Main Menu

Friday, September 11th, 2015

 

दिल्लीमा नेपाली महिलामाथि बलात्कार घटना :

अनुसन्धानमा सघाउन साउदी राजदूतलाई भारतको आग्रह

भदौ २५, काठमाडौं । दिल्लीमा दुई नेपाली महिलामाथि भएको बलात्कार घटनाको अनुसन्धानमा सघाउन भारतीय विदेश मन्त्रालयले साउदी अरबका राजदूतलाई आग्रह गरेको छ । विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल अधिकारीले बिहीबार साउदी राजदूतलाई भेटी उक्त आग्रह गरेका बताइएको छ । दिल्लीसँगै जोडिएको गुडगाँवमा रहेको साउदी दूतावासका कर्मचारीले दुईजना नेपाली महिलालाई बलात्कार गरेको घटनाको भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ । पीडित दुई नेपाली महिला एकजना बागलुङ र अर्को मोरङको भएको थाहा भएको छ । उनीहरू माइती नेपालको सहयोगमा नेपाल फर्किकसेका छन् । यसैबीच दुई नेपाली महिलामाथि बलात्कार भएको घटनाको विरोधमा दिल्लीमा बिहीबार विरोध प्रदर्शन भयो । महिला अधिकारकर्मीहरूले बलात्कार घटनाको विरोध गर्दैपूरा पढ्नुहोस्


मधेसी–थारु वार्तामा आउँछ भने केही दिन भोटिङ रोकौं– एमाओवादी

भदौ २५, काठमाडौं । आन्दोलनरत मधेसी–थारु र सत्तापक्षबीच वार्ता गराउन पहल गरिरहेको एनेकपा माओवादीले वार्ताको वातावरण बनाउन केही समय सम्विधानसभामा भोटिङको प्रक्रिया रोक्नुपर्ने निर्णय गरेको छ । विहीवार साँझ बसेको एमाओवादीको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो । एमाओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार संविधानसभाको प्रक्रिया होइन शुक्रवारबाट सुरु गरिने भनिएको भोटिङको प्रक्रिया स्थगित गर्ने कुराले आन्दोलनरत मधेसी–थारु पक्ष वार्तामा आउन तयार हुने स्थिति बन्छ भने त्यो कार्य गरिनुपर्छ भन्ने एमाओवादीको ठहर छ । सम्विधान निर्माणको प्रक्रिया रोक्नु हुन्न, तर मधेसी–थारुलाई पूर्ण रुपमा प्रक्रियाभन्दा बाहिर राखेर पनि सम्भव छैन भन्ने महसुस एमाओवादी नेतृत्वलाई लागेको छ । एमाओवादी मधेसी–थारु सभासद् तथा नेताहरुलेपूरा पढ्नुहोस्