Main Menu

Saturday, September 26th, 2015

 

पाँच ‘स’प्रति प्रतिवद्ध रहने उद्घोष

डा. बाबुराम भट्टराईव्दारा पार्टी परित्याग

काठमाडौं असोज ९ । नेपाली राजनीति देशभित्र र बाहिरबाट पेचिलो बन्दै गैरहेको स्थितिमा एकाएक एमाओवादी नेता बाबुराम भट्टराईले एकीकृत माओवादी पार्टी परित्याग गरेका छन् । आज दिउँसो काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य र रुपान्तरित व्यवस्थापिका संसदको सभासद पदबाट पनि राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यो जानकारी एमाओवादी पार्टी अध्यक्ष प्रचण्डलाई र सभामुख सुवास नेम्वाङलाई पनि दिइसकेको बताए । उनले तत्काल आफूले के गर्ने भन्ने बारेमा ठोस धारणा बताएनन् । सरसल्लाह गरेर तय गर्ने उनको भनाइ रह्यो । “अव म व्यवस्थापिका संसदको सदस्य पनि छैन, कुनै पार्टीको सदस्य पनि छैन । आगामी दिनमा म यो देशकापूरा पढ्नुहोस्


चीन भूकम्पले बन्द नाका खोल्न तयार

नाकाबन्दीको प्रभाव न्यून हुने संकेत

असोज ९, काठमाडौं । चिनीया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा नेपाल सहित दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपमन्त्री छन फङ सियाङले चीनले तत्काल तातोपानी र रसुवागढी नाका खोली आवश्यक मात्रामा उपभोग्य सामग्री नेपाल भित्र्याउने कामलाई चीनले प्राथमिकतामा राखेको बताएका छन् । चीनको जनप्रतिनिधिसभा ‘नेशनल पिपुल्स कंग्रेस’ को अन्तर्राष्ट्रिय मामिला कमिटीका उपाध्यक्षसमेत रहेका उपमन्त्री सियाङले बेइजिङमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केसँग कुराकानी गर्दै अघोषित रुपमा भारतले नेपालमाथि थोपरेको नाकाबन्दीबाट नेपाली जनताले भोग्नु परेको असुविधालाई चिर्न चीन तयार भएको संकेत दिए । सोही क्रममा उनले नेपालका अत्यधिक जनप्रतिनिधिहरुद्वारा निर्माण गरिएको संविधानलाई चीनले सहर्ष स्वागत गरेको राजदूत डा. मास्के समक्ष प्रस्तुतपूरा पढ्नुहोस्


प्रगतिवादी साहित्य लेखनका २० चुनौती

प्रगतिवाद के हो भन्नेबारे माक्र्स र एङ्गेल्सका आधारभूत मान्यता, लेनिन र माओका विचार, गोर्की र लु सुनका सिर्जनासहितका धारणा, क्रिस्टोफर कडवेल र भिक्टर आफानास्येभका गम्भीर विमर्श र व्याख्या लगायतका विदेशी विचारकहरूका मान्यतादेखि नेपाली विचारकहरू (गोविन्दप्रसाद लोहनी, गोविन्द भट्ट, कृष्णदास श्रेष्ठ, चैतन्य, निनु चापागाईं, मोदनाथ प्रश्रित, घनश्याम ढकाल, ऋषिराज बराल, डा.देवीप्रसाद गौतम, डा.जगदीशचन्द्र भण्डारी, डा.ताराकान्त पाण्डेय, डा.गोपीन्द्र पौडेल, विष्णु प्रभात, अमर गिरी, आहुति, रमेशप्रसाद भट्टराई, हेमनाथ पौडेल, ईश्वरचन्द्र ज्ञवाली लगायतका दर्जनौँ लेखकहरू) का धारणाहरू प्रस्तुत भएका कृतिहरू बजारमा पाइन्छन् । उनीहरूका भनाइलाई उद्धरण गरिरहनु भनेको उनै कुराको पुनरावृत्ति गर्दै बौद्धिक विलास गर्नु र लेखलाई लम्ब्याउनु मात्रै हो । त्यसैले यस पत्रमापूरा पढ्नुहोस्


भारतीय संस्थापन र मधेसी मोर्चाबीच अघोषित एकता !

नाकाहरुमा आयात–निर्यात करिब शून्य

असोज ९, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाली नाकाहरुमा भारतको कारणले नभई मधेसी आन्दोलनका कारणले मालवाहक गाडीहरु आउजाउ हुन नसकिरहेको बताए पनि उसले गत दुई दिनदेखि नाकाहरुमा अस्वभाविक सुरक्षा कडाइ गरी अवरोध खडा गरिरहेको व्यापारीहरुको भनाइ रहेको छ । अहिले भारतर्फबाट नेपाल भित्रिनका लागि नाकाहरुमा आइपुगेका अत्यावश्यक सामग्री बोकेका सयौं मालवाहक गाडीहरु भारतीय पक्षबाट भएको अस्वभाविक सुरक्षा जाँचको कारणबाट सीमावर्ती भारतीय शहरहरुमा अलपत्र परिरहेको कुरा नेपाली भन्सार अधिकारीहरुले बताएका छन् । दैनिक सयौं मालवाहक गाडी भारततर्फबाट नेपाल भित्रीने काकडभित्ता, जोगबनी, वीरगञ्ज, सुनौली–भैरहवा, नेपालगञ्ज आदि कुनै पनि नाकाबाट दुई दिन यता मुश्किलले दुई चारवटा मालवाहक गाडी नेपाल भित्रिएको बताइन्छ । समाचारपूरा पढ्नुहोस्