Main Menu

Saturday, October 10th, 2015

 

टर्कीको वामपन्थी जुलुसमा आतंककारी हमला

अङ्कारा बम हमलामा ८६ को मृत्यु

असोज २४, काठमाडौं । टर्कीको राजधानी अङ्कारामा शनिवार बिहान दुई सेकेण्डको बीचमा दुई शक्तिशाली बम बिस्फोटनमा ८६ जनाको मृत्यु भएको छ भने १ सय ८६ भन्दा बढी गम्भीर घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार रेलवे स्टेसन नजिक गरिएको उक्त बम हमला सरकार र कुर्दिस बिद्रोहीहरुबीच वर्षौंदेखि चलिरहेको युद्धको विरोधमा टर्कीका वामपन्थीहरुले गरेको जुलुसमाथि गरिएको थियो । टर्कीको इतिहासमै ठूलो मानिएको यस बम हमला आत्मघाती भएको तर अहिलेसम्म त्यसको जिम्मेवारी कसैले लिइनसकेको समाचारहरुमा जनाइएको छ । टर्की सरकारले बम विस्फोटनलाई आतङ्ककारी हमला भनेको छ र उसले त्यस हमलालाई भत्सर्ना गरेको छ । बम हमला लगतै टर्किस प्रधानमन्त्री अहमेट दाभुटोग्लुलेपूरा पढ्नुहोस्


प्रसिद्ध नाटककार तथा कवि बर्तोल्त ब्रेख्तको अन्तर्वार्ता

म अस्थिर र अव्यवस्थित मान्छे होइन : ब्रेख्त

ब्रतोल्त ब्रेख्त (१८९८–१९५६) प्रसिद्ध जर्मन नाटककार, निर्देशक तथा कवि हुन् । नाटकका क्षेत्रमा उनी एपिक थिएटरका एकजना प्रर्वतक मानिन्छन् ।  प्रविधिमा पनि नवीन शैलीका पक्षपाती जनपक्षीय नाटककार तथा कवि ब्रेख्तसँग बर्नार्ड गुलेमिनले लिएको अन्तर्वार्ताको नेपाली अनुवाद प्रस्तुत छ : मैले तपाईंलाई कवि र नाटककारका रूपमा आदर गरें भने के म गलत हुन्छु ? ब्रेख्त : मेरा कविताको बढी नै निजी चरित्र छ । ती बेन्जो वा पियानोका लागि निर्दिष्ट गरिएका छन् र तिनले अनुकरणात्मक निकासको माग गर्दछन् । अर्कातिर मेरा नाटकले मेरा निजी अनुभूतिलाई प्रतिविम्बन गर्दैनन्, संसारको अनुभूतिलाई प्रतिविम्बन गर्दछन् । अर्काे शब्दमा, कार्यव्यापारप्रति भौतिक दृष्टिकोण हुन्छ भने सामान्य काव्यगतपूरा पढ्नुहोस्


हो चि मिन्हद्वारा प्रतिरोध युद्धको आह्वान

सार्बभौमिकता र स्वतन्त्रताको लागि एकताबद्ध भएर लड्यो भने कुनै पनि देश जति सानो र कमजोर  भए पनि बिजय प्राप्त गर्न सकिन्छ भन्ने विश्व इतिहासको एउटा नमूना देश हो – भियतनाम । इतिहासमा अमेरिका र फ्रान्सजस्ता विश्वलाई कजाउने देशहरुलाई समेत पराजयको नमिठो स्वाद चखाउन सफल भएर देशको स्वतन्त्रता र स्वाधिनताको झण्डा उँचो राख्न सफल भएको देश हो, भियतनाम । इतिहासमा संरचनागत कारक तत्वको अगाडि ब्यक्तिको भूमिका कति होला, बहसकै विषय छ । तर, हो ची मिन्ह, एउटा इतिहासको नाम हो । भिएतनामी मुक्ति इतिहासको नाम । भियतनामी मुक्ति योद्धाको नाम जसको नेतृत्वमा भियतनामले मुक्ति प्राप्त गर्यो । उनले नै भियतनामलाई एउटापूरा पढ्नुहोस्