Main Menu

हो चि मिन्हद्वारा प्रतिरोध युद्धको आह्वान

भियतनामी नेता हो चि मिन्ह

भियतनामी नेता हो चि मिन्ह

सार्बभौमिकता र स्वतन्त्रताको लागि एकताबद्ध भएर लड्यो भने कुनै पनि देश जति सानो र कमजोर  भए पनि बिजय प्राप्त गर्न सकिन्छ भन्ने विश्व इतिहासको एउटा नमूना देश हो – भियतनाम । इतिहासमा अमेरिका र फ्रान्सजस्ता विश्वलाई कजाउने देशहरुलाई समेत पराजयको नमिठो स्वाद चखाउन सफल भएर देशको स्वतन्त्रता र स्वाधिनताको झण्डा उँचो राख्न सफल भएको देश हो, भियतनाम ।

इतिहासमा संरचनागत कारक तत्वको अगाडि ब्यक्तिको भूमिका कति होला, बहसकै विषय छ । तर, हो ची मिन्ह, एउटा इतिहासको नाम हो । भिएतनामी मुक्ति इतिहासको नाम । भियतनामी मुक्ति योद्धाको नाम जसको नेतृत्वमा भियतनामले मुक्ति प्राप्त गर्यो । उनले नै भियतनामलाई एउटा स्वतन्त्र र सार्वभौम कम्युनिष्ट मुलुकको रुपमा विश्व इतिहासको मानचित्रमा चित्रित गर्यो ।

सन् १९४६ सेप्टेम्बर १४ का दिन फ्रान्स र भियतनामबीच युद्ध बिरामको सहमति भयो । सहमति अनुसार फ्रान्सले भियतनाममा प्रजातान्त्रिक स्वतन्त्रतालाई स्वीकार गर्ने र भियतनामले फ्रान्सको साँस्कृतिक, आर्थिक चाहानाहरुको सम्बोधन गर्ने भन्ने थियो । तर, केही समयपछि नै फ्रान्सले सहमतिको उल्लङ्घन गर्यो । यसको बिरुद्ध हो चि मिन्हले देशबासीलाई फ्रान्सबिरुद्ध प्रतिरोध युुद्धका लागि आब्हान गरे । यो आव्हान नै भियतनाम फ्रान्सको उपनिबेशबाट मुक्त हुने पहिलो कदम साबित भयो । सन् १९५४ मा युद्धको अन्त्य भयो । सानो र गरिब देशका भियतनामीहरुले उपनिवेशवादी फ्रान्सलाई नराम्ररी पराजयको स्वाद चखाइदिए ।

त्यसै बेला हो चि मिन्हले भियतनामी जनतालाई प्रतिरोध युद्धको लागि गरेको आह्वान वा अपिल यस्तो छ ;
देशबासीहरु !

शान्ति प्रेमको लागि हामीले धेरैधेरै सम्झौताहरु पनि गरेका छौं । तर, हामीले जति सम्झौताहरु गर्यौं, त्यति नै फ्रेन्च उपनिवेशवादीहरु हामीलाई पेल्दै गए, किनकि तिनीहरु फेरि एक पटक हाम्रो देशमा अतिक्रमण गर्न चाहन्छ ।

होइन !

हामी हाम्रा सबै कुरा त्याग गर्न तयार छौं, तर हाम्रो देश त्याग्न तयार छैनौं । दास बन्न तयार छैनौं ।

देशबासीहरु ! उठ !! जाग !!!

पुरुष तथा महिला, बृद्ध तथा जवानहरु कुनै जात, राजनीतिक पार्टी, जनजातियताभन्दा माथि उठेर आज हामी हाम्रो मातृभूमिको रक्षाको लागि फ्रेन्च उपनिवेशवादीहरुबिरुद्ध उठ्नु परेको छ , जुट्नु परेको छ । राइफल हुनेहरु, राइफल लिएर उठ, तरवार हुनेहरु तरवार लिएर उठ, र हतियार नहुनेहरु कोदालो र लठ्ठी लिएर उठ । हाम्रो देशलाई उपनिवेशवादीहरुबाट बचाउनका लागि सबैले योगदान दिनु परेको छ ।

सिपाँहीहरु, सुरक्षा गार्डहरु, मिलिसियाहरु !

राष्ट्रिय मुक्तिको समय आएको छ । हाम्रो राष्ट्रको रक्षाको लागि हामीले हाम्रो अन्तिम थोपा रगत भइन्जेल लड्नु पर्दछ । जस्तोसुकै दुःख आइपरे पनि हामी ती दुःखहरु सहन तयार हुनुपर्दछ । बलिदान दिने तयारीले बिजय हाम्रो हुनेछ ।

स्वतन्त्र र एकतित्र भियतनाम, जिन्दाबाद !

बिजयन्मुख प्रतिरोध, जिन्दाबाद !

(Visited 1,717 times, 1 visits today)

टिप्पणी

comments