Main Menu

Monday, September 7th, 2015

 

बेइजिङ्मा देवकोटासम्बन्धी प्रदर्शनी शुरु

भाद्र २१, बेइजिंग । चीनको राजधानी बेइजिङमा नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनबारे दुई दिने बृहत् प्रदर्शनीको शुरुवात भएको छ । आज विहान बेइजिंग लुसुन म्यूजियमको सभाकक्षमा आयोजित एक समारोहपछि यसको प्रारम्भ भएको हो । प्रदर्शनी भदौ २२ गतेसम्म चालु रहनेछ । प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने ३९ वटा दृश्यात्मक तथा विवरणात्मक सामग्रीहरु प्रदर्शन गरिएका छन् । देवकोटाद्वारा रचित पुस्तकहरु, देवकोटामाथि लेखिएका समालोचना ग्रन्थ र पत्रपत्रिकाका विशेषाङ्कहरु, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृतिहरु प्रदर्शन गरिएका छन् । नेपालका महाकवि देवकोटाको सवैभन्दा चर्चित कृति मुनामदनको कथा ल्हासासँग पनि जोडिएको, देवकोटा आफ्नो जीवनकालमा चीनमा पनि आएको,पूरा पढ्नुहोस्


विलियम्स दिदीबहिनी आमनेसामने

भदौ २१, काठमाडौँ । जारी युएस ओपनको पहिलो हप्ताको अन्तिम दिन दुबैले चौथो चरणका आ–आफ्ना खेल जित्दै विलियम्स दिदीबहिनी क्वार्टरफाइनल प्रवेश गरेका छन् । बहिनी सेरेना विलियम्सले आफ्नै देशकी म्यडिसल किजलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन् भने दिदी भिनस विलियम्सले इस्टोनियाकी १९ वर्षीय आनेट कोन्टाभेइटलाई ६–२, ६–१ ले पराजित गरिन् । आफ्नी दिदीभन्दा १ वर्षपछि, सन् १९९५ मा व्यावसायिक टेनिस खेल्न सुरु गरेकी सेरेनाको लागि भिनसविरुद्ध यो २७ औँ खेल हुनेछ । पहिलोचोटी सन् १९९८ मा अष्ट्रेलियन ओपनमा एकअर्काविरुद्ध व्यावसायिक खेल खेलेका विलियम्स दिदीबहिनी अन्तिमपटक यसै वर्षको विम्बल्डनमा पनि खेलिसकेका हुन् । एकअर्काविरुद्ध अहिलेसम्म खेलेका २६ खेलहरुमध्ये सेरेनापूरा पढ्नुहोस्


तीन दलको सहमतिमा भदौ ४ मा संविधानसभामा प्रस्तुत

मस्यौदा संविधानको मुख्य अंश

प्रस्तावना हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्दै, सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकपूरा पढ्नुहोस्


पत्रपत्रिका

मधेस आन्दोलन अझ चर्किने संकेत

भदौ २१, काठमाडौँ । काठमाडौँमा प्रमुख ३ दलको सहमतिमा संविधान निर्माणको प्रक्रिया दुईतिहाइमा पारित हुने स्थिति बनिरहँदा तराई–मधेसमा भने त्यस प्रक्रियाविरुद्ध आन्दोलन थप चर्किने संकेत देखिएको छ । आजको नयाँ पत्रिकामा मनोज घर्तीमगर लेख्छन्, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा तराईमा अनिश्चितकालीन बन्द जारी छ । शनिबार साँझसम्म प्रमुख दलले माग सम्बोधन गर्ने विश्वासमा रहेका उनीहरूले काठमाडौंले नसुनेको भन्दै आन्दोलन थप सशक्त बनाउने भएका छन् । आन्दोलनरत दलले २२ दिनको शान्तिपूर्ण आन्दोलनबाट माग सुनुवाइ नभएको निष्कर्ष निकालेका छन् । पूर्व–पश्चिम राजमार्गमा रातिको समयमा अवरोध गर्न नसक्दा काठमाडौंलाई दबाब नपुगेको निष्कर्ष उनीहरूको छ । अब रातिको समयमा पनि राजमार्ग अवरुद्ध गर्ने रणनीति उनीहरूलेपूरा पढ्नुहोस्


बोउकर्डको नाम फिर्ता

भदौ २१, काठमाडौँ । क्यनाडेली टेनिस खेलाडी युजिनी बोउकर्डले युएस ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् । लकररुममा ढलेर टाउकोमा चोट लागेपछि घाइते भएपछि उनले नाम फिर्ता लिनुपरेको हो । विश्व नं. २५ बोउकर्डले शुक्रबार तेस्रो चरणमा अष्ट्रेलियन ओपन उपविजेता डोमिनिका सिबुल्कोभालाई ३ सेटमा पराजित गरी चौथो चरणमा प्रवेश गरेकी थिइन् । चौथो चरणमा रोबर्टा भिन्सीको सामना गर्ने तालिका रहेको अवस्थामा बोउकर्डले नाम फिर्ता लिएपछि भिन्सी सोझै क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । सिबुल्कोभासितको खेलपछि शुक्रबार घाइते भएकी बोउकर्डले शनिबार दुई डबल्स खेलहरुबाट नाम फिर्ता लिएकी थिइन् । उनले सिङ्गल्स खेल भने पुनः खेल्न पाउने आशामा नाम फिर्ता लिएकी थिइनन् ।पूरा पढ्नुहोस्


अख्तियारद्वारा उपसचिवसहित ८ विरुद्ध मुद्दा दायर

भूकम्पपछिको त्रिपाल खरिदमा भ्रष्टाचार भएको ठहर

भदौ २१, काठमाडौं । गत बैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि बजारभाउभन्दा चारगुणा बढी मूल्यमा त्रिपाल खरिद गरी भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । आयोगले तीन चरणको खरिदमा दुई करोड ३६ लाख भ्रष्टाचार भएको ठहर गर्दै शहरी विकास मन्त्रालयका उपसचिवसहित ८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपसचिवहरू होमनाथ भट्टराई र रामकृष्ण गुरागाईं, नासु युवराज गिरी, नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हंसराज पाण्डेय, लक्की ए एस इन्टरप्राइजेजका सुनिलकुमार गौतम, दीपकिरण प्रिन्टङका रामशरण कुँवर, माता इन्टरप्राइजेजका कृष्णहरि चौलागाईं र अजय शुभ ट्रेडर्सका मोतीलाल पोखरेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सरकारी अधिकारीहरूले त्रिपाल बढीपूरा पढ्नुहोस्