Main Menu

Thursday, September 24th, 2015

 

मक्का मेलामा ठूलो हताहती

साउदीमा भागदौडमा परेर सयौँको मृत्यु

असोज ७, काठमाडौं । साउदी अरबको मक्का सहरमा भएको भागदौडमा परेर कम्तीमा दुई सय २० जनाको ज्यान गएको बिबिसीले जनाएको छ । साउदी अरबको अधिकारीहरुले जनाए अनुसार बिहीबारको घटनामा करीब ४ सय ५० जना घाइते भएका छन् । मक्का सहरभन्दा लगभग छ(सात किलोमीटर टाढाको भइरहेको एक धार्मिक प्रक्रियाका क्रममा हजिहरुबीच अचानक भागदौड मच्चिएको थियो । मक्कामा हरेक वर्ष २५ लाख मान्छे हज गर्न साउदी अरबको मक्का सहर पुग्छन् । केही दिनअघि मक्कामा मस्जिद हरम सरिफमा एउटा क्रेन लड्दा सयभन्दा बढीको ज्यान गएको थियो । बिहीबारको घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


पत्रपत्रिका

‘काठमाडौँलाई नाकाबन्दी’ गरिने !

असोज ७, काठमाडौँ । आन्दालनरत सयुंक्त लोकतान्त्रिक मधेसी मोर्चाले काठमाडौंलाई नाकाबन्दी गर्ने निर्णय गरेको समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ । राजविराजमा दुई दिनदेखि जारी मोर्चाको बैठकले आमहडताल जारी राख्ने निर्णयसमेत गरेको छ । बुधबार साँझ सम्पन्न बैठकपछि गरिएको पत्रकार सम्मेलनमा अबको आन्दोलन सीधै काठमाडौंलाई असर पार्ने गरी हुने निर्णय गरेको जानकारी दिएको हो । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अनिरुद्धप्रसाद यादवको निवासमा सम्पन्न मधेसी मोर्चाको बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेण कुमारी यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष नवलकिशोर साह, तमलोपा अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयश त्रिपाठीे तथा तमसपा अध्यक्ष महेन्द्रराय यादव र महासचिव रामकुमार मण्डलको सहभागिता थियोपूरा पढ्नुहोस्


दशैंमा उपभोग्यवस्तुको अभाव नहुने

अभाव पूर्तिका लागि चिनीया नाका खोलिने

असोज ७, काठमाडौ । संविधान घोषणाको सन्दर्भलाई लिएर असन्तुष्ट भारतद्वारा नेपाललाई दशैंको मुखमा नाकाबन्दी हुने हल्ला आइरहेको समयमा चीनतर्फका नाकाहरु दशैंअघि खोल्ने प्रयन्त गर्ने कुरा वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । भूकम्पका कारण चीनतर्फका नाकाहरु विगत ६ महिनादेखि बन्द अवस्थामा छन् । मन्त्रालय सूत्रका अनुसार दशैंमा बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिने सवालमा सरकार अत्यन्त सचेत छ र सम्भावित अभावलाई पूर्ति गर्न सो कदम चालिने भएको हो । गत वैशाखमा गएका ठूला भूकम्पले गर्दा चीनतर्फका नाकाहरुमा पुग्ने बाटाहरु पहिरोले ठाउँठाउँमा पुरिएका छन् । ती बाटाहरु खुलाउन अहिले प्रयासहरु भइरहेको बताइन्छ । साथै सरकारले चीनबाट आवश्यक सरसामानहरु दशैंसम्ममा नेपाल भित्र्याउन कुटनीतिकपूरा पढ्नुहोस्


औपचारिक सूचि हस्तान्तरण गरेका छैनौँ - भारत

इन्डियन एक्सप्रेसमा प्रकाशित सात सर्त

असोज ७, काठमाडौँ । आकस्मिक रुपमा दिल्ली बालाएर गएका भारतीय राजदूत रणजीत रे बुधबार नेपाल फर्केलगत्तै एयरपोर्टबाट सिधै प्रधानमन्त्री सुशील कोइराला र प्रमुख दलका नेताहरुलाई भेट्न पुगे । भेटघाटमा उनले नेपालसमक्ष सात सर्त राखेको समाचार सार्वजनिक भएको छ । तर, भारतीय विदेश मन्त्रालयले भने एक विज्ञप्ति प्रकाशित गरी सो समाचार झूठो भएको दाबी गरेको छ । भारतीय दैनिक इन्डियन एक्सप्रेसमा छापिएको सात सर्त भने यस्ता छन्ः १‍. विवादित पाँच जिल्ला : कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरीलाई जनसंख्याको आधारमा पूरै जिल्ला वा केही भाग छिमेकी प्रान्तमा समावेश गर्नुपर्ने । २. निर्वाचन क्षेत्र निर्धारण : अन्तरिम संविधानको धारा ६३ (३) मा मधेसकोपूरा पढ्नुहोस्