Main Menu

Tuesday, September 29th, 2015

 

मधेस आन्दोलनका जायज मागप्रति भट्टराईको ऐक्यबद्धता

पूर्वप्रधानमन्त्री भट्टराई मधेसमा

असोज १२, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मधेसमा चलिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनकपुर पुगेका छन् । मंगलबार जनकपुर पुगेका नेता भट्टराईले डेढ महिनादेखि मधेसमा चलिरहेको आन्दोलनका जायज मागप्रति आफ्नो ऐक्यबद्धता रहेको पनि बताए । जनकपुर विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले राज्यले डेढ महिनादेखि चलिरहेको मधेसको आन्दोलनको जायज माग नसुनेको बताए । उनले भने, ‘म त्यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउन यहाँ आएको हुँ ।’ शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गरी एकीकृत माओवादी र व्यवस्थापिका संसद समेतको जिम्मेवारीबाट राजीनामा गरेका नेता भट्टराईले मधेस र राजधानीबीचको राजनीतिक दूरी कम गर्नुपर्ने बताउँदै आएका थिए । उनले आफू त्यही दूरी घटाउने पुलको रुपमापूरा पढ्नुहोस्


संविधान जारी भएकोमा अमेरिकाको बधाइ

ओबामाले दिए नेपाललाई शुभकामना

असोज १२, काठमाडौं । नेपालमा नयाँ संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाइ दिएका छन् । नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको भन्दै राष्ट्रपति ओबामाले बधाइ तथा शुभकामना दिएको राष्ट्रिय समाचार संस्थाले जनाएको छ । संयुक्त राष्ट्र संघको ७० औँ महासभामा भाग लिन आएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार आयोजना गरेको रात्रीभोजमा नेपालको प्रशंसा गरेका हुन् । उनले नेपाली प्रतिनिधि मण्डलका प्रमुख तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक र समावेशी संविधान बनेकोमा खुशी व्यक्त गरेका थिए । उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयनपूरा पढ्नुहोस्


आन्दोलन सुरु भएको डेढ महिनापछि संवाद

सरकार–मधेसी दलबीच वार्ता सुरु

असोज १२, काठमाडौं । आन्दोलनरत मधेस केन्द्रित दल र सरकारबीच वार्ता सुरु भएको छ । सरकारका तर्फबाट प्रमुख तीन दलले गठन गरेको वार्ता टोलीले सोमबारदेखि नै अनौपचारिक वार्ता थालेको हो । सोमबार लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् संघीय लोकतान्त्रिक मोर्चाका नेता विजयकुमार गच्छदारसँग वार्ता टोलीले कुराकानी गरेको हो । तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले आन्दोलनकारी मधेसी दलहरुसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका थिए । एमाओवादी उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले पोलिट्ब्युरो सदस्य अग्नि खरेल र कांग्रेस केन्द्रीय सदस्यपूरा पढ्नुहोस्


पत्रपत्रिका

नाकाबन्दी तत्काल नहट्ने भारतीय सन्देश

असोज १२, काठमाडौँ । भारतले नयाँ संविधानपछि तराई–मधेसमा उत्पन्न समस्या समाधान नभएसम्म नेपाल–भारत सम्बन्ध पूर्ववत् रूपमा सहज हुन नसक्ने जनाउ दिएको समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ । ‘सुरक्षा’लाई कारण देखाउँदै भारतले अहिलेकै अवस्थामा भारतबाट आपूर्ति सहज पार्न नसकिनेसमेत स्पष्ट पारेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँग सोमबार साँझ भएको भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले यही सन्देश दिएकी हुन् । नेपालमा नयाँ संविधान जारी भएपछिको भारतीय अघोषित नाकाबन्दी तत्काल नहट्ने सन्देश मन्त्री थापामार्फत भारतले नेपाल सरकारलाई दिएको छ । प्रमुख रूपमा आपूर्तिका विषयमा केन्द्रित भएको वार्तामा आफूले अत्यावश्यक आपूर्ति सुचारु पारिदिन आग्रह गरेको मन्त्री थापाले बताए । ‘नयाँ संविधान जारीपूरा पढ्नुहोस्


पत्रपत्रिका

भारतीय नाकाबन्दी : उल्ल‌ंघन गरिएका अन्तर्राष्ट्रिय कानुन

असोज १२, काठमाडौं । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय कानुन, सन्धि–सम्झौता उल्लंघन गर्दै भारतले नेपालमाथि नाकाबन्दी लगाएको छ । भूपरिवेष्ठित मुलुृकले समुद्रसम्म जान पाउने वैधानिक र कानुनी अधिकारमाथि बन्देज लगाउँदै भारतले नाकाबन्दी गराएको अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुले बताएका छन् । के–के हुन् त भारतले उल्लंघन गरेका अन्तर्राष्ट्रिय कानुन ? भारतले उल्लंघन गरेका अन्तर्राष्ट्रिय कानुन   साभारः नयाँपत्रिका दैनिक


नासाको चमत्कारिक डिस्कोभरी

नेपाली वैज्ञानिकले मंगलग्रहमा पानी पत्ता लगाए

असोज १२, काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासामा अनुसन्धानरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले मंगलग्रहमा पानी भएको पत्ता लगाएका छन् । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी, एटलान्टामा पिएचडि गरिरहेका २५ वर्षे वैज्ञानिक ओझाले सन् २०११ मै मंगलग्रहमा पानीको संकेत देखिएको विज्ञान कार्यपत्र प्रस्तुत गरेर विश्वलाई चकित पारेका थिए । अहिले उनले त्यही कुरा अनुमान मात्र नभई यथार्थ नै भएको तथ्य पत्ता लगाएका छन् । नेपालको सुदूरपश्चिमको दूर्गम डोटी जिल्लामा जन्मेका वैज्ञानिक ओझा खगोल भौतिकी पढ्न अमेरिकामा गएका हुन् । खगोल भौतिकीमै हाल पिएचडि गरिरहेका उनले अन्य वैज्ञानिकहरु माइकल मेयर, जीम ग्रीन, मेरी बेथ विल्हेल्म र एरिजोना विश्वविद्यालयका म्याकएवेनसँग मिलेर काम गरेकापूरा पढ्नुहोस्