१४ मत पाएका थिए । कुल खसेको मतमध्ये ८ मत बदर भएको थियो । हाल संसदमा कुल ५९७ सांसदहरु रहेका छन् । त्यस अनुसार कम्तीमापूरा पढ्नुहोस्


समन्वय समितिले बनायो १५ बुँदे मार्गनिर्देशिका

माओवादी मन्त्रीहरूका लागि आचारसंहिता

कात्तिक १०, काठमाडौं । सरकारमा सहभागी दोस्रो ठूलो घटक एकीकृत माओवादीले आफ्ना मन्त्रीहरूका लागि आचारसंहिता र मार्गनिर्देशिका तयार पारेको छ । एमाओवादीद्वारा गठित सरकार सञ्चालन सहयोग तथा समन्वय समितिले मंगलबार पत्रकार सम्मेलन गरी आचारसंहिता र मार्गनिर्देशिका सार्वजनिक गरेको हो । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सरकारमा सहभागी उपप्रधानमन्त्री र मन्त्रीहरू समेतको उपस्थितिमा समितिले २३ बुँदे आचारसंहिता र १५ बुँदे मार्गनिर्देशिका सार्वजनिक गरेको हो । एमाओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको लागि निर्धारित आचारसंहितामा मन्त्री भएको र पदमुक्त भएको १० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने, स्वकीय सचिव र निजी सचिवमा नातेदारलाई नियुक्त नगर्ने, परिवारका सदस्यबाट सरकारी काममा दखल पुर्याउन नदिने लगायतका बुँदाहरू समावेशपूरा पढ्नुहोस्