Main Menu

Wednesday, September 2nd, 2015

 

बौद्धिकहरुको वक्तव्यमा के छ ?

राजनीतिक समाधान खोज्न नागरिक अधिकारकर्मीको आह्वान

भदौ १६, काठमाडौं । मधेसलगायत क्षेत्रमा भएका आन्दोलनहरुको राजनीतिक समाधान खोज्न बौद्धिक तथा नागरिक अधिकारकर्मीहरुले सार्वजनिक आह्वान गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै मानवअधिकारकर्मी तथा नागरिक आन्दोलनका नेता पद्मरत्न तुलाधरसहितका बौद्धिकहरुले यस्तो आह्वान गरेका हुन् । उनीहरुले विज्ञप्तिमार्फत् सरकार, आन्दोलनरत पक्ष, सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय समुदाय समेतलाई ध्यानाकर्षण गराएका छन् । वक्तव्यमा सरकारलाई फौजी कारवाही रोकी वार्ताका लागि उपयुक्त वातावरण बनाउन आह्वान गरिएको छ । नागरिक अधिकारकर्मी, लेखक, पत्रकार गरी चवालिस जना बौद्धिकहरुको तर्फबाट पद्मरत्न तुलाधरले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । वक्तव्यको पूर्ण पाठ : सत्तापक्ष, आन्दोलनकारी, र अन्तर्राष्ट्रिय समुदायमा अपिल संविधानसभाबाट संविधान छिटो जारी होस् भन्ने सबै नेपालीपूरा पढ्नुहोस्


मधेसी मोर्चा पनि बैठक बस्ने तयारीमा

सरकार र मधेसी मोर्चाबीच सहमतिको पहल गर्दै एमाओवादी

भदौ १६, काठमाडौं । स्वायत्त मधेस प्रदेशको माग राख्दै मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिमा ल्याउन एकीकृत माओवादी नेतृत्वले पहल गरिरहेका छ । संविधान निर्माणमा विरोध जनाउँदै आन्दोलनरत दलहरूलाई सरकारले वार्ताका लागि आह्वान गरे पनि संवादहीनता कायमै छ । वार्ताबाट समस्या समाधान गर्ने उद्देश्यले एकीकृत माओवादीले बुधबार विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालसँग भेटघाट गरेका छन् । तराई–मधेसमा आन्दोलनले उग्र रुप लिएपछि राजनीतिक क्षेत्रमा अन्यौल बढेको थियो । प्रहरी दमन पनि चर्को हुनुको साथसाथै सरकारले आन्दोलन दबाउन सेनासमेत परिचालन गरेको छ । सरकारले आन्दोलनरतपूरा पढ्नुहोस्


आन्दोलनकारीहरु सडकमा अझै उग्र

धनुषामा निरन्तर निषेधाज्ञा जारी

भदौ १६, जनकपुर । मंगलवार दिनभर स्वायत्त मधेस प्रदेश माग गर्दै सडकमा उत्रेका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तनावग्रस्त बनेको धनुषाको जनकपुर वुधवार पनि अशान्त छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले वुधवार बिहानै जनकपुरमा सडकमा उत्री प्रदर्शन गरे । मंगलवार स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञासमेत तोडी आन्दोलनकारीहरु सडकमा उग्र रुपमा उत्रँदा थुप्रै प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरु घाइते भएका थिए । असामान्य स्थितिलाई नियन्त्रणमा लिने प्रयत्न स्वरुप वुधवार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी भएको सार्वजनिक गरेको थियो । तर, आन्दोलनकारीहरुले प्रशासनको निषेधाज्ञालाई बेपर्वाह गरी वुधवार बिहानैबाट उग्र जुलुस निकाल्दा जनकपुर बजारमा आन्दोलनकारी र प्रहरीबीच झडपको स्थिति बन्न पुग्यो । बजार क्षेत्रपूरा पढ्नुहोस्