Main Menu

Sunday, September 6th, 2015

 

संविधान उत्पीडितका पक्षमा बन्दै छैन : नागरिक अगुवा

भदौ २०, काठमाडौं । नागरिक अधिकारकर्मीहरुले बन्दै गरेको नयाँ संविधान उत्पीडित समुदायका पक्षमा नरहेको भन्दै त्यो जनतामा स्वीकार्य नहुने चेतावनी दिएका छन् । आइतबार बबरमहल–बिजुलीबजारमा प्रदर्शन र कोणसभा गर्दै नागरिक अगुवाहरुले नयाँ संविधानले मधेसी, महिला, दलित, आदिवासी–जनजाति र अल्पमत धार्मिक समुदायको अधिकार सुनिश्चित नगर्ने बताएका हुन् । सभामा बोल्दै वरिष्ठ साहित्यकार तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले संविधानको आवश्यकता नै नभएकाहरुले संविधान लेख्ने जिम्मा लिएको बताए । उनले भने, ‘जसलाई संविधान चाहिएको थियो, उनीहरु संविधानसभाभित्र छैनन् । अनि जसलाई संविधान र परिवर्तन चाहिएको थिएन, उनीहरु नै संविधान लेख्ने कलम बोकेर संविधानसभाभित्र बसिरहेका छन् ।’ नागरिक सभालाई सम्बोधन गर्दै लेखक तथा विश्लेषकपूरा पढ्नुहोस्


थाई बम काण्ड : अपडेट

अझै मुख्य अपराधी फेला परेन : थाई प्रहरी

  भदौ २०, काठमाडौं । गत साउन ३२ गते थाई राजधानी बैंककमा २० जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटनका मुख्य अपराधी अझै फेला पार्न नसकिएको थाई प्रहरीले जनाएको छ । गत भदौ १२ गते पक्राउ परेका दुई अभियुक्तहरु अडेम काराडाग र युसुफ मिराइली दुबै त्यस बम विस्फोटनसित सम्बन्धित हुन सक्ने भए पनि उनीहरु मुख्य ब्यक्तिहरु नभएको जनाइएको छ । बिबिसिका अनुसार घटना घटेको तीन हप्ता बित्न लाग्दा पनि बिस्फोटनको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । थाई प्रहरीले बम विस्फोटन हुनु केही मिनेटअगाडि पछाडि रुक्सा बोकेको पहेँलो टिशर्टका व्यक्ति एरावन मन्दिरको प्राङ्गणमा घुमिरहेको सिसि क्यामेराले देखाएको बताएको थियो ।पूरा पढ्नुहोस्


पत्रपत्रिका

डा. केसीसित ११ बुँदे सहमतिः अनसन आइतबार दिउँसोसम्म

भदौ २०, काठमाडौँ । सरकार र त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीबीच शनिबार मध्यराति ११ बुँदे सहमति भएको छ । डा. केसीले अनशन भने तोडेका छैनन् । देशमा शान्ति र सद्भावका लागि भन्दै आइतबार दिउँसो ३ बजेसम्म डा. केसीले अनशन जारी राख्ने समाचार नयाँपत्रिकाले छापेको छ । सरकारका प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीच शनिबार राति सात बजेबाट सुरु भएको वार्ता राति साढे १२ बजे सहमतिमा टुंगिएको थियो । चिकित्सा शिक्षामा सुधार लागि भन्दै डा. केसी ७ भदौदेखि आमरण अनसन बसेका थिए । ८ बुँदे माग राखेर उनी आमरण अनसनमा बसेका हुन् । डा. केसीको माग सम्वोधनका लागि बार्ता गर्न शनिबारपूरा पढ्नुहोस्


मस्यौदा संविधान दुई तिहाइमा पारित गर्ने तयारी

तीन प्रमुख दलबीच नयाँ सहमति

भदौ २०, काठमाडौं । शनिवार साँझ एकीकृत नेकपा माओवादीले आफू थप लचक भएर पनि मस्यौदा संविधानलाई सम्विधानसभाबाट चाँडै पारित गराउने बाटो निर्माण गरेको छ । मस्यौदा संविधानमा संशोधन प्रस्ताव राख्ने अन्तिम घडीसम्म पनि संघहरुको सीमाङ्कनको सवालमा तराई, मधेश र पूर्वी पहाडमा चलिरहेका आन्दोलनहरुलाई सम्वोधन हुन सकेन । थारु, मधेशी तथा जनजातिहरुको पहिचान स्थापित हुने ढङ्गमा टुङ्गो लगाउन कांग्रेस–एमाले तयार नभएपछि नयाँ सहमति कायम गरेर संविधान निर्माणको प्रक्रियालाई समापन गर्ने सोच एमाओवादीले लिएको छ । तर, यसो गर्दा अहिले फोरम लोकतान्त्रिक भने सम्विधान निर्माण प्रक्रियाबाट बाहिर गएको स्थिति छ । यति हुँदाहुँदै पनि कमसेकम दुईतिहाइबाटै मस्यौदा सम्विधानलाई संविधानसभाबाट पारित गराउने रणनीतिपूरा पढ्नुहोस्