Main Menu

Sunday, September 20th, 2015

 

नेपालको नयाँ संविधान जारी

असोज ३, काठमाडाैं । प्रथम पटक नेपाली जनताका प्रतिनिधिहरुले संविधान सभाबाट दुई तिहाई मतले पास गरेको र ५३७ सदस्यले हस्ताक्षर गरेको नेपालको नयाँ संविधान एक विशेष समारोहकाबीच आज साँझ ६ः०३ मा राष्ट्रपति डा. राववरण यादवद्वारा औपचारिक रुपमा जारी भएको छ । यो नयाँ संविधान लागु भएलगत्तै ०६३ सालदेखि नेपालमा चालु अन्तरिम संविधान स्वतः खारेज भएको छ । संविधानसभाको यो अन्तिम बैठकमा राष्ट्रपतिले विशेष संवोधन गर्दै संविधान गतिशील दस्तावेज भएको बताए । उनले ७ दशक अघिदेखि नेपाली जनताले प्रारंभ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पथमा व्यक्त गरेको चाहनाले मूर्त रुप लिएको पनि बताए । उनले यस अवसरमा सहिद, सहयात्रीपूरा पढ्नुहोस्


पत्रपत्रिका

नयाँ सम्विधानको विरोध

असोज ३, काठमाडाैं । अाज आइतबार साँझ जारी हुन लागेको संविधानमा मधेसको माग पूरा नभएको भन्दै शनिबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरिएको समाचार अाजको नयाँपत्रिका  दैनिकमा छापिएको छ । पछिल्लो ३६ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा शनिबार राजविराजमा जुलुस प्रदर्शन गरिएको हो । शनिबारको मसाल जुलुसमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताको समेत सहभागिता थियो । सप्तरीका विभिन्न गाउँबाट सदरमुकाम राजविराज आएका मधेसी मोर्चाका कार्यकर्ता पनि जुलुसमा सहभागी थिए । जुलुसले नगरका विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलनचोकमा विरोधसभा गरेको थियो । सभालाई सम्बोधन गर्दै मोर्चाका नेताहरूले संविधान जारी हुनेबित्तिकै जलाउने बताए । उनीहरूले ३ असोजलाई कालो दिनकापूरा पढ्नुहोस्


आज नयाँ संविधान जारी हुँदै

आन्दोलनरत दललाई पुनः वार्तामा आव्हान

असोज ३, काठमाडौं । संघीय लोकतान्त्रिक नेपालको नयाँ संविधान आज साँझ घोषणा हुँदैछ । आज साँझा संविधानसभा भवनमा हुने विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले नयाँ संविधान घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले नयाँ संविधान घोषणा सभामा सहभागी हुन आन्दोलनरत पक्षलाई पनि आग्रह गरेका छन् । तीन दलले शनिवार एक पत्रकार सम्मेलन गरी असन्तुष्ट दललाई वार्ताका लागिा आव्हान गर्दै संविधान संशोधन गरेर जायज माग पूरा गर्ने सामुहिक प्रतिबद्धता समेत जनाएका छन् । सिमांकनमा कमजाेरी भएको तीन दलले स्वीकार गरेका छन् । सिमांकनका सन्दर्भमा असन्तुष्टि देखिएकोमा संघीय आयोगको अध्ययन सिफारिसको आधारमा सहमतिपूरा पढ्नुहोस्


म्यान्चेस्टर सिटीको पहिलो हार, आर्सनलविरुद्ध चेल्सीको अर्को जीत

असोज ३, काठमाडौँ । म्यान्चेस्टर सिटीले जारी सिजनको पहिलो हार भोगेको छ भने चेल्सीले आर्सनलमाथिको आफ्नो वर्चस्व कायम राखेको छ । शनिवार बेलुका भएको खेलमा इटिहाड रंगशालामा वेस्ट ह्यामले म्यान्चेस्टर सिटीलाई २–१ ले पराजित गर्दा सिटीले लिगको शिर्ष स्थानमा ६ अंकको दूरी बनाउने मौका गुमाएको छ । खेलको छैठौँ मिनेटमै यसै सिजन चेल्सीबाट वेस्ट ह्याममा अनुबन्धित भिक्टर मोजेजले २० यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत हुँदा सिटीले यस सिजन लिगमा पहिलो गोल खाएको थियो । डियाफ्रा साखोले ३१ औँ मिनेटमा ६ यार्ड नजिकबाट गोल गर्दै वेस्ट ह्यामको अग्रता दुगुना बनाएका थिए । पहिलो हाफकै अन्त्यतिर सिटीका केभिन डब्राइनले एक गोलपूरा पढ्नुहोस्


वामपन्थी सिरिजाको स्थिति के होला ?

आज ग्रीसमा संसदको निर्वाचन

असोज ३, काठमाडौं । नेपालमा साँझ ५ बज्दा दुई घण्टा ४५ मिनेट समय ढिलो हुने देश ग्रीसमा दिउँसोको पौने ३ बज्दछ । अर्थात् नेपालमा आज आइतवार साँझ ५ बजे नयाँ संविधान जारी भइरहँदा त्यहाँ संसदका सदस्यहरुको लागि निर्वाचन भइरहेको हुनेछ । गत जनवरीमा मात्रै त्यहाँ मध्यावधि निर्वाचन भएको थियो जसमा वामपन्थीहरुको गठबन्धन पार्टी सिरिजाले निर्वाचनमा खसेको कुल मतमध्ये ३६.३ प्रतिशत मत र ३ सय सदस्यीय संसदमा १ सय ४९ सिट जितेको थियो । ग्रीसमा मात्रै होइन, युरोपभरि कसैले नसोचेको सफलता त्यतिखेर सिरिजा पार्टीले हासिल गर्यो । र, उसले बहुमतका लागि आवश्यक बाँकी २ सिटका लागि अर्को सानो पार्टीसँग मिलेर आफ्नापूरा पढ्नुहोस्