Main Menu

Friday, September 18th, 2015

 

आन्दोलनमा मारिनेलाई दश लाख दिने निर्णय

संविधान जारी हुने अवसरमा दुई दिन सार्वजनिक बिदा

असोज १, काठमाडौं । नयाँ संविधान घोषणाको अवसरमा सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्री परिषदको बैठकले संविधान जारी हुने दिन असोज ३ र त्यसको भोलिपल्ट बिदा दिने निर्णय गरेको हो । सरकारले मधेस लगायत देशका विभिन्न ठाउँमा चलिहेको आन्दोलनमा ज्यान गुमाउनेलाई दश÷दश लाख रुपैँया क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ । आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च बेहोर्ने पनि मन्त्री परिषदले निर्णय गरेको बताइएको छ । मधेस लगायतका क्षेत्रमा चलिरहेको आन्दोलनलाई सरकारले एकतर्फी रुपमा भए पनि राजनीतिक सम्बोधन गर्नुपर्ने आवाज उठिरहेको बेलामा सरकारले यस्तो निर्णय गरेको हो । सरकार र आन्दोलनरत शक्तिबीच अनौपचारिकपूरा पढ्नुहोस्


उत्तरी छिमेकीको सद्भाव

नेपालमा संविधान निर्माण भएकोमा चीन खुशी

असोज १, काठमाडौं । नेपालको संविधानसभाले नयाँ संविधान पारित गरेकोमा चीनले खुशी व्यक्त गरेको छ । चिनियाँ राजदूतले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी चीनको खुशी र समर्थन सुनाएका हुन् । उता चीनबाटै पनि संविधानसभाले संविधान पारित गरेको भोलिपल्ट चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पारित संविधानको समर्थन गर्दै खुशी व्यक्त गरेका समाचारहरूमा जनाइएको छ । विदेश मन्त्रालयका प्रवक्ता होङ लिले बेइजिङका सञ्चारमाध्यमहरूको नेपालसम्बन्धी जिज्ञासामा चीन खुशी भएको बताएका हुन् । उनले नेपालको संविधानप्रति खुशी र समर्थन व्यक्त गरेको कुरा नेपाल स्थित चिनियाँ दुतावासले जनाएको छ । छिमेकी मित्रराष्ट्र नेपालको राजनीतिक आर्थिक विकास सबै नेपालीको चाहना अनुरुप अघि बढोस् र त्यही बाटोमा अघिपूरा पढ्नुहोस्


पत्रपत्रिका

मधेसी-थारुले नागरिकता फिर्ता गर्ने घाेषणा गरे

असोज १, काठमाडाैं । सरकारसँग भएका पूर्वसहमति कायम हुनुपर्नेलगायतका माग राख्दै आन्दोलनरत संयुक्त मधेसी थरुहट संघर्ष समितिले नागरिकता फिर्ता गर्ने घोषणा गरेकाे खबर अाजको नयाँपत्रिका  दैनिकले छापेको छ  ।  समाचार अनुसार साे संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई नागरिकता प्रमाणपत्रहरु बुझाउने भएका छन् । तराई मधेसमा जारी आन्दोलनमा आफूहरूलाई सरकारले दोस्रो दर्जाको रूपमा हेरेकाले आफूहरूको नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई बुझाउने मोर्चाले निर्णय गरेको संयोजक महेन्द्र यादवले बताए । भैरहवामा पत्रकार सम्मेलन गरी मोर्चाका संयोजक महेन्द्र यादवले शुक्रबारदेखि नेपालीसहित भारतीय सवारीसाधनसमेत सञ्चालन गर्न नदिने बताए । यसअगाडि भारतीय नम्बरका मालवाहकबाहेक अन्य गाडी नेपालमा सहज रूपमा चलेका थिएपूरा पढ्नुहोस्


चिली महाभूकम्प अपडेट

चिलीमा पराकम्प जाने क्रम जारी : ८ को मृत्यु

असोज १, काठमाडौं । नेपाली समय अनुसार हिजो बिहान सबेरै चिलीमा गएको ८.३ म्याग्निच्युडको महाभूकम्पले अहिलेसम्म ८ जनाको ज्यान लिएको कुरा लण्डनबाट प्रकाशित हुने गार्जियन पत्रिकाले जनाएको छ । समाचारमा जनाइए अनुसार महाभूकम्पको पहिलो र मुख्य धक्का तीन मिनेटसम्म जारी रह्यो । र, यसले लगातार थप पराकम्पहरु ल्यायो भने समुद्री किनारामा साढे चार मिटर अग्लोसम्मको सुनामीको छाल पनि ल्यायो । खबर अनुसार महाभूकम्पको मुख्य धक्कापछिको २४ घण्टाभित्र ४० भन्दा बढी पराकम्पहरु गइसकेका छन् । एउटा पराकम्प ७ म्याग्निच्युडको रह्यो भने ७ वटा अन्य पराकम्पहरु ६ वा ६ भन्दा ठूलो म्याग्निच्युडका रहे । चिलीको सयौं किलोमिटर लामो समुद्री तटवर्ती क्षेत्रका वस्तीहरुपूरा पढ्नुहोस्