Main Menu

चीन भूकम्पले बन्द नाका खोल्न तयार

नाकाबन्दीको प्रभाव न्यून हुने संकेत

नेपाल-चीन सीमानाका तातोपानी

नेपाल-चीन सीमानाका तातोपानी

असोज ९, काठमाडौं । चिनीया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा नेपाल सहित दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिला हेर्ने उपमन्त्री छन फङ सियाङले चीनले तत्काल तातोपानी र रसुवागढी नाका खोली आवश्यक मात्रामा उपभोग्य सामग्री नेपाल भित्र्याउने कामलाई चीनले प्राथमिकतामा राखेको बताएका छन् । चीनको जनप्रतिनिधिसभा ‘नेशनल पिपुल्स कंग्रेस’ को अन्तर्राष्ट्रिय मामिला कमिटीका उपाध्यक्षसमेत रहेका उपमन्त्री सियाङले बेइजिङमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केसँग कुराकानी गर्दै अघोषित रुपमा भारतले नेपालमाथि थोपरेको नाकाबन्दीबाट नेपाली जनताले भोग्नु परेको असुविधालाई चिर्न चीन तयार भएको संकेत दिए । सोही क्रममा उनले नेपालका अत्यधिक जनप्रतिनिधिहरुद्वारा निर्माण गरिएको संविधानलाई चीनले सहर्ष स्वागत गरेको राजदूत डा. मास्के समक्ष प्रस्तुत गरे । जवाफमा डा. मास्केले नयाँ संविधानलाई चीनले स्वागत गरेकोमा नेपाल तर्फबाट धन्यवाद दिएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

दूतावास स्रोतले जनाए अनुसार चीनले नेपालमा भइरहेका राजनीतिक गतिविधिहरुलाई नेपालको आन्तरिक मामिला मानेको छ । र, ऊ त्यसमाथि कुनै हस्तक्षेपकारी भूमिका खेल्न चाहँदैन । साथै नेपालको आन्तरिक मामिलामा अरु कसैले हस्तक्षेप गरेकोमा पनि चीनको आपत्ति रहेको संकेत उपमन्त्री छन फङ सियाङले दिएको बताइन्छ ।

रसुवागढी–केरुङ नाका

रसुवागढी–केरुङ नाका

चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले जानकारी गराए अनुसार उपमन्त्री छन फङ सियाङले दशैंअघि नै चीनतर्फका सीमानाकाहरु खोलेर दशैंमा नेपालमा उपभोग्य वस्तुहरुको अभाव हुन नदिन चीन प्रतिवद्ध भएको जनाउ दिएका छन् । तर, उपमन्त्री छनले वार्ताको माध्यमबाट नै मधेस आन्दोलनको समाधान खोजिनुपर्ने सुझाव नेपाललाई दिएको बताइन्छ ।

(Visited 1,919 times, 1 visits today)

टिप्पणी

comments