Main Menu

Saturday, September 19th, 2015

 

प्रगतिशील लेखनबारे विचार–गोष्ठी हुने

पोषराज पौडेललाई प्रलेस प्रतिभा पुरस्कार

असोज २, काठमाडौं । कवि पोषराज पौडेललाई यस वर्षको प्रलेस प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । प्रगतिशील लेखक संघको शुक्रबार बसेको सचिवालयको बैठकले पुरस्कार चयन समितिको सिफारिसका आधारमा कवि पौडेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । हरेक वर्ष प्रगतिशील लेखक संघको स्थापना दिवसको अवसरमा प्रगतिशील साहित्य लेखनका क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गरिन्छ । असोज ५ गते काठमाडौंमा हुने ६३ औँ प्रलेस स्थापना दिवस समारोहमा पौडेललाई पुरस्कारबाट सम्मान गरिने संघका महासचिव मित्रलाल पंज्ञानीले मूल्याङ्कन अनलाइनलाई बताए । चितवन निवासी पौडेलका चार खण्डकाव्य– ‘माडी यात्रा’ २०३९), ‘आमा : स्मृतिका छालमा’ (२०४९), ‘पागल प्रलाप’ (२०५५) र ‘आदर्श कोकिल’पूरा पढ्नुहोस्


मोदीका दूत जयशंकरको नेपाल भ्रमण

नतिजामा थारु–मधेशी आन्दोलनलाई क्षति

असोज २, काठमाडौं । शुक्रवार नेपाल झरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत सुव्रमन्यम जयशंकरले प्रधानमन्त्रीदेखि प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भेटी जे कुरा गरे त्यसले नतिजामा तराई–मधेशमा चलिरहेको पहिचान र सम्मानको आन्दोलनलाई ‘भारतको उक्साहटमा भएको’ बिल्ला लगाउन सकिने गरी कमजोर तुल्याएको छ । जयशंकरलाई खुला रुपले नेपाल पठाउनु, उनले सरकार प्रमुखलाई भारतको मुख्यमन्त्रीलाई झैं उपदेश र धम्की दिनु, प्रमुख नेताहरुलाई चेतावनी दिनु र मधेसी–थारु नेताहरुलाई दूतावासमै बोलाएर आफ्नै चेलाहरुको झैं उनीहरुका असन्तुष्टीहरुबारे सोध्नुले भारतले नेपाललाई एउटा स्वतन्त्र देशको रुपमा नहेरेको भन्ने नेपाली जनताको दिमागमा इतिहासदेखि बस्दै आएको मानसिकतालाई थप मलजल गरेको छ । यसले एकातिर नेपालमा भारतको छवि थपपूरा पढ्नुहोस्


पत्रपत्रिका

सभाध्यक्षद्वारा नयाँ संविधान प्रमाणिकरण

असोज २, काठमाडौं । संविधानसभाबाट पारित नयाँ संविधान शुक्रबार प्रमाणित भएको छ । शुक्रबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान प्रमाणिकरण गरेको शनिबारको ‘नयाँ पत्रिका’ दैनिकले समाचार छापेको छ । ‘नयाँ पत्रिका’ लेख्छ : असोज संविधानसभाबाट बनेको नयाँ संविधान शुक्रबार प्रमाणित भएको छ । सभामुख सुवास नेम्वाङले संविधानका पाँच प्रतिमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन् । संविधानसभा भवनको ल्होत्से हलमा संविधान प्रमाणीकरण गरेपछि नेम्वाङले प्रमाणित संविधानको प्रति सार्वजनिक गरेका थिए । नेम्वाङले प्रमाणीकरण गर्नुअघि पाँच सय ३७ सभासद्ले संविधानका पाँच प्रतिमा हस्ताक्षर गरेका थिए । नेपाली कागजमा प्रिन्ट गरिएको नयाँ संविधानका पाँच प्रति विभिन्न ठाउँमा राखिने भएको छ । एक प्रतिपूरा पढ्नुहोस्