Main Menu

Friday, September 4th, 2015

 

राज्यले हाम्रो भविष्यमाथि खेलवाड गरेको छ – डा. केसि

डा. गोबिन्दको अनशन लम्बिने संकेत

भदौ १९, काठमाडौं । सरकारले उल्टो निर्णय गरेपछि शिक्षण अस्पताल महाराजगञ्जमा १२ दिनदेखि अनशनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा चिकित्सक डा. गोबिन्द केसिको आमरण अनशन थप लम्बिने भएको छ । शुक्रवार साँझ एक विज्ञप्ति प्रकाशित गरी उनले विगतमा झैं अहिले आफ्नो आन्दोलन सम्झौतामा नटुङ्गिने बताए । यो सहित ६ पटक आमरण अनशनमा बसेका डा. गोबिन्द केसिले यसपालि कुनै पनि हालतमा सरकारको झूठा आश्वासनमा आफू नफस्ने घोषणा प्रारम्भमै गरेका थिए । तर, सरकार भने यसपालि पनि डा. केसिलाई कुनै न कुनै भ्रममा पारी माग पूरा गरेजस्तो देखाएर अनशन तोडाउन सकिन्छ भन्ने विश्वासमा लाग्यो । र, उसले नाफाका लागि सर्वसाधारण नेपाली जनताको टाउकोमापूरा पढ्नुहोस्


मानसिक रोगसँग लड्दै फिसको सन्यास

आफ्नो खेल जीवनको अन्तिम प्रतियोगिता हेर्न उपस्थित हजारौँ समर्थकहरुको अभिवादनको दृश्य अमेरिकी टेनिस खेलाडी मार्डि फिसको मानसपतलमा जीवनभर खेलिरहनेछ । आफ्नै राष्ट्रमा हुने युएस ओपनको यस वर्षको दोस्रो चरणको खेल फिसको व्यावसायिक खेल जीवनको अन्तिम खेल हुन पुग्यो । यद्यपि, भविष्यमा यस खेलको कसैले चर्चा गरेमा फिस विश्व नं. १८ फिलिसियानो लोपेजसित पराजित भएको तथ्य ओझेलमा पर्नेछ । चर्चा हुनेछ त उनको खेलमा फर्कने साहसको; चर्चा हुनेछ त उनको दृढताको । सन् २०१२ को युएस ओपनमै रोजर फेडररविरुद्धको खेल फिसले छाड्नुपरेको थियो । खेल सुरु हुनु केही समयअगाडि मात्र फिसमा एक्कासी “प्यानिक एट्याक” नामक मनोवैज्ञानिक समस्या देखा पर्यो । खेल सुरु हुनुपूरा पढ्नुहोस्


बेइजिङ्मा देवकोटासम्बन्धी प्रदर्शनी हुने

 भदौ १८, काठमाण्डौं । आगामी भाद्र २२ र २३ का दिन मित्रराष्ट्र चीनको राजधानी बेइजिङ्मा नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनबारे दुईदिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ । प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने विभिन्न सामग्रीहरुको प्रदर्शन गरिने भएको छ । यसका लागि करिब ४० वटा सूचनामूलक र दृश्यावलीयुक्त फ्लेक्स, देवकोटाद्वारा रचित ३ दर्जन पुस्तक, देवकोटामाथि लेखिएका समालोचना ग्रन्थ र पत्रपत्रिकाका विशेषाङ्क करिब ५० थान, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृति तथा देवकोटाको जीवनीमा आधारित एउटा बृत्तचित्र प्रदर्शन गरिनेछ । उक्त प्रदर्शनीका लागि, बेइजिङ्स्थित बेइजिङ्–लुसुन सङ्ग्राहालयको निमन्त्रणमा नेपाली संस्था देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठानको प्रतिनिधिमण्डल २० भाद्रका दिनपूरा पढ्नुहोस्