Main Menu

Wednesday, September 9th, 2015

 

मधेसमा उग्र प्रदर्शन जारी

जलेश्वरमा गोली चल्यो : चारको निधन

भदौ २३, जलेश्वर । बुधवार अपरान्ह संयुक्त मधेसी मोर्चाको जुलुसमा प्रहरीले गोली हान्दा जलेश्वरमा चार प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना रोहन चौधरी, मुसवा कापर र रामविवेक यादव रहेका छन् भने एकजनाको नाम खुलेको छैन । बुधवार दिउँसो २ बजे संयुक्त मधेसी मोर्चाको आह्वानमा जलेश्वरमा प्रदर्शनको तयारी हुँदैथियो । प्रदर्शनका लागि छोटो समयमै ठूलो संख्यामा मानिसहरु स्थानीय महेन्द्र चोकमा भेला हुन पुगे । कोही नेताले चोकमा जम्मा भएको भीडलाई सम्वोधन गर्न लागे । तर,, भीड भाषण सुन्नमा नलागी उग्र नारावाजीका साथ प्रहरीको एसपि कार्यालयतर्फ अघि बढ्यो । केही बेरमै प्रहरी र प्रदर्शनकारीबीच झडपको सिर्जना भयो । प्रहरीले जुलुसलाईपूरा पढ्नुहोस्


एमाओवादी मधेसी–थारु सभासद् भन्छन्

सम्विधान निर्माण र वार्ता सँगसँगै होस्

भदौ २३, काठमाडौं । एमाओवादी मधेसी–थारु सभासद्हरुले पार्टी नेतृत्वलाई तराई–मधेसमा आन्दोलनरत पक्षसँग वार्ता गर्ने र सम्विधान निर्माणको प्रक्रियालाई पनि अगाडि बढाइराख्नुपर्ने सुझाव दिएका छन् । बुधवार दिउँसो २ बजे सम्विधानसभा भवन परिसर नयाँबानेश्वरमा पार्टी नेतृत्वसँग ‘तराई–मधेसमा जारी आन्दोलनको निकास के हुन सक्छ’ भन्ने सवालमा छलफल गर्न बोलाइएको भेलामा उनीहरुले सो सुझाव दिएका हुन् । करिब साढे एक घण्टा चलेको सो छलफलमा आन्दोलनरत पक्षलाई वार्तामा ल्याउन सरकारलाई तत्काल सेना परिचालन रोक्न लगाउन पार्टी नेतृत्वले पहल गर्नुपर्ने सुझाव दिइयो । त्यस्तै गरी वार्ताको वातावरण बनाउनका लागि केही दिनको लागि ‘सम्विधानसभाको कार्वाहीलाई स्थगित गराउनु पर्ने हो वा सम्विधानसभामा छलफलको प्रक्रियालाई लम्ब्याउनु पर्ने हो’पूरा पढ्नुहोस्


सत्तारुढ तथा विपक्षीका मधेसी–थारु एवं जनजाति पनि आन्दोलित

मागलाई सम्वोधन गर्नु निर्विकल्प

भदौ २३, काठमाडौं । तराईमा चलिरहेको मधेसी–थारुको र पूर्वी पहाड तथा अन्यत्र चलिरहेका आन्दोलनहरु अब गैर सत्तारुढ एवं गैर प्रमुख विपक्षीको मात्र नहुने संकेत देखिएको छ । सम्विधान निर्माणको काम केही समय रोकेर भए पनि जारी आन्दोलनलाई सम्वोधन गरिनुपर्ने माग सत्तारुढ दलहरु नेपाली कांगे्रस र नेकपा एमाले एवं प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका मधेसी–थारु तथा जनजाति सभासद्हरुले आ–आफ्ना पार्टीका शिर्ष नेताहरु समक्ष राखेका छन् । मंगलवार कांगे्रसी मधेसी–जनजाति सभासद्हरुले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी आन्दोलनरत मधेसी–जनजाति पक्षलाई बाहिर राखेर संविधान जारी गर्ने प्रयास गरिएमा देशमा ठूलो संकट आउने चेतावनी दिएका छन् । उनीहरुलेपूरा पढ्नुहोस्


पत्रपत्रिका

डा‍. केसीद्वारा पुनः अनसनको चेतावनी

भदौ २३, काठमाडौँ । छैटौँ अनशन तोडिएको दुई दिन नबित्दै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले सरकारलाई सातौँ अनशन बस्ने चेतावनी दिएको खबर आजको नयाँपत्रिकाले छापेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै उनले बिहीबारसम्म मेडिकल कलेजका सिट, शुल्क र मेरिटमा भर्ना तथा चिकित्सा शिक्षा आयोग गठन गर्ने कुरा कार्यान्वयन नगरे शुक्रबारबाट पुन: आमरण अनशन बस्ने जनाएका छन् । शनिबार मध्यरात एघारबुँदे सम्झौतापछि डा. केसीले आइतबार दिउँसोबाट १४ दिन लामो अनशन तोडेका थिए । दुई दिनपछि नै उनी आफूसँग भएको सम्झौता पालना नगरेर सरकारले पुन: धोका दिएको निष्कर्षमा पुगेका छन् । सम्झौताको पहिलो बुँदामा मन्त्रिपरिषद्को पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठनपूरा पढ्नुहोस्


मधेसी दलका उनन्साठीले संविधानसभा छाडे

तराई–मधेसको लडाईं आमनेसामने

भदौ २३, काठमाडौं । उत्पीडितहरुको मागलाई बेवास्ता गरी आन्दोलनलाई सत्ताको बुथले कुल्चेर जसरी पनि संविधान बनाउने धुनमा लागेका सत्तारुढ दलहरुलाई मधेसी दलहरुले संविधानसभा नै छाडेर आमनेसामने लडाईंको चुनौती दिएका छन् । मंगलवारसम्ममा तराई–मधेस तथा जनजातिका ५९ सभासद्हरु सम्विधानसभा वहिष्कार गरी सम्विधान निर्माण प्रक्रियाबाट अलग भइसकेका छन् । पेलेरै सम्विधान बनाउने कार्यको विरोधमा भदौ २२ गते मंगलवार फोरम लोकतान्त्रिकले औपचारिक रुपमै सभामुख सुभासचन्द्र नेम्वाङलाई पत्र दिई सो पार्टी संविधान लेखन प्रक्रियाबाट अलग भएको जानकारी गरायो । सभामुखको कार्य कक्ष सिंहदरबार गई फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुरमार गच्छदारले सो पत्र सभामुखलाई बुझाएका हुन् । संविधानसभा छाडेर जाने क्रममा यसअघि नै राजेन्द्र महतोको नेतृत्वकोपूरा पढ्नुहोस्


सिलिचको कठिन जित

भदौ २३, काठमाडौँ । गत वर्षको युएस ओपन विजेता क्रोयसियाली मारिन सिलिचले चौथो चरणमा फ्रान्सका विश्व नं. १९ जो विल्फ्रेड जोङ्गालाई कठिन ५ सेटमा पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेका छन् । २६ वर्षीय विश्व नं. ९ सिलिचले पहिलो दुई सेट सजिलै जित्दै सोझो सेटमा खेल आफ्नो पक्षमा पार्ने देखिएको थियो । यद्यपि, दोस्रो सेटको अन्त्यपछि घुँडामा उपचार गराएका जोङ्गा त्यसपछि खेलमा फर्किएका थिए । तेस्रो र चौथो सेट जितेर जोङ्गाले खेल बराबरीमा पुर्याए । जोङ्गाको पुनरागमन खेल जित्नको लागि भने पर्याप्त भएन र अन्तिम सेट जित्दै ३ घण्टा ५८ मिनेट लगाएर सिलिचले खेल ६–४ ६–४ ३–६ ६–७(३) ६–४ लेपूरा पढ्नुहोस्