Main Menu

Tuesday, September 8th, 2015

 

नेताहरूमा आन्दोलनको स्पिरिट मरिसक्यो : पद्मरत्न

मानवअधिकार, भाषिक–सांस्कृतिक हक र नागरिक आन्दोलनसँग अभिन्न रूपमा जोडिएको नाम हो– पद्मरत्न तुलाधर । माओवादी जनयुद्धकालमा सरकार–माओवादी वार्ताका सहजकर्ताको भूमिका निर्वाह गरेका तुलाधर २०६२/०६३ को जनआन्दोलनमा नागरिक अगुवाका रूपमा आन्दोलनको नेतृत्वमा थिए । पाँच दशकदेखि भाषिक–सांस्कृतिक अधिकारका लागि लडिरहेका उनी अघिल्लो वर्ष गठित आदिवासी–जनजाति राष्ट्रिय आन्दोलनका संयोजक समेत हुन् । तुलाधरसँग संविधान निर्माण र समसामयिक राजनीतिका विषयमा मूल्याङ्कनका लागि सङ्गीत श्रोताले गरेको कुराकानी : संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको भनिएको छ । प्रमुख दलहरू जसरी पनि संविधान ल्याउने तयारीमा छन् । संविधानसभाबाहिर विरोध र असन्तुष्टि पनि कायमै छन् । तपाईंले यसलाई कसरी हेर्नुभएको छ ? पद्मरत्न : संविधानसभाभित्रको बनावट रपूरा पढ्नुहोस्


मरे स्तब्ध, वावरिङ्का र एजरेङ्का अन्तिम आठमा

भदौ २२, काठमाडौँ । स्कटल्याण्डका पूर्व युएस ओपन एन्डी मरे यस वर्षको युएस ओपनबाट बाहिरिएका छन् । उनलाई विश्व नं. १५ केभिन एन्डर्सनले ४ घण्टा १८ मिनेट लामो खेलमा ७–६(५) ६–३ ६–७(२) ७–६(०) ले पराजित गरे । यससँगै विश्व नं. ३ मरे पाँच वर्षमा पहिलोपटक कुनै ग्रान्ड स्लामको क्वार्टर फाइनलमा प्रवेश गर्न विफल भएका छन् । केभिन एन्डर्सनका लागि भने कुनै ग्रान्ड स्लामको क्वार्टर फाइनलमा प्रवेश गरेको यो पहिलो अवसर हो । साथै, ग्रान्ड स्लाममा उनले कुनै टप १० खेलाडीलाई पराजित गरेको पनि पहिलोपटक हो । अब क्वार्टर फाइनलमा एन्डर्सनको भेट स्वीस नं. २ स्टानिस्लास वावरिङ्कासित हुनेछ । विश्व नं.पूरा पढ्नुहोस्


भदौ मसान्तभित्र संविधान जारी गर्ने तयारी

मंगलवारबाट दफावार छलफल सुरु हुने

भदौ २२, काठमाडौं । संविधानसभाले भदौ ३१ भित्र नयाँ संविधान जारी गर्ने तयारी गरेको छ । यसका लागि मंगलवारदेखि मस्यौदा सम्विधानमाथि दफावार छलफल गराउन संविधानसभाको बैठक बोलाइएको छ । सभामुख सुभास नेम्वाङले दफावार छलफलका लागि आज अपरान्ह सम्विधानसभाको बैठक बोलाएका छन् । विधेयकमाथि संशोधन प्रस्ताव हाल्न सभासदहरुलाई भदौ १९ गतेसम्म म्याद दिइएकोमा त्यस समयभित्र जम्मा ५६ प्रस्ताव परेको छ । मंगलवारको बैठकमा ती संशोधन प्रस्तावहरु र विधेयकका दफामा एकमुष्ट छलफल गराइने भएको छ । यसैबीच संशोधन प्रस्ताव हाल्ने केही सभासदहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका छन् । नेपाली कांग्रेसका शंकर भण्डारीले ‘नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने’ माग गर्दै संशोधन प्रस्ताव दर्तापूरा पढ्नुहोस्


पत्रपत्रिका

धनुषामा मधेश आन्दोलनले उग्र रूप लिँदै

भदौ २२, जनकपुर ।  तराई–मधेसमा अनिश्चितकालीन आमहडताल २४औँ दिनमा पुग्दा धनुषामा आन्दोलनले उग्र रूप लिएको समाचार आजको नयाँपत्रिकामा छापेको छ । सोमबार दिउँसो लाठी जुलुस निकालेका प्रदर्शनकारीले मेघाउलमा रहेको कांग्रेस जिल्ला कार्यालयमा आगजनी गरेका छन् । कांग्रेस कार्यालयमा आगजनी गरेर आन्दोलनकारी एमालेको जिल्ला कार्यालयमा आगजनी गर्न अघि बढेका थिए । एमाले कार्यालय भएको बाटोमा प्रहरीले लाठी बोकेका आन्दोलनकारीलाई रोकेपछि सुरु भएको झडप झन्डै चार घन्टासम्म जारी रह्यो । झडपमा प्रहरीले दर्जनौँ अश्रुग्यास, रबरको गोली र छर्रा प्रहार गरेको छ । रबरको गोली लागेर तीन आन्दोलनकारी घाइते भएका छन् । सुनील राउत, रूपेश चौधरी र रञ्जित साह घाइते भएका छन् ।पूरा पढ्नुहोस्


भारतीय सेयर कारोबारमा भारी गिरावट

के भारतले आर्थिक संकट बेहोर्दै छ ?

भदौ २२, काठमाडौं । भारतमा केही समय यताका आर्थिक सूचकांकहरुले त्यहाँ आर्थिक संकट निम्त्याउन सक्ने संकेत गरेका छन् । भारतमा अगस्ट महिनाको सेयर बजारको अवस्था निकै खराब भएको र सेप्टेम्बरको पहिलो हप्तामा पनि भारी गिरावट देखिएको बिबिसीले जनाएको छ । गएको १४ महिनामा बम्बई स्टक एक्सचेन्जको सूचकांक २५ हजार अंकभन्दा तल गिरेको बताइएको छ । यसले केन्द्रीय सेयर बजारमा पनि प्रभाव पार्ने समाचारहरुमा जनाइएको छ । भारतलाई तीव्र आर्थिक वृद्धि गरिरहेको पुँजीवादी मुलुकका रुपमा लिने गरिन्छ । एसिया महादेशमा चीन र भारत आर्थिक महाशक्तिका रुपमा उदाइरहेको विश्लेषण हुने गर्छ । तर, भारतका पछिल्ला आर्थिक सूचकांकहरुले उसको आर्थिक अवस्था संकटोन्मुख हुनपूरा पढ्नुहोस्