Main Menu

Wednesday, September 16th, 2015

 

संविधानसभा सफल पार्ने मुख्य जिम्मा हाम्रै हो : प्रकाश

killing-vehicle-back-law

*  संविधानसभाबाट नयाँ संविधान आउनु खुशी र गर्वको कुरा हो । *  पहिलेको संविधानसभाले सहमति गरिसकेको र अहिलेको संविधानसभाले स्वीकार गरिसकेको कुरा पनि मस्यौदा समितिले कटायो । * नयाँ संविधानले सामाजिक न्याय र प्रगतिशील अन्तर्वस्तुहरू समेट्ने समाजवादोन्मुख चरित्रलाई एक हदसम्म आत्मसात गरेको छ । * संविधानमा धर्मनिरपेक्षता शब्द त राखियो तर धर्मनिरपेक्षताको आत्मालाई मारेियो । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ “प्रकाश” उक्त पार्टीका तर्फबाट संविधान मस्यौदा समितिका संयोजक समेत हुन् । संविधान जारी भएपछि एमाओवादीले संबिधानमा संस्थागत हुन नसकेका आफ्ना बांकी मुद्दाहरूका निम्ति संघर्ष गर्ने बताएका नेता श्रेष्ठसँग संविधान निर्माणकै सेरोफेरोमा रहेर मूल्याङ्कनका लागि सङ्गीत श्रोताले गरेको कुराकानी  : संविधान निर्माणपूरा पढ्नुहोस्


राजनीतिक अस्थिरताको विउ अझै बाँकी

अन्ततः सुधारिएको संसदीय व्यवस्था

समाचार टिप्पणी भदौ ३०, काठमाडौं । संविधानसभाको जारी बैठकले मंगलवारसम्म १ सय ७६ वटा विधेयकलाई पारित गरेको छ, जसमा शासन प्रणालीको विधेयक पनि पर्दछ । पारित विधेयक अनुसार अबको नेपालको शासन प्रणाली सुधारिएको संसदीय व्यवस्था हुनेछ । सात सालमा राणा शासनलाई अन्त्य गरेयता जनप्रतिनिधिमूलक सरकार जति पनि बने ती कुनैले पनि पूरा कार्यकाल काम गर्न पाएनन् । २०१५ सालमा जनताले नेपाली कांगे्रसका तत्कालीन सभापति विश्वेश्वर प्रसाद कोइरालालाई नेपालको इतिहासमा पहिलो जन निर्वाचित प्रधानमन्त्रीको रुपमा पाए । तर, पाँच वर्षको कार्यकाल रहेको प्रधानमन्त्री पदमा उनी केबल १८ महिना टिक्न सके । तीस वर्ष लामो पंचायती शासन व्यवस्थामा कोही पनि प्रधानमन्त्रीले आफ्नोपूरा पढ्नुहोस्


मधेसी मोर्चाका नेताहरुलाई सार्वजनिक मुद्दा

local-elections-morcha

भदौ ३०, काठमाडौं । रौतहटको गौरमा पक्राउ परेका मधेसी मोर्चाका पाँच नेताहरुलाई स्थानीय प्रशासनले सार्वजनिक मुद्दा लगाएको छ । गौरबाट आइतबार संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय रामेश्वर यादव र रामकिशोर यादव, तराई–मधेश लोकतान्त्रिक पार्टीका नेता अनिल सिंह, सद्भावना पार्टीका शेष जमशैद र फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्तासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार अपरान्ह पक्राउ परेका उनीहरुलाई अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाउनका लागि प्रहरीले प्रशासनबाट ७ दिनको म्याद थप गराएको छ । जिल्लाभित्र शान्ति सुरक्षामा खलल पुर्‍याएकाले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । मोर्चा नेता पक्राउको विरोधमा गौरमा प्रदर्शन हुँदै आएको छपूरा पढ्नुहोस्


पत्रपत्रिका

जलेश्वर र जनकपुरमा सामुहिक शवयात्रा

भदौ ३०, काठमाडौं । गत भदौ २३ र २५ गते जलेश्वर र जनकपुरमा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको सामुहिक शवयात्रा मंगलवार गरियो । तर, उनीहरुको अन्त्यष्ठि भने छुट्टाछुट्टै गरिएको छ, नयाँ पत्रिका  दैनिक लेख्दछ । जलेश्वरमा प्रहरीको गोलीले ज्यान गुमाएका ६ जनाको मंगलवार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि दिउँसो जलेश्वरमा ६ वटा शवलाई गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । शवयात्रा सामुहिक गरिए पनि अन्त्येष्टि भने एक्लाएक्लै गरिएको छ । मृतकका आफन्तले शवयात्रापछि आ–आफ्नै गाउँमा लगेर शवको दाहसंस्कार गरेका हुन् । शवयात्रा र दाहसंस्कारका लागि स्थानीय प्रशासनले जलेश्वरमा मंगलवार दिनभरि कर्फ्यु हटाएको थियो । बिहान ११ बजेदेखि साँझ ७ बजेसम्मपूरा पढ्नुहोस्


च्याम्पियन्स लिग

रोनाल्डोको ह्याट्रिक, दुबै म्यान्चेस्टर पराजित

भदौ ३०, काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियाल मड्रिडले च्याम्पियन्स लिगको पहिलो दिन शाख्तार डोनेस्कविरुद्ध ४–० को रवाफिलो जित दर्ता गराएको छ । तीन गोलमध्ये दुई गोल पेनाल्टीमा गरेका रोनाल्डो यससँगै च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने दौडमा बार्सिलोनाका लियोनेल मेस्सीभन्दा ३ गोलले अगाडि छन् । उनले ५५ औँ र ६३ औँ मिनेटमा पाएका दुई पेनाल्टीलाई सदुपयोग गरी गोलमा परिणत गरेका थिए । खेलको ८१ औँ मिनेटमा आफ्नो ह्याट्रिक पूरा गर्दै रोनाल्डोले रियाल मड्रिडको जितलाई थप रवाफिलो बनाए । शाख्तार डोनेस्कका तारास स्टेपनेन्को दुई पँहेलो कार्ड पाई मैदान छाड्नुपरेको खेलमा रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमाले तीसौँ मिनेटमा पहिलोपूरा पढ्नुहोस्


आन्दोलनरत थारु समुदायसँग वार्ता हुने

मधेश, दलित र जनजातिसँग पनि तत्काल वार्ता गरिनुपर्छ

भदौ ३०, काठमाडौं । प्रधानमन्त्रीले हिजो तेस्रो पटक पत्र लेखी आन्दोलनरत थारु संयुक्त संघर्ष समितिलाई वार्तामा आउन आग्रह गरेकोमा सो संघर्ष समितिले यसलाई सकारात्मक रुपमा लिई नौ सदस्यीय वार्ता टोली सार्वजनिक गरेपछि थारुवाहुल क्षेत्रमा भैरहेको आन्दोलन अर्को चरणमा प्रवेश गरेको छ । धनीराम चौधरीको संयोजकत्वमा रामजनम चौधरी, सन्तकुमार थारु, तेजुलाल चौधरी, अमनलाल मोदी, रुक्मिणी चौधरी, राजकुमार लेखी, रमेश चौधरी र मीनराज चौधरी सम्मिलित वार्ता टोलीले आज बुधबारदेखि नै वार्ता थाल्ने जानकारी समितिका प्रवक्ता अमनलाल मोदीले दिएका छन् । थारुवहुल क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा संवोधन गर्ने तहको संस्थापन पक्षको संकेत पाएर थारु संयुक्त संघर्ष समिति केही लचिलो भएको र संविधानसभामा हालपूरा पढ्नुहोस्