Main Menu

Sunday, October 4th, 2015

 

'भारत सरकारले शान्तिपूर्ण अस्तित्वको सिद्धान्त उल्लंघन गर्याे’

भारतका एक सय एघार बौद्धिकहरुले हस्तक्षेपको विरोध गरे

असोज १७, काठमाडाैं । भारतका एक सयभन्दा ज्यादा प्रमुख बौद्धिक व्यक्तिहरुले नेपालकोे आन्तरिक मामिलामा भारत सरकारले गरेको हस्तक्षेपको विरोध गरेका छन् । आइतबार उनीहरुले एक सामुहिक वक्तव्य जारी गर्दै यो विरोध जनाएका हुन् । गत असोज ३ गते नेपालमा नयाँ संविधान घोषणा भएकोमा प्रसन्नता व्यक्त गर्दै उनीहरुले संविधानको यो घोषणाप्रति भारत सरकारको अप्रसन्नतापूर्ण प्रतिक्रियाप्रति असहमति जनाएका छन् । विगतमा भारतका विभिन्न सरकारहरुले अपनाएको यो ‘ठूल्दाजु’ प्रवृत्तिका कारण दुई देशबीचको संबन्धमा कटुता आउने गरेको र यसलाई नेपालीहरुले भारतको विस्तारवादी नीतिका रूपमा लिने गरेका छन् भन्दै वक्तव्यमा भनिएको छ, ‘आफ्ना प्रतिनिधिहरुको चुनाव गर्नु, आफ्नो देशमा कस्तो खाले शासन प्रणाली जरुरी छ, त्यो तयपूरा पढ्नुहोस्


सरिता तिवारीका आँखामा पोखरेली साहित्यका दुई प्रवृत्ति

मेरो कविताको संक्रमण

‘गिन्सबर्ग, बुटपालिस र खापीभित्रको नगरा’मार्फत् निबन्धकार नारायण ढकालले कवि सन्तोष भट्टराई र एलेन गिन्सवर्गसित एकैसाथ साक्षात्कार गराइदिएको मिति ठ्याक्कै सम्झन्नँ तर त्यो मधुपर्क मासिकमा प्रकाशित थियो, यति हेक्का छ । कहिले न कता पत्रिका किन्ने सामान्य कविताप्रेमीले समाज र राज्यव्यवस्थाका नग्न यथार्थमाथि लेखिएका त्यस्ता डरलाग्दा कविताहरूको झलक भेट्नु असामान्य कुरा थियो । बाफ रे ! यसरी पनि लेखिन्छ कविता ? कविताको त्यस्तो रौद्ररूपसित भेटिने सायद त्यो मेरो प्रथम संयोग थियो । त्यसो त बुटपालिस आन्दोलनकै किस्साले पनि कम रोमाञ्चित बनाएको होइन । म जन्मिनुभन्दा पाँच वर्षअघि नै जम्मा एक दिनभरिमा त्यस्तो ‘आन्दोलन’ पनि भएको थियो यो देशमा ? त्यसपछिका कयौँपूरा पढ्नुहोस्


समाचार विश्लेषण

सिरिया :  महाशक्ति राष्ट्रहरुको कुरुक्षेत्र बन्दैछ

पाँच वर्षदेखि गृहयुद्ध झेलिरहेको सिरिया अहिले आएर दुई आणविक महाशक्ति राष्ट्रहरुको रणभूमिमा परिणत हुदै गइरहेको छ । इस्लामिक अतिवादीहरुको नाममा विश्वका दुई आणविक महाशक्ति राष्ट्रहरु अमेरिका र रुसले आ–आफ्नै रणनीतिक स्वार्थ अनुरुप सिरियामा अहिले बम गोलाको वर्षा गरिरहेका छन् । आपसमा बिपरित स्वार्थ भएका ती देशहरुले अतिवादीबिरुद्ध लड्ने नाममा सिरियालाई खरानीमा परिणत गरिरहेका छन् । परिणामस्वरुप त्यहाँ अहिले भयंकर ठूलो मानवीय समस्या देखा पर्दै गइरहेको छ । यहाँको संकटले ल्याएको शरणार्थी समस्याले पूरै मध्यपूर्व मुलतः जोर्डन, लेबनान र अन्य युरोपेली देशहरुमा समेत असर पर्न थालेको छ । सन् २०११ मार्चमा “अरब स्प्रिङ” कै एक अंशको रुपमा सिरियामा शान्तिपूर्ण प्रदर्शनहरु सुरुपूरा पढ्नुहोस्


विचार

भारतलाई आफ्नै नाकाबन्दी प्रत्युत्पादक

नेपालमा जनप्रतिनिधिहरुले आफ्नै बलबुतामा संविधानसभामार्फत संविधान बनाए । दक्षिण एशियामा ‘ठूल्दाइ’को रुपमा प्रस्तुत हुँदै आएको भारतलाई नेपालले प्रयोग गरेको सार्वभौम अधिकारप्रति चित्त बुझेन । अनि उसले गत असोज ६ गतेबाट अघोषित नाकाबन्दी लगायो । तर, यसको असर नेपाललाई भन्दा उसैलाई बढी परेको विश्लेषण हुनथालेको छ । त्यसैले त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लगाएको नाकाबन्दी १० दिनभन्दा बढी टिक्न सकेन । असोज १६ गते भारतले आफै नाका सुचारु गर्न सीमाका भन्सारलाई निर्देशन दिनुभित्र मोदी सरकारको असफल नीतिको द्योतक हो । नाकाबन्दीको कारण नेपाली बजारमा पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसलगायतका प्रेटोलियम पदार्थ तथा खाद्यान्नको अभाव हुँदै आएकोे छ । तर, कुनैपूरा पढ्नुहोस्


नेपाली जनता, मोदीलाई माफी दिनुस् – मणिशंकर ऐयर

भारतका पूर्वकूटनीतिज्ञ मणिशंकर ऐयर भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा पूर्वकेन्द्रीय मन्त्री हुन् । भाजपा नेतृत्वको सरकारले नेपालमा नयाँ संविधानप्रति देखाएको रोष र असन्तोषको कडा प्रतिवाद गर्दै उनले एनडिटिभी अनलाइनमा लेखेको लेख यतिवेला संसारभरि चर्चामा छ । ७४ वर्षीय ऐयर विशेषगरी भारतमा पाकिस्तान र दक्षिण एसिया मामिलाका विज्ञ मानिन्छन् । मनमोहन सिंह नेतृत्वको पहिलो सरकार (२००५–२००९) मा उनले केन्द्रीय पञ्चायत, पेट्रोलियम तथा आपूर्ति र खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । नेपालबारे जानकार पूर्वमन्त्री मणिशंकर ऐयरसँग दिल्लीस्थित उनको निवास सफ्दरजंग लेनमा नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको कुराकानी : तपाईंले भारत सरकार र नेपालबीचको वर्तमान अन्तर्विरोध वा असझदारीको कारण वैचारिक र राजनीतिक दुवै भन्नुभएको छपूरा पढ्नुहोस्


वावुरामको राजीनामा स्वीकृत हुन्न – प्रचण्ड

काठमाडौंमा एमाओवादीको प्रशिक्षण भेला

असोज १७, काठमाडौं । संविधान जारीको लगत्तै बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार एकीकृत माओवादीको अगुवा कार्यकर्ताहरुको प्रशिक्षण भेला काठमाडौंबाट सुरु भएको छ । शनिवार काठमाण्डौ कपनस्थित एक पार्टी प्यालेसमा नेवाः, ताम्सालिङ र तमुवानको जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुको प्रशिक्षण भेला सम्पन्न भयो । उक्त प्रशिक्षण भेलालाई सम्वोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै पार्टी परित्याग गरेका नेता वावुराम भट्टराईको राजीनामा स्वीकृत नहुने जानकारी दिए । उनले उपस्थित कार्यकर्ताहरुलाई वावुराम भट्टराईको राजीनामाको सवाललाई लिई नकारात्मक टिप्पणी नगर्न पनि निर्देशन दिए । सम्वोधनको क्रममा अध्यक्ष प्रचण्डले संविधान संशोधन, ऐन कानुन निर्माण र संघीयता कार्यान्वयनका लागि राष्ट्रिय सरकार हुँदा सजिलो हुनेपूरा पढ्नुहोस्


पत्रपत्रिका

तीन दल र मधेसवादी सहमति तिर

असोज १७, काठमाडौँ । प्रमुख तीन दल र आन्दोलनरत मधेसी दलबीचको वार्ता सकारात्मक बन्दै गएको समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ । आन्दोलनको परिस्थितिबाट दुवै पक्ष सुरक्षित अवतरणको खोजीमा रहेकाले केही दिनभित्रै संविधान संशोधन गरी मधेसी दलका केही माग सम्बोधन गर्न लागिएको छ । तर, आइतबार बस्ने संसद् बैठकमा भने संविधान संशोधनको प्रस्ताव जाने छैन । प्रमुख तीन र मधेसी दलहरू दुवैले स्वामित्व महसुस गर्नेगरी संकल्प प्रस्तावमार्फत संविधान संशोधन गर्न दलहरूबीच छलफल चलेको छ । मधेसी मोर्चाले उठाउँदै आएका सातमध्ये दुईवटा मागमा प्रमुख दल सहमत भइसकेका छन् । र, अर्को प्रदेशको सीमांकनसम्बन्धी मागमा दलहरू सहमतिको प्रयासमा छन् । अन्य केहीपूरा पढ्नुहोस्


मोदी फर्केपछि आन्तरिक परामर्श तीव्र

अघोषित नाकाबन्दी बिस्तारै खुल्ने संकेत

असोज १७, काठमाडौं । भारतले झण्डै दुई सातादेखि लगाएको अघोषित नाकाबन्दी बिस्तारै खुल्ने संकेत देखिएको छ । नेपालमा नयाँ संविधान जारी भएसँगै उत्पन्न राजनीतिक संकटलाई लिएर भारतले नेपालतिर आउने सबै नाकाहरुमा ढुवानी रोकेको थियो । भारतीय विदेश मन्त्रालयले शनिवारदेखि नाकाहरुको आवागमन सुचारु गर्न सरोकारवाला सबै निकायलाई निर्देशन दिएको छ । विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले जनाएअनुसार नेपालतर्फ जाने ६ वटै मुख्य र अन्य सहायक व्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन शनिवार निर्देश गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्कबाट दिल्ली फर्केपछि सुरु भएको परामर्शपछि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खुल्ने संकेत देखिएकोपूरा पढ्नुहोस्