Main Menu

Monday, September 14th, 2015

 

कविहरूले सडकबाट सोधे–

‘संविधानमा उत्पीडित समुदायलाई ठाउँ खोई ?’

भदौ २८, काठमाडौं । बन्दै गरेको नयाँ संविधानमा उत्पीडित समुदायको हक सुरक्षित नभएको भन्दै कविहरूले सडक अभियान सञ्चालन गरिरहेका छन् । झण्डै एक महिनादेखि राजधानीका चोक–चोकमा चलाइएको ‘पोस्टर कविता अभियान’ले शनिबार एक महिना पूरा गरेको छ । अभियानले एक महिना पूरा गरेको अवसरमा भदौ २६ गते शुक्रबार रत्नपार्क शान्ति वाटिकामा संयुक्त सडक कविता वाचन कार्यक्रम सम्पन्न भयो । ‘उन्मुक्त पुस्ता’ नामक युवा कविहरूको समूहले सुरु गरेको अभियानमा दलित, महिला, मधेस र जनजातिलाई मुख्य विषय बनाएर पोस्टर अभियान चलाइएको थियो । शुक्रबार शान्तिवाटिकामा सम्पन्न कार्यक्रममा २५ जना कविहरूले कविता सुनाए । अतिथि कविका रूपमा साहित्यकार आहुतिले कविता र सडकको सम्बन्धबारे मन्तव्यपूरा पढ्नुहोस्


जोकोभिच युएस ओपन विजेता, फाइनलमा फेडरर पराजित

भदौ २८, काठमाडौँ । नोभाक जोकोभिच यस वर्षको युएस ओपनको उपाधि जित्न सफल भएका छन् । सोमबार बिहान फ्लशिङ्ग मेडोजमा भएको फाइनलमा उनले रोजर फेडररलाई ६–४ ५–७ ६–४ ६–४ ले पराजित गरेका हुन् । ‘जब तपाईं सम्भवतः इतिहासकै सर्वोत्कृष्ट खेलाडीविरुद्ध खेल्नुहुन्छ, तब उसले तपाईंलाई उत्कृष्ट प्रदर्शनको लागि बाध्य पार्छ ।’ विश्व नं. १ जोकोभिचले खेलपछिको अन्तरवार्तामा भने, ‘र, आज यो उपाधि जित्नको लागि मलाई त्यही (उत्कृष्ट प्रदर्शन) आवश्यक थियो ।’ यस जितसँगै विश्व नं. २ फेडररविरुद्ध भएका ४२ खेलहरुमा २१–२१ को स्थितिमा रहेका जोकोभिचले गत जुलाईमा मात्रै फेडररलाई विम्बल्डनको फाइनलमा ४ सेटमै पराजित गरेका थिए । ‘गत दुई हप्ताको समयपूरा पढ्नुहोस्


हिङ्गिसको लागि सिजनको पाँचौँ प्रमुख उपाधि

हिङ्गिस र मिर्जालाई युएस ओपनको उपाधि

भदौ २८, काठमाडौँ । सानिया मिर्जा र मार्टिना हिङ्गिसले यस वर्षको युएस ओपनको महिला डबल्सतर्फको उपाधि जितेका छन् । यसै वर्ष विम्बल्डनमा पनि उपाधि जितको यो जोडीले आइतबार राति भएको खेलमा यारोस्लाभा स्भेडोभा र केसी डलेक्वालाई फाइनलमा ६–३ ६–३ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । सिङ्गल्सतर्फ पूर्व विश्व नं. १ स्वीस हिङ्गिसको लागि एकै युएस ओपनमा यो दोस्रो उपाधि हो । उनले भारतीय लियान्डर पेयजसित मिक्स्ड–डबल्सको उपाधि पनि हात पारेकी थिइन् । यससँगै हिङ्गिसले डबल्सतर्फ यस वर्ष प्रमुख उपाधिको संख्या ५ पु¥याएकी छिन् । यसअघि उनले यसै वर्ष लियान्डर पेयजसितै अष्ट्रेलियन ओपन र विम्बल्डनको मिक्स्ड–डबल्सको उपाधि पनिपूरा पढ्नुहोस्


आन्दोलनरत दलसँग वार्ता हुन सकेन

संविधान विधेयकमा आइतबारदेखि मतदान सुरु

भदौ २८, काठमाडौं । आन्दोलनरत दल र सरकारबीच वार्ता हुन नसकेपछि आइतबारदेखि संविधान विधेयकमा मतदान सुरु भएको छ । विधेयकमा मतदान सुरु हुनुअघि संविधानसभालाई तीन प्रमुख दलका शीर्ष नेताले सम्बोधन गरेका थिए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामा बोल्दै संविधानसभाबाट संविधानको सुनिश्चितताका लागि आफूहरु अघि बढेको बताए । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्ने दाबी गरे । उनले आन्दोलनरत दललाई वार्तामा आउन आग्रहसमेत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै खास जाति वा क्षेत्रको विरोधका आधारमा संविधान बन्नै नदिने अवस्थापूरा पढ्नुहोस्


पत्रपत्रिका

नेपालमा नौ देशका पाँच सय अवैध शरणार्थी

भदौ २८, काठमाडौं, सरकारले दुई देशका शरणार्थीलाई मात्र नेपालमा मान्यता दिए पनि अन्य नौ देशका नागरिक शरणार्थीको नाममा नेपालमा बस्दै आएका सोमबारको नयाँ पत्रिका दैनिकले लेखेको छ। नयाँ पत्रिका अगाडि लेख्छ : गृह मन्त्रालयका अनुसार विभिन्न नौ देशका चार सय ८७ जना शरणार्थी नेपालमा बस्दै आएका छन् । अन्य ३४ जनाले शरणार्थी बन्न शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)मा शरण खोजेका छन् । युएनएचसिआरले गृह मन्त्रालयमा दुई साताअघि दिएको विवरणअनुसार नेपालमा सबैभन्दा धेरै पाकिस्तानी शरणार्थी बस्दै आएका छन् । हाल दुई सय ६३ जना पाकिस्तानी शरणार्थी छन् । त्यस्तै, म्यानमार, अफगानिस्तान, श्रीलंका, सोमालिया, इरान, इराक, कंगो र बंगलादेशका नागरिक शरणार्थी छन्पूरा पढ्नुहोस्