Main Menu

Monday, September 28th, 2015

 

अघोषित नाकाबन्दीको विरोध

विद्यार्थीद्वारा भारतीय दूतावासबाहिर प्रदर्शन

असोज ११, काठमाडौं । केही दिनदेखि भारतले लगाइरहेको अघोषित नाकाबन्दीको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावासबाहिर प्रदर्शन गरेका छन् । प्रमुख वामपन्थी दलहरुसम्बद्ध विद्यार्थी संगठनहरुले सोमबार लैनचौरस्थित भारतीय दूतावासमा पुगेर विरोध जनाएका हुन् । अमृत साइन्स कलेजबाट निस्केको जुलुसमा ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘अन्तर्राष्ट्रिय पारवहन सन्धिको पालना गर’, ‘अघोषित नाकाबन्दी फिर्ता गर’ लगायतका नारा लगाएइको थियो । कार्यक्रममा बोल्दै एमाओवादीसम्बद्ध अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले नाकाबन्दी फुकाउन सरकारले कुटनीतिक तरिकाले वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले भारतलाई पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चुनौती दिए । प्रदर्शनमा एमाले निकट अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रत्नपूरा पढ्नुहोस्


पहिचानको माग नसुन्दा स्वतन्त्रताको स्वर

स्पेनको क्षेत्रीय निर्वाचनमा स्वतन्त्रतावादीहरू विजयी

असोज ११, काठमाडौं । स्पेनको क्याटलेन क्षेत्रमा भएको निर्वाचनमा स्वतन्त्र क्याटलेन पक्षधर समूहले बहुमत हासिल गरेको छ । स्थानीय सरकारका लागि भएको निर्वाचनमा १३५ सिटमा स्वतन्त्रता पक्षधर गठबन्धनले ७२ सिट प्राप्त गरेको हो । आइतबार भएको निर्वाचनमा क्याटेलन पक्षधर समूहले ऐतिहासिक जीत हासिल गरेपछि उनीहरूले उक्त जनमतलाई स्वतन्त्र क्याटलेनका लागि छायाँ जनमत सङ्ग्रहका रुपमा अथ्र्याएका छन् । केही वर्षदेखि स्पेनमा स्थानीय क्षेत्रको अधिकारको विषयलाई लिएर गहिरो राजनीतिक संकट उत्पन्न भएको थियो । अहिलेसम्म गणना गरिसकिएको ९८ प्रतिशत मतमा ‘टुगेदर फर एस’ समूहले ६२ सिट र वामपन्थी तथा स्वतन्त्रता पक्षधर अर्को दल पपुलर युनिटी क्यान्डिडेसीले १० सिट प्राप्त गरेका छन् । यीपूरा पढ्नुहोस्


बाबुराम भट्टराईको पार्टी परित्याग : कसले के के भने ?

नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एमाओवादी : क• बाबुराम भट्टराईको पार्टी परित्याग गर्ने आजको निर्णय बाट म दुखी छु।पार्टी र देशले यतिबेला सामना गर्नु परिरहेको असहज परिस्थितीको सन्दर्भमा यो निर्णय अपेक्षित थिएन।पार्टी र आन्दोलनको रुपान्तरण र पुनर्गठनको निम्ती हाम्रो एकताबद्द एवं संगठित भूमिकाको आवश्यकता छ।तसर्थ म क• भट्टराई लाई आफ्नो निर्णयमा पुनर्बिचार गर्न बिनम्रतापुर्बक अनुरोध गर्दछु। (फेसबुकबाट) टोपबहादुर रायमाझी, सचिव एमाओवादी : उहाँसँगै बसेर हामीले कुरा उठायौँ । एकबचन पनि कुरा नगरी यस्तो गर्नुभयो । १५ मिनेट अगाडि फोन गर्नुभएको थियो । सरपराइज गर्नुभयो । ढोका खुला राखौँ, उहाँलाई घर फर्कन आग्रह गरौँ । देवेन्द्र पौडेल, स्थायी समिति सदस्य, एमाओवादी : उहाँलेपूरा पढ्नुहोस्


डिएगो कोस्टाः ‘झगडालु’ खेलाडीको नम्र पाटो

चेल्सीका स्ट्राइकर डिएगो कोस्टा अहिले तीन खेलको प्रतिबन्धमा छन् । गत हप्ता प्रतिद्वन्द्वी आर्सनलविरुद्धको खेलमा आर्सनलका डिफेन्डर लरेन कोसियल्नीसितको घम्साघम्सीमा फुटबल एसोसियसनले उनलाई प्रतिबन्धको घोषणा गरेको थियो । तर, यो उनको पहिलो विवादास्पद क्षण भने होइन । खासमा भन्नुपर्दा विवादास्पद घटनाहरुबाट भरिपूर्ण कोस्टाको खेल जीवनमा यो पछिल्लो घटना मात्र हो । तर, हरेक व्यक्तिको व्यक्तित्वको पछाडि कारण हुन्छ । र, स्टारडम प्राप्त गरेका व्यक्तिहरुको व्यक्तित्वमा सामान्य मानिसले बिरलै देख्ने पाटो लुकेको हुन सक्छ । कोस्टाको सवालमा उनी किन बेलाबेलामा विवादमा आइरहन्छन् त ? किन झगडालु भए कोस्टा ? र, सायद उनको व्यक्तित्वमा पनि त लुकेको पाटो होला ? हुर्काइ कसैकोपूरा पढ्नुहोस्


एमाओवादी केन्द्रीय समिति बैठक

भट्टराईलाई पार्टीमा नेतृत्वदायी भूमिकामा फर्कन अपिल

असोज ११, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीमा नेतृत्वदायी भूमिकामै फर्कन एकीकृत नेकपा माओवादीले अपिल गरेको छ । आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकले डा. भट्टराईको पार्टी परित्यागको निर्णयमाथि पुनर्विचार गरी सच्याउन पनि अनुरोध गरेको छ । केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ, ‘यो बैठक हाम्रो पार्टीका वरिष्ठ नेता क. बाबुराम भट्टराईको पार्टी परित्याग गर्ने निर्णयलाई अनुपयुक्त, असान्दर्भिक एवम् गलत ठान्दछ र दुःख प्रकट गर्दछ । नयाँ संविधान घोषणाको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै त्यसपछि उत्पन्न परिस्थितिलाई र अन्यौल एवम् उत्पीडित जनताको जायज मुद्दाहरुलाई सम्बोधनद्वारा सकारात्मक समाधानमा पुर्याएर राष्ट्रलाई नयाँ शिराबाट नेतृत्व गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा आएकोपूरा पढ्नुहोस्