Main Menu

Tuesday, September 22nd, 2015

 

अब राजनीतिमा वर्गीय ध्रुवीकरण सुरु हुन्छ : झलक सुवेदी

लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदी नवउदारवादी अर्थ–नीतिका आलोचक हुन् । आइतबार जारी भएको ‘नेपालको संविधान २०७२’ संसारका नवउदारवादी अर्थनीति लिएका अरु संविधानभन्दा प्रगतिशील भए पनि यसले केही संकट र चुनौती झेल्नुपर्ने सुवेदीको विश्लेषण छ । सुवेदीसँग नयाँ संविधानका विशेषताबारे सङ्गीत श्रोताले गरेको कुराकानी : असोज ३ गते नयाँ संविधान जारी भएको छ । नेपालको राजनीतिक र संवैधानिक इतिहासमा यसको महत्व के देख्नुहुन्छ ? सुवेदी : २००७ सालको संवैधानिक परिवर्तनयताको महत्वपूर्ण राजनीतिक परिवर्तनलाई यो संविधानले संस्थागत गरेको छ । पहिलो, पहिलोपटक जनताका प्रतिनिधिले आफ्नै तजबिजले संविधान बनाएका छन् । आगामी दिनमा अर्को संविधान बनाउन परेछ भने त्यो पनि जनताकै प्रतिनिधिले बनाउने परम्परापूरा पढ्नुहोस्


पुरानो राजनीतिक प्रथा बढार्छौं – सिरिजा

ग्रीसमा सिप्रासले प्रधानमन्त्रीमा शपथ लिए

असोज ५, काठमाडौं । मध्यावधि निर्वाचनमा ३५.५ प्रतिशत मत प्राप्त गरी विजयी भएपछि ग्रीसका रेडिकल वामपन्थी नेता अलेक्सिस सिप्रासले दोश्रो पटक प्रधानमन्त्री पदमा शपथ लिएका छन् । सोमवार साँझ एथेन्समा राष्ट्रपति प्रोकोपिस पाभ्लोपोउलसको उपस्थितिमा उनले गैर धार्मिक शब्दमा शपथ लिएका हुन् । नास्तिक हुनुको नाताले झण्डै आठ महिनाअगाडि पहिलो पटक प्रधानमन्त्री बन्दा पनि त्यसरी नै उनले गैर धार्मिक शब्दमा पदको शपथ लिएका थिए । त्यतिखेर प्रधानमन्त्री पदमा शपथ लिनासाथ उनी सिधै सन् १९४२ मा नाजी हिटलरको सेनाबिरुद्ध लडी शाहदत प्राप्त गरेका कम्युनिस्ट योद्धाहरुको एथेन्सस्थित समाधिस्थल पुगी फूलको गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यसपाली उनी पद बहालीको शपथ लिनासाथपूरा पढ्नुहोस्


कोस्टालाई एफएको सजाय

असोज ५, काठमाडौँ । शनिवार आर्सनललाई २–० ले पराजित गरेको खेलपछि चेल्सीका स्ट्राइकर डिएगो कोस्टालाई फुटबल एसोसियसनले हिंसात्मक व्यवहारका कारण सजायँ दिएको छ । सजायपछि चेल्सीका लागि कोस्टाको ३ खेल गुम्न सक्ने भएको छ । आर्सनलविरुद्धको खेलमा २६ वर्षीय कोस्टाले आर्सनलका डिफेन्डर लरेन कोसियल्नीको अनुहारमा तीनपटक प्रहार गरेको भिडियो फुटेजहरुमा देखिएको थियो । त्यसपछि कोस्टाले छातीले प्रहार गर्दै कोसियल्नीलाई लडाएका थिए । कोसियल्नीका सहकर्मी डिफेन्डर ग्याब्रियलले त्यसपछि कोस्टासित घम्साघम्सी गरेपछि रेफ्री माइक डिनले कोस्टा र ग्याब्रियल दुबैलाई पहँेलो कार्ड देखाएका थिए । कार्ड पाइसकेपछि पनि दुई खेलाडीबीच कुराकानी चलिरहँदा ग्याब्रियलले कोस्टालाई पछाडिबाट खुट्टाले हानेपछि डिनले ग्याब्रियललाई सिधै रातो कार्ड दिएकापूरा पढ्नुहोस्


पत्रपत्रिका

संविधान जारीपछि भारतीय सत्ताको असन्तुष्टि प्रकट निरन्तर

असोज ५, काठमाडौं । नयाँ संविधान जारी भएकोमा देशका अधिकांश क्षेत्रमा हर्ष उल्लासका कार्यक्रमहरु भइरहे भने मध्य तथा पूर्वी तराई क्षेत्रहरुमा विरोध र्याली, कालो झण्डा गाड्ने आदि क्रियाकलाप भइरहेका छन् । आदिवासी जनतातिहरु कसैले पनि संविधानलाई औपचारिक रुपले स्वागत तथा हर्ष उल्लासका कार्यक्रमहरु गरेका छैनन् । जारी संविधानका लागि यो चुनौतिको विषय बनेको छ । अर्को, भारतीय सरकारले अहिलेसम्म नेपालमा नयाँ संविधान बनेकोमा औपचारिक रुपमा खुसी व्यक्त गर्ने तथा यसलाई स्वागत गर्ने गरेको छैन । बरु, उसले दोश्रो विज्ञप्ति जारी गरी तराईमा भइरहेका आन्दोलनहरुको कारण उसलाई नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरेको छ । नयाँपत्रिका दैनिक लेख्दछ, संविधानसँगै भारत आक्रोशितपूरा पढ्नुहोस्